[Show all top banners]

nepali guru

More by nepali guru
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 प्रधानमन्त्री कोइरालालाई नयाँ रोग लागेको आशंका, भदौं पहिलो साता राजिनामा !
[VIEWED 3813 TIMES]
SAVE! for ease of future access.
Posted on 08-07-14 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रधानमन्त्री कोइरालालाई नयाँ रोग लागेको आशंका, भदौं पहिलो साता राजिनामा !

२१ साउन, काठमाडौं ।
केही समययता देखि प्रधानमन्त्री सुशील कोइराला आफैंले भेटघाटलाई पातलो बनाएका छन् । स्वास्थ्य उपचारबाट फर्केपछि प्रधानमन्त्री कोइरालालाई दोहो¥याएर भेटघाट गर्न जानेहरूको संख्या अत्यन्त सीमित हुन थालेको छ । प्रधानमन्त्री कोइराला फर्केको पर्सिपल्ट आईजीपी उपेन्द्रकान्त अर्याल बिहानको समय मिलाएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । लामो समय उपचार गरेर फर्केका प्रधानमन्त्रीलाई भेट गर्न जानु प्रहरी प्रमुखको शिष्टाचार अन्तर्गत नै पर्दछ । तर आईजीपी अर्यालको उद्देश्य शिष्टाचार मात्रै थिएन । महिनौं देखि अल्झेको एआईजीपी बढुवा प्रकरणबारे समेत कुरा गर्ने उद्देश्यका साथ पुगेका आईजीपी अर्यालले प्रधानमन्त्री कोइरालाको व्यस्तता तथा स्वास्थ्य स्थितिको ख्याल राखेनन् । उनले कुरा सुरु गर्दै भने– ‘एआईजीपीको बढुवा रोकियो, निर्णय गरिदिनुप¥यो हजुर ।’
आईजीपी अर्यालले सबै कुरा राख्न पाउँदा नपाउँदै प्रधानमन्त्री कोइरालाले दाह्रा किट्दै झर्केर भने– ‘मैले रोकिदिएको हो ?’ आईजीपीले कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री कोइरालाले रिसाउँदै दुई/तीनपटक भने– ‘मैले रोकिदिएको हो ?’ थप कुरा गर्ने वतावरण नभएको अनुमान गर्दै आईजीपी अर्याल तुरुन्त फर्के । अब बोलाइएको अवस्थामा बाहेक प्रधानमन्त्री निवास बालुवाटार जानुको कुनै औचित्य नभएको ठहरमा आईजीपी अर्याल पुगेको समाचार स्रोतले जनाएको छ ।
बिरामी नहुँदै पनि कोइरालाको स्वभाव सेना, प्रहरी तथा निजामती कर्मचारीहरूसँग निकट सम्बन्धमा रहेर काम लिने खालको थिएन । तर आफ्नो पार्टीभित्र भने कोइरालाले सबैका कुरा सुन्थे । आफ्नै गुटभित्र चाहिँ कोइराला निकै खुला थिए । गुटभित्रका कार्यकर्ताका लागि जे भन्न पनि र जति सुकै समय लिन पनि छुट थियो । तर पछिल्ला दिनमा खासगरी अमेरिकाबाट फर्केपछि भने सबैभन्दा धेरै रिस प्रधानमन्त्री कोइरालाले आफ्नै भित्र पोख्न थालेका छन् । त्यसको मारमा केही दिनअघि उपसभापति रामचन्द्र पौडेल पनि परेका थिए । समाचार स्रोतका अनुसार उपसभापति पौडेल समय नलिई प्रधानमन्त्री कोइराला भेट्न बालुवाटार पुगेका थिए । उपसभापति नै आएका कारण अन्य भेटघाटलाई थाती राखेर भान्जा रमेश शर्माले पौडेललाई प्रधानमन्त्री कोइरालाको बेडरुममै पु¥याए । पौडेलले स्वास्थ्य स्थिति सोध्न भ्याउँदा नभ्याउँदै प्रधानमन्त्री कोइरालाले भने– ‘के भन्न आउनुभयो रामचन्द्रजी, छिटो भनिहाल्नोस्, मसँग समय छैन ।’ कोइराला आफूसँग लामो कुराकानी गर्न अहिले तयार छैनन् भन्ने संकेत पाएपछि पौडेलले स्वास्थ्य स्थिति कस्तो छ भनेर आएको मात्रै के भनेका थिए, कोइरालाले दाह्रा किट्दै काँपेको स्वरमा भन्न थाले– ‘तपाईले मलाई कहाँ कहाँ अप्ठेरो पार्नुभएको छ भन्ने थाहा पाइसकें, पार्टीलाई नोक्सान पुग्ने गरी गुट बनाउने, मैले भनेकै छु नि म पछि तपाईं नै ऊ हो भनेर, के को हतार छ अहिले ? प्रधानमन्त्री कोइरालाका भनाइहरू सिलसिलाबद्ध तथा पदीय गरिमासँग नसुहाउने खालको भएपछि पौडेल तुरुन्त बाहिरिए ।
समाचार स्रोतका अनुसार उपसभापति पौडेलले अहिले आफ्ना निकटस्थसँग भन्न थालेका छन्– ‘सुशीलजी अहिले शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बिरामी छन्, यस्तो मान्उपसभापति पौडेलले मात्रै होइन, कोइरालाका निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगीसमेत प्रधानमन्त्री कोइरालालाई रिसाउने, झर्किने रोग लागेको ठहरमा पुगेको बताइन्छ । तर कोइरालालाई मनोचिकित्सककहाँ पु¥याउनुपर्छ भन्ने सल्लाह दिने आँट उनले गरेका छैनन् । छेसँग भेटघाट र छलफल गर्नुको कुनै औचित्य छैन ।’ प्रधानमन्त्री कोइरालालाई उनका भाञ्जा रमेश शर्माले बाहेक अरुले सञ्चालन गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्री कोइरालालाई रिसाउने, झर्किने रोगले छोएको छ वा छैन भन्ने पहिलो जानकारी पीएसमेत रहेका रमेश शर्मालाई हुनुपर्ने हो, तर उनलाई नै यो महसुस नभएका कारण यथार्थ कुरा राख्ने आँट चिकित्सक योगीले राख्न नसकेको बताइन्छ । यसबारे अप्रत्यक्ष रूपमा अवगत गराउन खोज्दा प्रधानमन्त्री कोइराला आफैं झर्किएपछि चिकित्सक योगीले पनि सम्बन्धलाई औपचारिक मात्रै बनाएको बुझिएको छ ।
आफ्नो नजिक जो पर्छ उसैलाई हकार्ने, पुराना सहयोगीहरूभन्दा तत्काल कोसेली लिएर आउनेलाई शुभचिन्तक ठान्ने विशेष गरी बुढ्यौली उमेरमा लाग्ने एक कसिमको रोग हो । मनोचिकित्सकहरूका अनुसार विशेष गरी ८० वर्ष उमेर नाघेका वृद्धवृद्धाहरूलाई यस्तो रोग लाग्ने सम्भावना बढी रहन्छ, तर प्रधानमन्त्री कोइरालाको वास्तविक उमेर ७८ वर्ष मात्रै हो, यद्यपि नागरिकता प्रमाणपत्रअनुसार उनी ७६ वर्ष अर्थात् रामचन्द्र पौडेलभन्दा दुई वर्ष मात्रै र शेरबहादुर देउवाभन्दा सात वर्ष मात्रै जेठा हुन् । घरमा आउने पाहुनालाई सबैभन्दा नजिकका शुभचिन्तक ठानेर उनीहरूसँग छोरा बुहारीले लाउन खान नदिएको गुनासो मात्रै गर्ने बुढ्यौली रोगको उपचार पद्धतिलाई जेरियाट्रिक भनिन्छ । तर यो रोग मात्रै नभएर अवस्थासमेत भएका कारण यसको उपचार पद्धति सजिलो छैन । नेपालमा यस्तो रोग तथा अवस्थाको उपचार गर्ने अस्पताल तथा जनशक्तिसमेत छैन ।
अमेरिकाबाट फर्कने क्रममा फ्रेस देखिए पनि प्रधानमन्त्री कोइराला बालुवाटार छिरेदेखि दिन गनेर शिथिल हुँदै गएका छन् । ज्वरोको समस्या फेरि बल्झेको छ, बेलुका ज्वरो बढ्ने र बिहान घट्ने गरेको निजी सचिवालयस्रोतले जनाएको छ । सचिवालय स्रोतका अनुसार पुरानो क्षयरोग बल्झेको अनुमान चिकित्सकहरूले गरेका छन् । उनलाई खानामा पटक्कै रुचि छैन । बिग्रँदो स्वास्थ्य स्थितिलाई गोप्य राख्दा राख्दै पनि डेढ महिनाअघि अखबारमा समाचार आएको दोष प्रधानमन्त्री कोइरालाको परिवारले निजी सचिवालयका केही कर्मचारीमाथि लगाएको छ । लक्ष्मण ढकाललगायतका केही स्वकीय सचिवहरूमाथि अहिले कोइराला परिवारले विशेष निगरानी बढाएको छ ।
भाञ्जा रमेश शर्मा र उनकी श्रीमती तथा बुहारी नाता पर्ने मृदुला कोइरालाबाहेक निजी सचिवालयका सबैले अमेरिकाबाट फर्केपछि प्रधानमन्त्री कोइरालालाई भेट्न पाएका छैनन् । विगत १० वर्षदेखि कोइरालालाई स्याहार्दै आएका लक्ष्मण ढकाललाई ‘तिमी गए हुन्छ’ भनेर अनौपचारिक रूपमा भनिएको छ, तर औपचारिक पत्र नदिएसम्म बालुवाटार जान नछाड्ने मनस्थितिमा ढकाल छैनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सम्पन्न भएपछि सरकार तथा पार्टीको जिम्मेवारीबाट अलग हुने कि भन्ने सोच कोइरालाले अमेरिका बस्दै बनाएका थिए । तर परिवारका सदस्यहरू भने यसका लागि तयार छैनन् । ‘तपाईले छाड्दा पार्टी र सरकार देउवा र रामचन्द्रको हातमा जान्छ, यस्तो सोच नराख्नोस्’ भन्ने सुझाव परिवारका सदस्यहरूले त्यतिबेलै दिएका थिए । तर दिनदिनै ज्वारो र शारीरिक कमजोरीका कारण शिथिल बन्दै गएका कोइराला भारतीय प्रधानमन्त्री मोदीको स्वागत र सफल बिदाइपछि केही महत्वपूर्ण नियुक्ति दिलाएर भदौ पहिलो साताभित्र राजीनामा दिने मोडमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।
पार्टी सभापति भएको चार वर्षसम्म केन्द्रीय समिति र विभागहरु गठन गर्न नसकेका कोइरालाले संविधानसभाको २६ र केही पदीय लाभका नियुक्तिमा अड्किनुलाई भने आश्चर्य मानिएको छ ।
(कांग्रेस निकट मानिने एक चर्चित साप्ताहिक तथा प्रेस काउन्सिलको बर्गिकरणमा ‘क’ बर्गमा पर्दै आएको तरुण साप्ताहिकवाट साभार)

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters