[Show all top banners]

Pandey Anil

More by Pandey Anil
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतीय अतिक्रमणविरुद्ध एक होऔं
[VIEWED 5874 TIMES]
SAVE! for ease of future access.
Posted on 06-09-09 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                भारतिय ज्यादती बिरुद्ध


           मदरल्याण्ड नेपालको प्रेस बिज्ञप्ति









 

                              भारतीय अतिक्रमणविरुद्ध एक होऔं

                                            सनफ्रान्सिस्को ,जुन ०८, २००९

भारतीय प्रहरीले दाङ र बारा जिल्लाका नेपाली नागरिकमाथि अमानवीय व्यवहार प्रदर्शन गर्दै उनीहरुलाई जबरजस्ती विस्थापित गरेको समाचारले मदरल्याण्ड नेपाल परिवार तथा अमेरिकामा रहेका नेपाली समाजलाई स्तव्ध बनाएको छ । भारतसँग सिमाना जोडिएका ती जिल्लामा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीले कुटपिट िहंसात्मक दुव्र्यवहार र यौन अत्याचारसमेत गरेको तर नेपाल सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीय पक्षमै वकालत गरेको थाहा पाएर हामी मर्माहत भएका छौं ।

नेपाली नागरिकमाथि भारतीय पक्षले गरेको दुव्र्यवहारका कारण उनीहरुले आफ्नै भूमिबाट विस्थापित हुनुपरेकोमा गम्भीर आपत्ति जनाउँदै त्यस िहंसाका विरुद्धमा १६ राजनीतिक दलले संयुक्त रुपमा भत्स्रना गरेको अवस्थामा पनि नेपाल सरकार गम्भीर नभएको र भारत सरकारलाई आफ्नो हैसियतमा बस्न र गल्ती सच्याउन चेतावनी दिन नसकेकामा हामी गम्भीर खेद प्रकट गर्दछौं ।

भारतीय पक्षले सिमान जोडिएका विभिन्न ठाउँमा सीमास्तम्भसमेत सारेर नेपाली भूमि अतिक्रमण गर्दै आएको जानकारी यसअघि पनि बारम्बार प्राप्त भएको हो । सिमाना तथा भन्सार नाकाहरुमा नेपालीमाथि भारतीय सीमासुरक्षा बलले ज्यादती गर्दैआएको जानकारी पनि प्राप्त भएको हो । सीमानानजिक अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गर्दै नेपाली भूमि जलमग्न हुनेगरी अग्लो बाँध बनाउँने कार्य पनि भारतले रोकेको छैन । एक सार्वभौम मुलुकमाथि यसरी सर्वपक्षीय आक्रमण हुँदा पनि नेपाल सरकारले विरोध गर्न नसक्नुका पछाडि दास मानसिकता नै कारणका रुपमा रहेको हाम्रो ठहर छ ।

हामी अमेरिकामा रहेका नेपाली समाजका तर्फबाट जोडदार माग गर्दछौं कि भारतले एक सार्वभौम मुलुकमाथि गरेको आक्रमणका लागि नेपाली जनतासँग माफी मागोस् र आइन्दा यस प्रकारको भयानक भूल नगरोस् । यसैगरी नेपाल सरकारलाई भारतप्रति दास मानसिकता प्रदर्शन गर्न छोडेर विस्थापित नेपालीलाई उनीहरुले बसोवास गर्दै आएको स्थानमा सुरक्षित रुपमा पुनःस्थापित गराउन र सीमा क्षेत्रको सुरक्षामा विशेष प्रबन्ध मिलाउन पनि हार्दिक अनुरोध गर्दछौं । नेपाल र नेपालीमाथि भएको भारतीय ज्यादतीका विरुद्धमा ऐक्यबद्धता प्रदर्शन गर्न पनि हामी विश्वका विभिन्न भागमा रहेका नेपाली र नेपालको भलो चाहने सम्पूर्ण शुभचिन्तकहरुमा अपिल गर्दछौं ।

…………………                                                             …………………।

पुरुषोत्तम सुवेदी                                                                 अनिल पाण्डे

अमेरिकी नेपाली समाजका तर्फबाट                                     अध्यक्ष

                                                                                   मदरल्याण्ड नेपाल क्यालिफोर्निया

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters