[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 145818 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-24-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले के गर्यो?(अंतिम भाग)


पसलबाट निकै पर पुग्दासम्म पुरेको लाज र डर धेरै हदसम्म कम भैसकेको थियो। सडकको मोड काटेपछि पुरेले प्लास्टिकको थैलाभित्र राखिएको सामान निकै पटक बाहिरबाटै हातले छामछुम पारेको थियो र ऊ खोलेर हेर्नमा व्यग्र देखिन्थ्यो। अर्को मोडमा एउटा पसलको सटर बन्द थियो र बाहिर र सडकमा मान्छेहरु त्यति थिएनन्। पुरेले पल्याक पुलुक यताउता हेर्यो र सटर तल सिमेन्टको पेटिमा धुलो फुकेर बस्यो। प्लास्टिकबाट सामान निकाल्यो,दुईवटा बट्टाहरु थिए। ऊ सामानको बट्टमा लेखिएको कुराहरु पढ्न व्यस्त भयो।
दुवै बट्टाहरुमा,सजिलो,ढुक्क र आरामदाई काम गर्न सक्ने ग्यारेन्टि थिए भने, एउटा बट्टामा उचित तरिकाले प्रयोग नगरेमा हुनसक्ने दुर्घटनाहरुको बारेमा पनि उल्लेख गरिएका थिए। उसलाई थाहा थियो सावधानिपूर्वक प्रयोग नगरेमा दुर्घटना घट्न सक्छ भन्ने, तर ऊ अहिले दुर्घटना भन्दा पनि काम सकाऊने कुरामा तल्लिन देखिन्थ्यो।
पुरेले घडि हेर्यो। १० बज्न लागेको रहेछ।
अबको केहि बेर पछि उसका बुबा आमा शहरको बजार जान्छन् र त्यसको केहि घन्टा भित्रमा कुनै अवरोध नआएमा ऊ अहिले भन्दा भिन्न, बेग्लै मानिस बन्ने छ।
सोचेर उसको जिऊ सिरिंग भयो।
ऊसले सुन्तलीलाई सम्झियो।
उसलाई प्याकेट भित्रको सामान खोलेर हेर्न मन लाग्यो।


ऊ केहि सोच्दै थियो, त्यत्तिकैमा माथि सडकबाट उसको बुबा र आमा आउँदै थिए।
ऊ हडबडायो र हतपत प्याकेटहरुलाई प्लास्टिककै थैलामा हाल्यो र हिँड्न थाल्यो।
बुबा आमा नजिकै आईपुगे।
"बाबु हामि भात-सात खाएर हिँड्न लागिसक्यौँ तँ कता गा' थिस ब्यान ब्यानै? ल घर गएर भात खा हामि शहर हिँड्यौँ!"
उसकि आमाले भनिन्।
उसका बुबा कालो र ठाडो जुङ्गा लिएर कहिले पुरेलाई त कहिले पुरेले लिएको प्याकेट भएको प्लास्टिकको झोलालाई हेरिरहेका थिए।
पुरे फेरि व्यग्र देखिन थाल्यो।
"के किनेर ल्याईस नालायक?"
बाबुको कडा स्वर सुनेर यसै त डराऊने पुरे झन डरायो।
केहि भन्न खोज्दै थियो, त्यत्तिकैमा उसकि आमा बोलिन-
"ह्या हिन्नुस जाउँ, हतार भईसक्यो...ल्यायो होला नि केहि उसको सरसामान!ल बाबु छिटो जा घर!"
उनकि आमा बुबालाई लगभग तानेर हिनिन्।
बुबा भने अलिक आँखा च्यात्दै प्ला्सटिकभित्रबाट हल्का देखिएको बट्टाको लेवल पढ्ने प्रयास गर्दै थिए।
पुरे लगभग दौडिएको जसरी घरतिर हिँड्यो।
पुरेका बुबाले शायद त्यति प्रश्ट नदेखिएको भएता पनि प्लास्टिक भित्रको प्याकेटको लेवल राम्रोसंग चिनेछन क्यार,पर आमासित खुसुक्क बोलेको कुरा पुरे हिँड्दा हिँड्दै कानमा पर्यो!
"ओइ बुडि...पुरेले त...किन्या जस्तो छ..!"
यो भन्दा बढि पुरेले सुनेन।
पुरे र बाबु आमा बिचको सडकको दूरी बढ्दै थियो।
पुरेले फर्केर हेर्यो।
पुरेका बुबा पनि फर्केर यतै हेर्दै रहेछन्।
पुरेको सातो गयो।
एउटा बस रोकियो।
पुरेले देख्यो पुरेकि आमाले पुरेको बुबालाई केहि भनेर बसमा चढाईन्।
बस गुड्यो।
पुरेको सास आयो।
**********
पुरे घर पुग्यो।
घरको ढोका खोल्ने बेलामा पुरेले अर्कोघर तिर हेर्यो। सुन्तली शायद भित्र थिइन्।
ढोका खोल्नुभन्दा पहिला उसलाई फेरि एकपटक किन हो प्याकेट हेर्न मन लाग्यो।
ऊ टुक्रुक्क ढोका अगाडि बस्यो र प्याकेट झिकेर फेरि पढ्न थाल्यो।
अगाडिको घरमा घुरुक्क गरेको आवाज आयो।
उसले आवाजको दिशा तर्फ हेर्यो।
सुन्तली घरको ढोकामा उभिएर उसलाई उत्सुक भावले हेर्दै थिइन। पुरेसित आँखा जुध्नासाथ सुन्तली फेरि भित्र पसिन्।
पुरे हत्त न पत्त ढोका खोलेर भित्र छिर्यो।


------------------------(लगभग १ घन्टा पछि)-----------------------------------------------


पुरे संतुष्ट थियो। जिवनमा पहिलो पटक यस्तो गरेको थियो उसले। उसले प्याकेटमा लेखेको निर्देशनहरु पालना गर्दै प्रयोग गरेको थियो जसले गर्दा कुनै दुर्घटना हुन पाएन।उसलाई निकै भिन्न अनुभव भैरहेको थियो।
उसले ऐना हेर्यो। आफ्नो गाला तथा नाक मुनि चिल्लो र सफा लाग्यो।
उसको आत्मबिश्वास बढ्यो।
धेरै पहिलेदेखि उसले सेभ गर्न खोजेको थियो र आज बल्ल मौका मिलेको थियो।
उसले आफैँमाथि गर्व गर्यो।
"यति जावो सेभ गर्ने रेजर र क्रिम किन्न पनि यस्तो डराईराको म"
उसले आफैँसंग भन्यो।
अब ऊ पहिले जस्तो सोह्र बर्षे झुसे थिएन, ऊ त सेभ गरेको दाह्रि-जुङगारहितको राम्रो तथा चिल्लो ठिटो थियो जसलाई नहेर्ने र दिल नदिने दुश्शाहस सुन्तलीले गर्न सक्दैनथिइन।
बडो आत्मविश्वासका साथ उसले मुल ढोका खोल्यो र बाहिर निस्कियो।
सुन्तलि आँगनमा रहिछिन्।
उसले सुन्तलीलाई हेर्यो। पहिले जस्तो हिनभावनाको शीकार ऊ भएन,उसको ओठबाट सुन्तलीलाई हल्का मुस्कान निस्कियो।
सुन्तली अवाक भएर पुरेलाई हेर्न थालिन्। अनुहारमा अझै विस्मयको भाव ल्याउँदै सुन्तली पनि जवाफत: मुस्कुराईन्।
आँगनमा गाग्रि थियो, सुन्तलीले पुरेतर्फ फर्केर केहि झुक्दै गाग्रिबाट जगमा पानि सार्न थालिन्।
यसपटक सुन्तलिले घाँटिमा लगभग बेरिएको सललाई अगाडि तानिनन्।झुकेको झुक्यै पुरेतिर हेरेर मिठो हाँसो हाँसिन्।
हाँसो अनि सुन्तलीको सल हटेको निर्विरोध झुकाई; पुरेको संसार फेरि उज्यालो भयो।


(बाबु नानीहो, यसरी पुरेले गर्नु गर्यो, भन्नेलाई जाँडको माला, सुन्नेलाई बियरको माला)


लोल!


 
Posted on 11-24-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ एम जि
कत्ती हसाउन सक्या हो लौन सम्धी बुढा।


 प्रयोग त गरेछ केटो ले तर के भन्दा रेजर ...लोल... लोल..... हासियो अत्ती



पुरे ले खौरी छाडेछ लोल लोल लोल


 
Posted on 11-24-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"यति जावो सेभ गर्ने रेजर र क्रिम किन्न पनि यस्तो डराईराको म">>>



हा हा हा हा, मरें नि लौ न, एक्छिन त बुढाले चुरोट ख्वाउन लागे भनेर सराप्न ला थेँ, कस्तो खग्गु जिम्मालबा तिमी त, अैया, हाँसेरै मुर्छा भएँ। पेट मिची मिची हाँसियो। जय हो, जय हो। क्या सेव गर्या जस्तै फील भो भने नि, वाह वाह वाह




भन्नेहरु ले भन्न हुने नहुने भने, म बिचरो बारे के के मात्र सोचे भने नि, जान्या छु मैले नि एक एक लाई, भनेर भन्न भएन, सबसे कान्छो परियो क्यार्नु
 
Posted on 11-24-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आफु काम मा ब्येस्त भएको बेला यता त एती लामो पुरेको चर्तिकला पोखिसकेछ ......

कथाको पहिलो भाग को :
"पुरे झन हेरेको हेरेई भयो, उसको झन्डै अँध्यारो हुन लागेको सानो संसार झन उज्यालो भयो।"

अनी कथाको लास्ट मा :
" पुरेको संसार फेरि उज्यालो भयो।"

माने बिर्खे बुढा माने ... त्येतीकै हामीले भन्दा बढी सुरुवाल च्यातेका त होइनौ तिमीले ......


पुरे मेरो पनि एही सुझाब छ है .....
"तेस्भये हाकु छोइला बनाउ, पानीले पखालेर लग "
 
Posted on 11-24-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" एक्छिन त बुढाले चुरोट ख्वाउन लागे भनेर सराप्न ला थेँ, "

हेर्न पुरे ले सोचेको रे ...... होइन पुरे को सोझो दिमाग चल्दैन कि क्या हो? आफुले त साँच्चीकै त्यही सोचेको हो ? के ढाट्नु ......
 
Posted on 11-24-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" एक्छिन त बुढाले चुरोट ख्वाउन लागे भनेर सराप्न ला थेँ, "

खै सोझो दिमाख भन्ने कि बाङो आफुले त तेइ सोच्या जुन लहरे रिट्ठे र ठुल्दाइ ले सोच्या हे हे हे ...
हुन त सम्धी ले मोड्न पनि यू टर्न नै हाने पुर्या कथाँ तर रमाइलो भयो ..
सप्पै लाई जिल्ल्याएर ....

 
Posted on 11-24-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को दिमाग सुस्त स्थिती मा पुग्या छ रे राम्पुरे


अनी चाहिने कुरा सोच्दैन - नचाहिने कुरा सोचेर बस्छ


क्या मुखबाट र्‍याल निकालेर हात खुम्चाएर माथि हेर्दै बसिराछ पुरे टँवा परेर बसिरा छ 


 
Posted on 11-24-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल ।



औतारिको पनि औतारी जिम्माल बा। मखुला?


सोच्ने ले के के सोची सक्याथ्यो। जिउ सिउ पनि सिरिङ्ग भैसक्याथ्यो। पुरे आँफै चार छक्क पर्‍यो।


 
Posted on 11-24-09 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भा'का हुन चौतारीका ठिटाहुर? तेसै तेसै तेसै तिघ्रामा बोसो भरिएर नारन! बिचरो बालखा पुरेले जाबो दारि काट्न खोज्दा नि नानाभाँति भन्ठान्ने? तिमेरु जस्तो हो र कति सोझो छ बरा पुरे!

""लहरे- अर्को भाग पुरा डिटेल मा छिटो राख्नु ल ""

हन ए लहरे बज्जे! के सोचेर के कुरो डिटेलाँ सुन्न मन लाग्या हँ?

हन बिउरिन नि कति बिउरिया हुन अचेलका ठिटाहरु?

Last edited: 24-Nov-09 03:57 PM

 
Posted on 11-24-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल म त पुरे ले न्वारन को निम्तो दिन्छ भनेर कुरिरा जिम्माल ले कथा नै यू टर्न हान्दिएछन ! धुत बुढा मान्छे !


 


 
Posted on 11-24-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे

तिमारुले के सोच्या, मैले चाइने त्यो कथाको पुरे भन्ने चाइँ चुरोस किन्न गएछ भन्ने सोच्या थेँ।

तेइ त जिम्मालबा सोझो पाएर हेप्न खोज्दो रेछन बरSSSS । नाखाँ समातेर टुँटमा हान्न नपुग्याहरु
 
Posted on 11-24-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो  लहरे बिग्र्या त भनेर भनी साध्य छैन नि, गब्बर सिंह भन्दा पनि महा-गब्बर सिंह भा छ नि, त्यो डाकुलाई त उस्ले त्रेनिङ द्या भन्दै थ्यो अस्ती मलाई 
 
Posted on 11-24-09 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्‍या असत्ती बुढा ले - नली खुट्टा भाँच्न नपुग्या


अहिले पनि तरुनी देख्न हुँदैन बुढा आँखा सन्काइ सन्काइ हेर्छ -


साप्ताहिक को  मध्य पृष्‍ठ शुक्रबार दिन भरी त्यही हेरेर बस्छ


अझ कुनै कुनै त खात मुनी नि लुकार राखेको  छ पातकी बुढा ले


अझ हामी बिग्रेउ रे ल - 


 
Posted on 11-24-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पुरे को खप्पर कसरी फोर्ने भएर सिकाको मैले गब्बर सिह लाई मैले


अब तेरो खप्पर फोर्न आउँदै छ अहिले -


मूला पुरे - अझ कराउने भाको - गर्न त गर्‍या हो नि पुरे ले


ठुल्दाइ थाहा छ नि हैन र -


 
Posted on 11-24-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामिले थाहा पाएको र अरुले थाहा पाएको "गर्नु गर्‍यो" मा जमिन आसमान को अन्तर पर्‍यो है लहरे।


चुपचाप् बसे हुन्छ लहरे।


भाई हो, भाई को इज्जत भनेको दाई को इज्जत । मखुला?? 


 
Posted on 11-24-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: ख: ठुल्दाइ त्यही भएर म चुप लाको नि


नत्र त उहिले नि भन्दिसक्याथे -


 


 
Posted on 11-24-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""हामिले थाहा पाएको र अरुले थाहा पाएको "गर्नु गर्‍यो" मा जमिन आसमान को अन्तर पर्‍यो है लहरे। ""


ळोल ठूल्दाई!


 
Posted on 11-24-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल को कथा पढेर "गर्नु गर्‍यो" होइन कि कथा आउनु भन्दा पहिला नै


पुरे ले गर्नु गरिसक्या छ के - त्यो कि ठुल्दाइ लाई थाहा छ कि मलाई थाहा छ कि पुरे लाई थाहा छ कि त गड लाई थाहा छ


अरु लाई त थाहा छैन नि है कि छ


 
Posted on 11-24-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<भाई हो, भाई को इज्जत भनेको दाई को इज्जत । मखुला??  >>>

हैन याँ के हुँदै छ? यो लहरेले के त्यस्तो कुरो लायो हँ दाई? यो लहरे भन्या त सकुनी हो सकुनी, अझ सकुनी र लहरेलाई लेर फिलिम बनाउने हो भने सकुनी नै हिरो बन्छ होला ल, त्यस्तो धुर्त मान्छे हो यो। अनी यस्तो मान्छेको कुरो पत्याएर भो त, ल के सुनायो मलाई भन्नु, म सत्य-तथ्य छर्लङै हुनी गरी अगाडि राख्दिन्छु ल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters