[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मुक्तक

[Please view other pages to see the rest of the postings. Total posts: 36]
PAGE: <<  1 2  
[VIEWED 30982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-08-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"समय बाँझै छ!"

बुख्याँचाले अझै लडाईँ ओगटेका छन्
साला मूसाहरुले दाईँ ओगटेका छन्
बैंशालु समय अझै बाँझै छ
बूढा गोरुले अझै गाई ओगटेका छन्!
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-09-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmm....

दिएरै लियौ तिमीले, म लिन मा नै अड्किएँ

Gajjab cha..maile ta aru nai ke ke sochen...bhrasta dimag !
 
Posted on 05-09-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे शिरीष गुरु, लेखनाथ पौड्यालको एउटा लाइन याद आयो तपाईँले दिमागको कुरा गर्दा :)

" खुल्ला दोकान को राख्छ, गलेबन्द भए कुनै"

यसको अर्थमा जाउँ-
१) कुनै गल्लि बन्द भएको बेलामा आफ्नो दोकान (पसल) कसले खुल्ला राख्छ र?
२) दो कान (दुइटा कान) कसले खुल्ला राख्छ र जब गलेबन्द (गलबन्दि) छ भने!

:)
 
Posted on 05-09-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई धन्यवाद!
अब यो धागोलाई मुक्तकको धागो बनाउनु प-यो, कि कसो?

copycatजी, शब्दहरुसंग तगडा खेल खेल्न सक्नुहुँदोरहेछ। कहाँ बिगार्नु नि? तपाईँले त बिग्रेकालाई सपार्नु भयो! बिर्खेजीले झन नयाँ आयाम ल्याइदिनुभयो शब्दसंयोजनमा!
यसरी लहरा तानिँदै जानुपनि रमाईलो हुँदो रहेछ।
शिरिष गुरुको सल्लाह शिरोपर छ।

हजुरहरुका सुझावमा आधारित भएर, थोरै परिवर्तनका साथ;

'आकाश र समुद्र-१'

पाँच मात्रै किन?! सय इन्द्रियले पिएको हुँ
तिमीलाई पिउन भनेरै, यति माथि तैरिएको हुँ
तिम्रो नि:श्वाशको खातमा अडिएको छु म
तिम्रै उष्णताको बलमा क्षितिजसम्म फैलिएको हुँ।

'आकाश र समुद्र-२'

तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, लिएरै म पोखिएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, अब विवाद किन
तिमी छाल छचल्कियौ या म बादल बर्सिएँ!


यी हरफहरु कोर्दाका मेरो मनोदशालाई जस्ताको तस्तै राख्न भने
 
Posted on 05-09-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरी, पूरा लेख्दै नलेखि ठेलिएछ।

त्यो अन्तिममा चाहिँ "यी हरफहरु कोर्दाका मेरो मनोदशालाई जस्ताको तस्तै राख्न भनेर यति मात्रै मिलाएको हुँ।"
 
Posted on 05-18-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नेता"‍‌‍‍‍‍

बिहान रिबन काट्दै मसंग उल्टो कुरा छाँटे
दिउँसो तिमीसंग कुराको अर्कै चुल्ठो बाटे
यसरी दिनभरि क-कस्को दिमाग चाटे कुन्नि
साँझ के परेथ्यो, आफैंलाई पनि ढाँटे!

"नेताले भोज खाए"

लोकले देख्यो, नेताले मजाले 'भोज' डकारे
बाहिर पो तेत्ति मात्रै, भित्र कुन्नि के के सकारे!
नयाँ 'क्रान्तिकारी' भाषणको 'अर्डर' दिएर सुते नेताजी
बिहान उठ्नासाथ एक राउण्ड चर्को 'लालसलाम' खकारे!
 
Posted on 05-18-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...बिहान उठ्नासाथ एक राउण्ड चर्को 'लालसलाम' खकारे!..

gajab chha! :)
 
Posted on 05-25-07 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माग्नेहरु"

'नहुने'हरु त नभएर मागिरहेछन्
तर, 'हुनेहरु' चाहिँ के मागिरहेछन्?!
'माग्ने'हरुको हूल ठूलो, 'दिने' कल्ले?
'दिन' भनेर बसेकाहरु, आफैं मागिरहेछन्!
 
Posted on 05-25-07 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah Wah
gajab chha!

Neta ji lai sapana vayo:
नयाँ 'क्रान्तिकारी' भाषण' दिएर सुते नेताजी
न्यू रोड् तिर दुई चार जना नाङ्गै देखें
Ref: Gautam B. and grishma
 
Posted on 05-25-07 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि एसो एक टुक्रा मनको खुल्दुलि राखु कि भनेर।

पागलपन


भन्न नहुने कुरा तिमीले भन्यौ र निर्धक्क गयौ,
मैले नबुझेको नाटक गरे अनि फेरी रातभरी रोइ रहे,
तिमीलाई स्पष्टिकरण दिन्छु भन्दाभन्दै निको भैसकेको घाउ दुखाइ राखे।
हाम्रो सम्बादको कुनै सम्भावना छैन, तिम्रो नाममा मेरो जीवन बाकि राखे।
 
Posted on 05-25-07 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ 'क्रान्तिकारी' भाषण' दिएर सुते नेताजी
बिहान उठ्नासाथ YCL ्को 'लालसलाम' Sweekare (accepted)
 
Posted on 05-25-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I liked from unfrenrites. Really 'PAGALPAN'

भन्न नहुने कुरा तिमीले भन्यौ र निर्धक्क गयौ,
मैले नबुझेको नाटक गरे अनि फेरी रातभरी रोइ रहे,
तिमीलाई स्पष्टिकरण दिन्छु भन्दाभन्दै निको भैसकेको घाउ दुखाइ राखे।
हाम्रो सम्बादको कुनै सम्भावना छैन, तिम्रो नाममा मेरो जीवन बाकि राखे।
 
Posted on 05-25-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि चौवन्नी मुक्तक

पक्का नेता त्यो हो,
जस्ले भाषण गर्दा खूब ताली खन्छ।
तर घर पुग्ना साथ
श्रीमतिको बेस्मारि गाली खन्छ।
 
Posted on 06-07-07 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन मुक्तकहरु

-१-
किन मध्यदिनमै बर्बराउने भेष छ?!
मलाई बिर्स्यौ?! कि खल्तीमा अर्कै आदेश छ?!
कुद्नेले हार्ने प्रतियोगिता गर्दैछौ शायद
बूढा घोडाहरुको रेस छ!


-२-
आफ्नो कद आफैं घटाउँदै छन्
मान्छेहरु आफ्नै टाउको कटाउँदै छन्
आत्मघातमा पनि गौरव गर्दा रहेछन्
आफ्नै इतिहासलाई धूलो चटाउँदै छन्!

-३-
'जब मेरै खल्तीमा पूरै देश छ,
जनताले राजनीति नबुझेकै वेश छ।'
'देश चलाउनेको योग्यता?' मैले कोट्याएँ
'हेर, यी पूरै पाकेको केश छ!'
 
Posted on 06-07-07 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !

जानै पर्ने पराही घर
छोरी जात् भए पछी
नदुखाउनु चित्त छोरी
अरुले नरा म्रो बोले पनि
सुन्नु धेरै बोल्नु क म्
अब देखि छोरी तिम्ले
हा हा गरी हास्ने होएन
मुसुक्क मात्र हास्नु तिम्ले
नझर्किनु न फ न् किनु
कहिले पनि अब देखि छोरी तिमि
रिझाएर् घर् का सब् लाइ
बस्नु पर्छ भन्नुहुन्छ
मेरि मामु पनि
 
Posted on 06-07-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहभागिताको लागि धन्यवाद तृष्णाजी! अरु रचना पनि राख्दै जानुस्।
*********************

यी दुई मुक्तकचाहिँ पोहर यहि ताका रचित 'ताजा' मुक्तक हुन्। अन्त कतै राखिसकिएको पनि हो।

"होशियार -१"

बहुदलमाराले संविधानसभाको भाषण पस्किए
नाती जर्नेल पनि लोकतन्त्रसंग मसक्क मस्किए
बजारमा खरानीको अभाव हुँदैछ चाँडै-
हिजो राति एक हूल 'नयाँ जोगी' निस्किए !


"होशियार -२"

छेपाराहरु रंग बदल्न सक्छन्
स्यालहरु हुइँय्याको प्रसंग बदल्न सक्छन्
नदेखिने दाराहरु पनि छन् ब्वाँसाका-
होशियार! पाठा खाने ढंग बदल्न सक्छन्!
 
Posted on 06-07-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आह ! धेरै राम्रा मीठा र चोटिला मुक्तकहरु .
नराम्रै भए पनि एउटा मेरो पनि । र, मैले यसलाई मुक्तककै रुपमा लेख्ने प्रयाश गरेको छु ।

मनको साथी
सुनेथे, मनको साथी सधैं मनै हुन्छ भनेर
ठानेथे, मनको भाव सधैं मनैले बुझ्छ भनेर
तर थाह थिएन सर्पले सर्प खाए खाए जस्तो
एउटा मनले अर्को मन कटक्क खान्छ भनेर ।

शिव प्रकाश
जुन ०६ २००७
 
Posted on 06-07-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाइ मेरो,


म पनि एक थुङा राखौ है यो धागोमा। सबैको राम्रा राम्रा रचनाहरु देखेर आफुलाइ रोक्न सकिन मैले पनि।

शिर्सक चहि छैन है यो मुक्तकको।


हरेक कुराको कारण हुदैन भनेको थियौ तिमीले,
यो मनसङ युद्ध सकिएको धेरै भैसक्यो मेरो,
मनले कहिले मलाइ बुझ्न सकेन,
र मैले मनलाइ कहिले पढन सकिन,
अझै जोख्न चाहन्छौ भने तिम्रो मुल्य मान्यताको तराजुमा,
सक्छौ भने मेरो मनलाइ झिकेर लग र अनुसन्धान गर,
बाटो छुटेको एक युग पछि पनि मैले किन तिमिलाइ भुल्न सकिन?
 
Posted on 02-12-09 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खल्ती"

जताबाट पनि पैसो पस्ने

लैनचौरको खाम सोझै त्यहीं खस्ने

क्या गज्जब खल्ती ऋषि धमलाको-

गिरिजा-वामदेव डेरै गरेर बस्ने!

 
Posted on 02-12-09 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 02-13-09 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद राहुल दाइ!

अर्को एउटा पनि;

कुकुर

दिउँसै छिमेकीको पिँढी ढुक्दैथ्यो
अँध्यारोमा झन के-के का लगि झुक्दै थ्यो
कुकुर चानचुने होइन जस्तो छ-
देशै खाइदिन्छु भनेर भुक्दैथ्यो!



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters