[Show all top banners]

Dewa
Replies to this thread:

More by Dewa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के यतिले मात्र पूरा हुन्छ होला त नेपालीहरुको यौन चाहना र समस्याहरु ? अब तपाइको सल्लाह लक्ष्मी चौधरीलाई अनि नेपाली संचार माध्यमलाइ-----?
[VIEWED 8372 TIMES]
SAVE! for ease of future access.
Posted on 04-30-10 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौनसमस्याका साक्षी बस्दा


28/04/2010 09:18:00 Naya Patrika


Font size: Decrease fontEnlarge font


image


क्ष्मी चौधरी
टेलिभिजन कार्यक्रम सहजकर्ता रात परेपछि (नेपाल वान)


नेपाल वान टेलिभिजनमा राति १०:३० बजे प्रत्यक्ष प्रसारण हुने यौनसम्बन्धी कार्यक्रम रात परेपछि चलाएर घर फर्किँदै गर्दा मन भारी भएको हुन्छ सधैँ मध्यरातमा घर पुग्छु कार्यक्रममा सोधिएका यौनसम्बन्धी अनेकौँ जिज्ञासा सुनेर सधैँ एउटै निष्कर्षमा पुग्छु- अधिकांश नेपाली कुनै कुनै यौनसमस्याले पीडित छन् दर्शकका यौनसम्बन्धी समस्या मेरो माध्यमबाट समाधान हुँदा एकप्रकारको सन्तुष्टि मिल्छ


यौनसमस्या मान्छेको प्रमुख समस्या हो सबैसँग खुलस्त भन्न नमिल्ने अप्ठयारो समस्या श्रीमान्-श्रीमती वा आफ्ना यौनसाथीसँग मात्रै भन्न मिल्ने समस्या मेरो कार्यक्रममा निर्धक्क सुनाउँछन् कार्यक्रममा फोन गर्नेले डाक्टरबाट समाधान सुनाउँदा निकै लामो बाटोदेखि बोकिल्याएको भारी सधैँका लागि बिसाउन पाएजस्तो ठान्दा रहेछन् यौनको सम्झना मात्रैले पनि मलाई कुनै रोमान्टिक फिल्मको दृश्य मेरो अघि सल्बलाएजस्तो लाग्छ


मैले रात परेपछि चलाउन थालेको सात महिना भयो पहिलो दिन लाज डरले निकै राती भएकी थिएँ मुटु जोडजोडले धड्किएको थियो कार्यक्रममा विवाहितले बढी फोन गर्छन् तीसदेखि चालीस वर्ष उमेर समूहले बढी फोन गर्छन् नेपालमै पहिलोपटक टेलिभिजनमा प्रयोगमा ल्याइएको यस कार्यक्रमले धेरैको यौनसमस्या हल गर्न सहयोग गरेको उनीहरूलाई तनावबाट मुक्ति दिएको यस कार्यक्रममा धेरै महिलाले फोन गर्छन् आफ्नो यौनसमस्या बताउँछन् डराउने समस्या उनीहरूमा हुँदोरहेछ हाम्रो कार्यक्रमको उद्देश्य श्रीमान्-श्रीमतीकोे यौनसमस्यालाई समाधान गर्न पहल गर्नु हो


मैले थाहा पाएअनुसार महिलामा यौनचाहना कम हुँदोरहेछ हाम्रो कार्यक्रममा यौनशास्त्री डाक्टर सुबोधकुमार पोखरेलले दर्शकको यौनजिज्ञासा समस्यालाई समाधान गर्नुहुन्छ कार्यक्रममा यौन महिलाका बाँझोपनसम्बन्धी समस्या धेरै आउँछन् पुरुषहरू शीघ्र स्खलनबारे बढी सोध्छन् यसले आफ्नो यौनजीवन खराब भएको निष्कर्ष निकाल्छन् महिलाहरू भने पुरुषहरूमा लिंग-उत्तेजना नभएकाले आफूहरू सन्तुष्टिबाट बाहिर बस्नुपर्ने अवस्था सृजना भएको सुनाउँछन् त्यस्तै, उनीहरू बाँझोपन, पाठेघरमा संक्रमण, सेतो पानी बग्ने समस्या, ब्रेस्ट सानो भएको श्रीमान्ले यसैकारण सन्तुष्टि नपाएको जस्ता समस्या सुनाउँछन्


०००


एकदिन एउटी महिला फोनमै रोएकी थिइन् श्रीमान्ले महिनाको एकपटक मात्रै यौन सम्पर्क गर्ने गरेको बच्चा किन भएन भनेर झगडा गर्ने गरेको सुनाइन् श्रीमतीलाई उनीसँग सुत्न सधै डर लाग्थ्यो रे


एकदिन एउटी अविवाहित २३ वर्षीया केटीले ५५ वर्षको मान्छेसँग दैनिक आफ्नो सम्पर्क भएको यसले आफ्नो भावी वैवाहिक जीवनमा असर पार्ला कि नपार्ला भन्ने जिज्ञासा राखेकी थिइन् खासमा, विवाहअघिको सम्पर्क मलाई उचित लाग्दैन अहिले १४/१५ वर्षको उमेरैदेखि यौनसम्बन्ध बनाउने चलन हुर्कँदै त्यसले समाजलाई ठीक दिशातिर लैजाँदैन केही महिला ओरल सेक्स गर्ने बानी भएको यसले स्वास्थ्यमा कस्तो समस्या निम्त्याउला भनेर सोध्छन् एउटी महिलाले 'मलाई यौनसम्पर्कमा रुचि नै छैन मेरैअघि श्रीमान्ले हस्तमैथुन गर्दा नरमाइलो लाग्छ,' भनी दुःख व्यक्त गरेकी थिइन् कति पुरुष श्रीमतीलाई कहिल्यै सन्तुष्टि दिन सकिनँ भन्दै दिक्क मान्छन् भर्खरका केटाहरू अत्यधिक हस्तमैथुन गर्ने गरेको बताउँछन् त्यसो गर्नु ठीक हो कि होइन भनेर सोध्छन् केही अविवाहित केटीहरू 'आज पहिलोपटक यौनसम्पर्क गरेको योनीबाट धेरै रगत आएको' सुनाउँछन् महिनावारी गडबडी सानो स्तन थुप्रै महिलाका समस्या हुन् केही भने सन्तान जन्माउन चाहँदा-चाहँदै पनि मिसक्यारिज (गर्भ तुहिनु) भएको दुखेसो गर्छन्


खासमा, यौन विवाहित अविवाहित सबैलाई चाहिने कुरा हो कार्यक्रममा मेरा आफन्तले पनि फोन गरेर आफ्ना समस्या निर्धक्क सुनाउँछन् कतिले आफ्नो एउटा मात्र अन्डकोष भएको बच्चा जन्माउन समस्या होला कि नहोला ? भन्दै सोध्छन् एकजनाले यौनमा कहिल्यै उत्तेजना नभएर विवाह नगरेको सुनाए एकदिन एउटी विवाह फिक्स भइसकेकी केटीले 'अहिलेसम्म महिनावारी एकपटक पनि नभएको,' भन्दै फोन गरिन्


एउटा उट्पटयाङ केटोले फोन गरेर राम्री केटी देख्यो कि उसैको अघि हस्तमैथुन गर्न मन लाग्ने गरेको सुनायो खुब हाँसेँ मलाई उसको कुरामा विश्वास लागेन समलिंगीले पनि फोन गरेर अनेक जिज्ञासा राख्छन् एउटी ५५ वर्षकी आइमाईले 'गर्भ रहयो' भनेर फोन गरेकी थिइन् केही दिनअघि कलंकीबाट एकजना विवाहित पुरुषले फोन गरेका थिए भनेका थिए, 'हाम्रो पहिले छोरी थिई पछि जुम्ल्याहा पायौँ धेरै वर्षसम्म मेरी श्रीमतीको रजस्वला भएन केही साधन प्रयोग नगरी सम्पर्क गरिरहयौँ फेरि छोरी जन्मिई ' यस्ता थरीथरीका जिज्ञासा राख्छन् कार्यक्रममा खासमा महिला रजस्वला नभए पनि डिम्ब निस्कन्छ त्यसवेला गर्भ रहन्छ


०००


रात परेपछिमा यौनबारे यति धेरै समस्या भएका फोन आउँछन् कि उनीहरूका शब्दले त्यसैत्यसै दुःखी हुन्छु कोहीकोही भर्खर विवाह भएका श्रीमान् वा श्रीमतीले पनि फोन गर्छन् यौनसमस्याबारे भन्छन् एकजनाले सप्तरीबाट फोन गरेर भनेका थिए, 'मेरो बिहे भएको चार दिनमात्रै भयो तर, यौनसम्पर्कका लागि श्रीमती तयार हुन्नन् उनमा उत्तेजना नै हुँदैन के गरूँ ?' डाक्टरले श्रीमतीलाई उत्तेजनामा ल्याउन केही सल्लाह दिएपछि उनी सन्तुष्ट भए अहिले श्रीमान्-श्रीमतीको अवस्था कस्तो होला ? मलाई थाहा छैन मलाई के लाग्छ भने यौनको सामान्य समस्याले पनि श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा चिसोपन आउन सक्छ मैले कतिसम्म देखेको छु भने श्रीमतीले यौनसम्पर्कमा रुचि नदेखाएपछि श्रीमान्ले डिभोर्स गर्न चाहेको अन्ततः उनीहरूको डिभोर्स पनि भएको त्यसैले यौन भनेको श्रीमान्-श्रीमतीबीचको समझदारी पनि हो त्यो समझदारीविना जीवन अघि बढ्न नसक्ने रहेछ


कहिलेकाहीँ एचआइभी भएकाले पनि फोन गर्छन् उनीहरू जालझेलमा परेर एचआइभी भएकासँग विवाह गर्नुपरेको दुखेसो पोख्छन् टेलिभिजनबाट धेरैलाई यस्ता कुरामा बिहेअघि नै विचार पुर्याउन अनुरोध गर्छु श्रीमान् एचआइभी बोकेर विदेशबाट फर्केको, आफ्नो जीवन जवानी सबै खेर गएको भन्दै धर्धरी रुन्छन् कति महिला अब आफ्नो यौनजीवन कसरी अघि बढाउने भन्ने पनि सोध्छन् यस्ता कुरा सुन्दा निकै दुःखी हुन्छु उनीहरूलाई सम्झाउँछु आफ्ना कारणले मात्र मान्छेले कति नै दुःख पाउँछ ? अरूसँगको व्यवहार सम्पर्कबाट पनि दुःख पाउने रहेछ मान्छेले श्रीमती जति नै सतर्क भए पनि श्रीमान्ले सतर्कता नअपनाइदिएपछि के लाग्छ ? एकजना मात्र चनाखो भएर नहुँदोरहेछ आफू फुटपाथमै हिँडिरहे पनि गाडी हाँक्नेले ल्याएर ठोकाइदियो भने के गर्ने ? यौनजीवन सतर्कता भन्ने चीज पनि त्यस्तै रहेछ यौन त्यति सस्तो कुरा होइन, जहाँ-जोसँग पनि आफूलाई समर्पित गर्दै हिँड्न यसको आफ्नै महत्त्व यौनसाथीबाहेक अरूलाई आफ्नो जिउज्यान सुम्पनुहुन्न अन्यथा, सधैँका लागि यौनजीवन नै खतरामा पर्न सक्छ यौनमा सतर्क भइएन भने अनेक रोग लाग्छन्, जसले समाजको संरचनामै असर पुर्याउन सक्छन् त्यसैले सबैलाई सतर्क हुन अनुरोध गर्छु


एउटी केटीले भनेकी थिइन्, 'बिहेको प्रस्ताव आएपछि एकाएक एउटा ठूलो संसार आँखाअघि आएर उभिएजस्तो लाग्यो मैले घर, गृहस्थी, छोराछोरी, अनेक कुरा एकैचोटि देखेँ तर, उनी (श्रीमान्) यौनरोगी रहेछन् उनले मलाई कहिल्यै सन्तुष्टि दिन सकेनन् उनमा शीघ्रस्खलनको समस्या उत्तेजनामा आउन नपाई उनी शिथिल भइसकेका हुन्छन् बिहेपछि मेरो जीवन चिरिएको ध्वस्त भएको अनुभव गरेँ उनीसँग सम्पर्क गर्ने वेला खुब तातेकी एकैछिन्मा सेलाउँछु, के गरूँ ?' उनी यति विक्षिप्त थिइन् कि मेरो कुरा बुझ्न सक्ने अवस्थामा थिइनन् यौनभोकले असाध्यै गाँजेकी जस्ती थिइन् यस्ता प्रश्न मेरा लागि नौला होइनन्


०००


मलाई भेटेरै समस्या राख्ने केटीहरू पनि आउँछन् उनीहरूका समस्या टिपेर डाक्टरलाई सुनाउँछु एउटी थिइन्, करकापमा परेर विवाह गरेकी उनले भनेकी थिइन्, 'बिहेअगाडि प्रेमीसँग सम्पर्क गर्थेँ तर, मैले नचाहेको केटोसँग विवाह भयो अहिले पनि पूर्वप्रेमीसँग यौनसम्बन्ध कायम राख्न चाहन्छु ' अक्क बक्क परेँ यस्तो यौनस्वच्छन्दताले सामाजिक संरचनालाई नराम्ररी भत्काउन सक्छ यौनस्वतन्त्रताको ध्वनि मात्र घन्केर के होला ?


हाम्रा गाउँघरतिर गाईका लागि राम्रो साँढे खोजिन्छ कुखुरालाई भाले लगाउँदा समेत राम्रो नश्लको भाले खोजिन्छ तर, छोराछोरीलाई भने किन आफूले चाहेको रोज्न नदिएको ? इच्छाअनुसार रोजी-रोजी हट्टाकट्टा केटाको छनोट गर्ने अधिकार प्रत्येक छोरीलाई के कुन्तीले पालैपालो धर्मराज, वायु, अश्विनीकुमारहरूसँग सम्पर्क गरेर वीर, ज्ञानी, तपस्वी छोराहरू जन्माएको कथा हाम्रा पुराणमा छैनन् ?


आज गाउँगाउँबाट विवाहित महिला वैदेशिक रोजगारीमा गइरहेका छन् अरब, इजरायलजस्ता मुलुकमा घरेलु कामदारका रूपमा गएका महिलाहरूको यौनजीवन कस्तो होला ? नेपाली चेलीलाई पहिला-पहिला झुक्याएर बम्बईका कोठीमा बेचिन्थे अहिले पैसाका लागि महिला विदेश गएर यौनदासी भइरहेका छन् उनीहरू नेपाल आउँदा अनेक रोग बोकेर आउँछन् , यता श्रीमान् यौन-असन्तुष्ट भएर श्रीमतीको पर्खाइमा बस्छन्


मेरो विवाह भएको एक वर्ष भयो मलाई लाग्छ- यौनले शरीर मलिलो, पूर्ण हलुंगो बनाउँछ


 
बैरागिकाइलो
Posted on 04-30-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

We have suppressed it because of close society. I raised a question can we have consensual sex with other's spouse, almost no comments. We are still shy to discuss about it even in Sajha.  It will take time and it is a good start.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters