[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 140841 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-30-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चईं यस्सो ब्रेक लिन परो है, गाम्ले हो! स्नान गरम्, पुजा पाठ सकाम्, खाजा खाम् अनि कथाको अन्तिम भाग पोस्ट गरौंला।

चित्रे भान्जाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! यू नोटी ब्वाई! :p
 
Posted on 11-30-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मेरो प्यारो गुन्ते त चित्रे को आर्को रुप पो परेछ । तर मैले त पहिलेनै सन्खा गरिस् केकी थिए ।
 
Posted on 11-30-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, चित्रेले पनि मुकुन्डो खोलेछ,
ल निशब्रो को पनि मुकुन्डो खोल्दिम् के रे!!!

निशब्रो = गालब

:)
 
Posted on 11-30-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:ओ :ओ
चित्रे गुन्टे भए लुन्टे चाइ को पर्यो नि फेरि??

आन्च्च चित्रे ब्रो, गुन्टे बन्देर लास्ट गीत गाइ दियो हाम्रो सोम ले त।
मेरो त बबाल छ चित्रे पार्ट, तिम्रो के छ बरु?
 
Posted on 11-30-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-30-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने गलाउ येस्तै छ । अन्तिम अन्तिम हुन लाग्यो अनि काम को चटारो ।


कता कता हो घुम्न गा भन्या जस्तो लाम्तो? के छ नयाँ ठाम्तिर ?

यस्तै हो चित्रे क्यर्नि काम को चटारो छ चौतारोमा झुल्किन पनि पाइदैन भन्या । साह्रै गाह्रो भैराछ । अलिकति हल्का होला कि भन्यो फेरि तेस्तै । अब यो गोडा १०-१५ दिन पछि ता १ महिना जति लाइ फुर्सद हुन्छ ।

के छ अनि नया खबर चित्रेको? मुकुण्डो ता निस्किहाल्यो क्या रे?
ल ल पुन्टे दाइ को कथा पनि रमाइलो हुदै छ । गेस गरिराछु अन्तिम भागलाइ हेरम कत्तिको मिल्छ ।

ठुलि को तयारी ता भब्य हो ला नेपाल जानि दिन पनि आउन थाल्यो । आधि मन ता पुगिसक्या होला नेपाल मा ?
 
Posted on 11-30-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो क्या हो ?

निशब्रो = गालब

पक्का हो ?
 
Posted on 11-30-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे ठीक भन्नु भो । मन त पुगिसक्या मान्छे पुग्न बाकी छ ।
 
Posted on 11-30-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssssssssssssssss....
गाल्स सोम रड्डिज गरिदिने फिरि!
 
Posted on 11-30-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई गाले नै निश ब्रो चैं हैन जस्तो लाग्यो है। तर यो कुरा धेरै नखोतलौं, निश ब्रोलाई निश ब्रो नै बन्न दिऔं, किनकि उनी आफैंले भनेका छन् कि मुखुन्डो उतार्दा उनलाई लेख्न मज्जा आउँदैन, र हामी गाम्लेलाई पनि मज्जा नआउन सक्छ।हामीले अरूको भूमिगत बन्न पाउने अधिकारलाई पनि सम्मान गर्नु पर्छ जस्तो मलाई लाग्छ।
 
Posted on 11-30-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-30-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन लुन्ते के के लेखेको त्यस्तो बुझ्नै सक्इन । कसै ले बुझेक भए पिलिज Translation गरिदिनु पर्‍यो ।
 
Posted on 11-30-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै! यो लुन्टेले के लेखेको मलाई पनि थाहा भएन।को हो भन्ने पनि थाहा लागेन। तर अलि धेरै गाम्लेहरूले पहिले म नै लुन्टे हुँ भनी गेस गर्नुभएको थियो। यसको खण्डनमा मैले यौटा प्रमाण पेश गर्दैछु।म र लुन्टेले एक पल्ट एकै समयमा पोस्ट गरेका रहेछौं, दुबै एकै मान्छे भएको भए एक मिनेट भए नि फरक हुनपर्ने हो।:)

 
Posted on 11-30-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो लुन्टेको घराँ गा' थिएँ। लुन्टे त आँगनमा बसेर रुन लागिरा' र'च। "आमाले चकलेट पनि किनिदिनुभएन। पुन्टे पनि गुन्टे नामको चित्रेलाई मात्रै माया गर्नु हुन्छ" भन्दै थ्यो। एक छिन पछि त तुरु-तुरु पिशाब गर्दै आँगनमा हिँड्न थाल्यो। अब फुच्चे आफैं गुन्टेको नक्कली बनेर जन्मेको; डाइपर पनि नक्कली परेच - सबै आँगनमा झारिदियो। खै केके तोतेबोली बोल्दै आँगनमा बाङ्गोटिङ्गो हिंडिरा'थ्यो क्यारे! मलाई हाँसो लागेर आयो। त्यसैले त्यो आँगनको फोटो खिचेर राख्या थिं। अनि फोटुपसलमा गएर रा ह नि (RGB) फेरेको थिएँ (धर्को जति सबै रातो बनाइदिया मात्रै हो)। पछि, गुन्टेलाई पठाइदिया थिएँ क्यारे, उसले त चौतारीमा आएर सबैलाई देखाइदिएछ।
 
Posted on 11-30-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्तिनेर भेट हुँदा छड्के नजरलाउदै भाग्यौ
भाग्नु पर्ने कारण थेन दोष सबै मलाइ लायौ

आउदा जाँदा हेर्दै गर दोबाटोमै हुन्छु
हेर्नै नहुने ता भा होइन होला
सम्झनाका हरेक पलमा तिमिलाइनै देख्छु
साएद त्यो बाहेक अरु भाग्यमा नै छैन होला

कोहिलिको को हो को को कागको जस्तो लाग्छ
दिन रात मात्तिनेनै काम मेरो भाछ
 
Posted on 11-30-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“ल, केटा हो! डिनर रेडि!” रमेसको एउटा रुममेटले भान्छा बाटै चिच्यायो। आफैंले बनाउनु परेको अल्लारे केटाहरुको डिनर के हुन्थ्यो? तेई Ramon Noodles मा हट डग हालेको। साँझ थियो, बुधबारको, Thanks Giving भोलि पल्ट।

खाए पनि नखाए पनि रमेशको पेट चईं भरि सकेको जस्तो थियो, भोलि बिहान शुरु हुने उसको र जेन्नीको यात्राको कल्पनाले। “ल, भोलि देखि त के के खान पाईने हो बाटो भरि, आज मन भए नि नभए नि खाऊ यई चाउ चाउ,” त्यो साँझको भान्छे रुममेटले बौलमा राखेर ल्याईदियो रमेशलाई डिनर।

यस्सो खान मात्र के लागेका थिए रमेश, भित्रबाट अर्को रुममेट हातमा फोन लिएर आयो, “महाराज रमेश बिक्रमको फोन आएको बिन्ती ट्क्र्याउन चाहन्छु, महारानि जेन्नीको, सरकार, जो हुकुम्!,” आँखा झिम्क्याउँदै उसले रमेशलाई फोन दियो।

“Ramesh, I need to talk to you before we leave for Ithaca tomorrow. What are you up to right now? Can I come over?”

“Well, you can tell me on the phone too,” जेन्नी आफ्नो आपार्टमेन्टमा पहिलो पटक आउनको लागि उ रेडि थिएन।

“I’d rather talk to you in person about this, Ramesh. But don’t worry, it’s nothing serious. I think it’d only make our trip to Ithaca tomorrow much better if I tell you this now.”

अरु बेला जस्तो सुकै ठट्टै ठट्टामा साथीलाई उडाएनि रमेशका रुममेटहरु चाहिने बेलामा चईं अति हेल्पफुल थिए। तीनै जना मिलेर फटाफट कोठा सफा गर्न थाले, बिदेशी पाहुना आउन लायो भनेर, त्यो पनि तरुणी! रमेशको मनमा चईं हुरि बातास आई रहेको थियो, कुराको खुल्दुलीले।

“ए, केटी त च्वाँकै रहिछे यार! रमेशेको भाग्य!,” जेन्नीलाई देखेपछि भित्र बेडरुममा खास खुस गर्दै थिए रुममेटहरु। रमेश र जेन्नी चईं बाहिर बैठकमा। एकैछिनको मामुली कुरा पछि जेन्नीले बाहिर जाने प्रस्ताव राखिन्। निस्कने बेलामा रुममेटले जेन्नीको आँखा छलेर रमेशलाई thumbs up पनि दिए।

“I wanna talk to you about this in a nice, quiet, romantic place,” भनेर जेन्नीले कार नजिकैको ताल पनि भएको पार्कतिर हाँकिन्। रमेश चईं चुपचाप थिए, भित्र भित्र हर्षले दंग पनि। “Nice, quiet, romantic…तीन महिना सम्म आफूले भन्न नसकेको कुरा अब लामो ट्रिप जानु अघि जेन्नी आफैंले भन्ने भई, कति सजिलो भो, भनेर। बरु, जवाफ पो कसरी दिने हो? हो, म पनि तिमीलाई प्रेम गर्छु भनेर कसरी भन्ने हो? भनि सके पछि फेरि किस पनि दिनु पर्ने हो कि, फोरेन संस्कृति अनुरुप? हेत्तेरी! तेत्रो आँट फेरि काँ बाट ल्याउने हो? अरु कुरामा चईं जहिले नि लेडिज फस्ट रे, यस्तो कुरामा चईं किन लेडाज फस्ट हुन पर्ने होला?,” यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै थिए रमेश, कार रोकियो, तालको किनारैमा, माथि हेरेको, चन्द्रमा पनि निकै चम्किलो रहेछ। झमक्कै परि सकेकोले पार्कमा वरि परि खासै कोही थिएनन्। साँचिकै Nice, quiet, romantic...मेरो फस्ट प्रोपोजल चईं साँचीकै मेमोरेबल हुने भयो,” हर्षले बुरुक बुरुक उफ्रिएको मुटुलाई थम्याउने कोशिष पनि नगरि सोंच्यो रमेशले, “So, what is it?”

जेन्नी पनि केहि बेर त चुपचापै रहिन्, मुसु मुसु मुस्काउँदै, प्रेमको पहिलो प्रस्तावको अनुभुतिको लाजले जस्तो। माथीको जुनलाई टोलाएर हेरि रेहेको रमेशको हातमा जेन्नीको हात लाग्यो। रमेश को आङ् सिरिङ्ग, ज्यान जिरिङ्ग भयो, अनि कसरी react गर्नु पर्छ भन्ने कुरा उसलाई आएन। मौन नै रह्यो रमेश। अनि ठुलो सास तानेर जेन्नीले शुरु गरिन्,

“Ramesh, we’ve been really good friends for quiet sometime now…ummmm…and I really respect and cherish our friendship…so, whatever I am going to tell you now, I hope it will in no way affect our friendship…ummmm…you know, no matter what happens in later life, I will always wanna have you as a good friend…”

“हो नि! केटा र केटीको मित्रतामा प्रेमको कुरा उठे पछि अकसर गरेर मित्रता नै भङ्ग हुन्छ, मैले देखेको छु तेस्तो, नेपालमा पनि। तर जेन्नी तिमीले त डराउनु पर्दैन। प्रेम एकतर्फी भए मात्र तेस्तो हुने सम्भावना हुन्छ। हाम्रो केसमा त, म पनि तिमीलाई रुचाउँछु, हाम्रो सम्बन्धलाई अझ अगाडि बढाउन चाहन्छु, साथी मात्र नभएर हामीलाई प्रेमि-प्रेमिका बनाउन चाहन्छु।" रमेशले मन मनै सोंच्यो।

“You don’t have to worry about that, Jenny. I also cherish our friendship a lot, and I was also afraid of losing our friendship, so I never talked about it…”

“I really mean it, Ramesh. You are such a wonderful person that I sincerely hope that this will not affect our friendship in any way…”

“I understand Jenny. Don’t worry and go ahead, I am ready.”

रेमेशको हात अझ जोडले च्याप्प अँठ्यायो जेन्नीले…

“Ramesh, I am not straight.”


***समाप्त***
 
Posted on 11-30-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुन्ते तिमी ले कस्को फोटो बनाको । पून्ते दाइको हो ? :P
 
Posted on 11-30-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! पून्टे दाईले हँसाउनुभो। सस्पेन्स् कथा लेख्न भने तपाई खप्पीस् हुनुहुँदो रैछ। बिचरा रमेश!
 
Posted on 11-30-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा!!!!
Oh man!! अहिले चैं क्या दियो यार!!! कस्तो हो त नि तपैं पनि आफ्नो कोठामा आउँदा जेनीको सक्कली रुप नचिनेको!! त्यही भ'र त्यतिका वर्ष खाली बस्नूभा' रच (कथामा भनेझैं)!!!!
 
Posted on 11-30-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा रमेश । ठिकै पर्‍यो कोही नेपाली केटी पभेन्ल जस्तो गेरी जेनी लाइ मन्पराउनु परेको । यस्तै हुन्ची यो जेनी सेनी हरु । :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters