[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजनीति बढी भो ....... हगि?
[VIEWED 5949 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई अचेल राजनीति भन्नेबित्तिकै प्रेसर बढ्छ । राजनीतिक लेख लेख्न जाँगर लाग्दैन । हामी जनता जति राजनीतिमा एकोहोरिन्छौं, त्यति नेता बेफुर्सदिला हुँदारहेछन् । आफ्नै कारण, राजाको कारण आदिले छत्तीसौं ठाउँमा हन्डर खाइसकेपछि अब त चेते होला, देश विकासका लागि राजनीति गर्लान् भन्दा उल्टै पो हामी उनीहरूलाई मिलाउन हिँड्नुपर्ने, हामीले पो उनीहरूको विकास गरिदिनुपर्ने ? बिहान उठ्न पाएको हुँदैन, लौ के पो भइसक्यो होला रातभरिमा जस्तो लाग्छ, अनि आँखा खुल्नेबित्तिकै हातले रेडियोको स्वीच अन गरिसकेको हुन्छ । मलाई 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्' भन्ने गीत सम्झना हुन्छ कहिलेकाहीं । अनि यो गीतलाई भविष्यत् कालका लागि थाँती राखेर प्यारोडी बनाउँछु, 'बिहान उठ्नेबित्तिकै शुभसमाचार सुन्न पाइयोस्' । आखिर हामी जागिर, पढाइ, परिवारको पर्वाह नराखी किन समाचारमा मरिहत्ते गछौर्ं ? किनभने हामी नेपाल र नेपालीको विकास चाहन्छौं । के हामी गिरिजा- प्रचण्डहरूको विकासकै लागि त्यति कष्ट गरेका हौं ?

अहिलेको तातो बहस संविधानसभा अघि गणतन्त्र घोषणा गर्ने कि नगर्ने भन्नेमा छ । संविधानसभा चुनाव अगावै गणतन्त्र घोषणा गर्ने कुरामा आठदल विशेषगरी नेपाली कांग्रेस सहमत नहुने हो भने माओवादी विष्फोट हुने रे। वाफ रे ! भविष्यवाणी सुन्दा अनुमान लगाएँ, माओवादीका अध्यक्ष कमरेडलाई पनि प्रेसर बढेछ । अहिले यसै विषयलाई लिएर काँग्रेसका केही नेताको पनि पारो बढेको छ, अनि भन्न करै लाग्छ, कांग्रेसलाई पनि प्रेसर बढेकै हो ।

भन्ने बेलामा सहमतिको राजनीति गर्छौं भन्ने अनि काम गर्ने बेलाचाहिँ अर्का दलको नाम सुन्नासाथ प्रेसर बढाइदिने ? अहिलेको राजनीतिको चुरो बुझ्न खोज्दा के लाग्दैछ भने नेपालमा सबैभन्दा ठूलो काम गर्न बाँकी भनेको संसदबाट गणतन्त्र घोषणा हो । त्यो यति ठूलो काम हो कि कांग्रेस त्यसो हुन नदिन ज्यान फालेर लागेको छ भने माओवादी त्यसो नहुँदा पड्किन तयार भएर बसेको छ । संविधानसभा चुनावपछिको पहिलो बैठकले नै राजतन्त्रको फैसला गर्ने भन्ने पहिलेको सहमतिको बचाउ गर्नु कांग्रेसलाई एक हिसाबले जायजै होला । तर कांग्रेसले गणतन्त्र या राजतन्त्र कसको पक्ष लिने निर्णय नगर्ने अनि संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको फैसला गर्ने पनि भन्ने ? भोलि कांग्रेस सेरेमोनियल किङको पक्षमा गयो भने....भन्ने त्रास पाल्नु अन्य दलको पनि हक हो । त्यसैले कांग्रेसले आफ्नो बारेको द्विविधा, शंका अन्य दल सामु निवारण गर्न जरुरी छ ।

कांग्रेस गणतन्त्रवादी हो भने गणतन्त्र घोषणा गर्नु नै देशको सबैभन्दा ठूलो काम हो जस्तो मलाई लाग्दैन । प्रक्रियाको कुरा हो, त्यो संविधानसभाको प्रथम बैठकबाट गरे पनि हुन्छ, अन्तरिम संसदबाटै गरे पनि हुन्छ । जनताले प्रश्न उठाउला भन्ने कुरा आउँदैन । उसो त प्रतिनिधिसभा पुनःस्थापनाको माग पनि कांग्रेसको एजेन्डा थियो, जनताले किन पुनःस्थापना गरिस् भनेर प्रश्न गरेन । राजावादीले विरोध जनाउलान् । अब राजावादीको पीर आठ दलले लिने होइन । उनीहरूको विचारको सम्मान गर्नु एउटा कुरा, तर उनीहरूले चित्त दुखाउलान् भनेर निर्णय नगरिबस्नु जनताको भावनामाथिको खेलवाड हो ।

संविधानसभाबाट नयाँ संविधान बनाउने, संघीय प्रणालीको स्वरूप के रहने, पिछडिएका जाति-जनजातिलाई कसरी मूलधारमा ल्याउने, पिछडिएको क्षेत्रलाई कसरी विकसित तुल्याउने, गरिबी र बेरोजगारी कसरी हटाउने जस्ता मुद्दा नयाँ नेपालका एजेन्डा हुन् ।

गणतन्त्र घोषणा त कास्टिङमात्रै हो, वास्तविक फिल्म संविधानसभा चुनावपछि मात्र सुरु हुन्छ । र त्यो फिल्म जनताको जीवनस्तरमा सुधार भइसकेपछि क्लाइमेक्समा पुग्छ । यसका लागि हामीलाई धेरै काम गर्नुछ । कृपया, हामीलाई नयाँ नेपालका लागि काममा एकोहोरिन दिनुहोस् । बीच-बीचमा हल्ला गरेर हामीलाई डिस्टर्व नगर्नुहोस् । किनभने राजनीतिक गफ गरेरमात्रै त खेतमा अन्न फल्दैन नि ? राजनीतिकै लागि राजनीति गर्ने हो कि असल जीवनका लागि राजनीतिक समर्पण गर्ने ?।


- सावित्रा राई
http://kantipuronline.com/kolnepalinews.php?&nid=109136
 
Posted on 05-11-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त म नेपाली काँग्रेस को कर्यकर्ता पनि होइन, प्रवक्ताको कुरै आउंदैन, तर प्रजातन्त्रबादि चाहि पक्कै हुं।
जनाअन्दोलन भाग २ मा सके सम्म आफुले नि भाग लिएको र योगदान गरेको कुरा भन्न पनि धक छैन। त्यो आन्दोलन आठबुँदे अनि १२ बुंदे सहमति पछि को सयुंक्त प्रयास हो। आन्दोलन को तत्कालीन उद्देश्य भनेको संसद पुनर्स्थापना, अन्तरिम संबिधान र माओबादि सहित को अन्तरिम सरकारले गर्ने संबिधान सभाको चुनाव हो। अब संबिधान सभाको चुनाव प्राबिधिक कारणले तोकिएको मिती जेष्ठ मसान्त भित्र गर्ने भन्ने बिषय चाहि संभव भएन। दोष सबै को छ, एक् ब्यक्ति र पार्टिलाई दिनु कहां सम्म मनासिब छ त? अनि काँग्रेसले सेरेमोनियल राजाकै पक्षमा जाला भन्ने डर र आशंका किन? संबिधान सभाको चुनाव मा जानु पर्यो नि पहिले त। जस जस्ले जे को नाम भोट माग्न सक्छ मागुन। किन टाउको दुखाइ? काँग्रेस अहिले सम्म राजतन्त्र निरिपेक्ष छ।
भोलि संबिधान सभाको संघारमा राजतन्त्रको पक्षमा भोट माग्छ भने उस्को खुशी हो। जनताले भोट् पनि त हाल्नु पर्यो नि, होइन र ? मागेर मात्र पाइने वस्तु हो र भोट, जनताको मन जित्नु पर्छ, मत जित्नलाई। देश गणतन्त्रमय भएको बेला, राजतन्त्रको नाममा भोट मागेर के कांग्रेसको अस्तित्व बच्ला त? लालमय भएको बेला मा पनि नेपाली कांग्रेसलाई मत हाल्ने उल्लेख्य जनताको कदर नेपाली कांग्रेसले न गरे त्यो पार्टिको नामो निशान मेटिन्छ र भोट त गणतन्त्रबादि अन्य पार्टिलाई नै जाने हुन नि। अब किन टाउको दुखाउने, काम्रेड् प्रचण्ड र अन्य बामबुद्धिजिवीहरुलाई?
अहिले नै संसदबाट् गणतन्त्र घोषणा गर्ने रे। सुन्दा राम्रो लागे पनि, हुंदा राम्रो भए नि, छर छिमेक को नि त बिचार गर्नु पर्‍यो नि। २१सौं शताब्दिमा बिश्व मन्चको नि खयाल गर्नु पर्‍यो नि। अनि नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघ सामेल भएको बेला, सबै तिर प्रक्रिया पुर्‍याउनु पनि पर्‍यो नि।
ज्ञानेले भन्ने बाटो न पाउन् भन्ने पनि हेक्का राख्नु पर्‍यो नि। नत्र त्यो चन्डाल फेरि "" मैले संबिधान सभा को निर्णय मान्छु भन्दा भन्दै जबर्जस्ति हटायो" भन्दै अनेक शत्रु गुहार्न थाल्छन्।
यत्रो बाम पन्थी शक्ति को जगजगि भाको बेला, यदि उहाँहरुलाई आफ्नो शक्ति र जनतामा बिश्वास छ भने सके सम्म छिटो संबिधान सभाको चुनाव हुने वातावरण बनाउन सहयोग गर्नु पर्ने होइन र। मत त गणतन्त्रकै पक्षमा खस्ने हो नि। ठाउं कु ठाउंमा कार्यालय जलाएर, चक्का जाम गरेर, मान्छे कुट्ने, अपहरण गर्ने गरेर, अनि संसद अबरुद्ध गरेर चुनाव छिटो हुन सक्छ र? काम्रेड हरुले न बुझेको कि मैले , अलमलमा छु।
नेपाली कांग्रेस र गिरिजालाई दोष थुपारेर भोट् जोगार् गर्ने संसदको चुनाव होइन नि संबिधान सभाको चुनाव। मूल बिषय भनेको जनताको मतको कदर गर्नु हो। सबैलाई बिश्वास छ( केहि दरबारियालाइ बाहेक्), मुलुक गणतन्त्रमय भएको छ। यति बेला पनि चुनावै न गरिकन गणतन्त्र घोषणा गर्ने कुरा चाहि पचेन।
 
Posted on 05-11-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जस्ले जे भने पानी आखिर कम्युनिष्ट बिचार धरा सन्कुचित् हुन्छ भनेको पक्क हो रहेछ। न त् अफु बन्छ न त अरुलाई बनाउछ। हटियार् को भरले देश् चलाऊन् खोज्ने ताना शाही त राजा होइन अब त पुष्प कमल पो भएछ। जनता को अगाडि खुबै दामी कुरा गर्ने अनी आफ्न पार्टी क कार्यकर्ता लाई हिन्सक् कार्य अनी त्रस्पूर्ण बातावरणको सिर्जना गर्न लगाउने, मेरो गोरु को बार्है Takka भन्न त मिलेन नि जसरी भएपनी गणतन्त्र चाँहीयो रे। के उस्को मात्रै नेपाल हो? ३ करोड् नेपाली म १० वा २० लाख् नेपाली ले गणतन्त्र चाँहीयो भन्दै म हुन्छ? जनमत् को चुनाव होस् न अनी थाहा पाउनेछ। आतंकवदी भएर देश् हाँक्ने आन्ट् सजिलो छ तर गर्न गाह्रो छ
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters