[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 229682 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-12-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु विकेण्ड मना'र एकहुल अपिसतिर हिनेछन, यो चौतारी नि इनेरको अपिसजाने दोबाटाँ पर्दोरेछ कि क्या हो ? थुलु, नाम्बाउचा, चित्रे, लुरेज्वाइ, नेपे, भट्टे, जिम्मालबा, मिस सप्पैजनाले एकेक खेप हाजिर ठोकेर टाप कसे जसो छ, ठुल्दाइ चिलिम तान्न सकियो त ? सपैलाइ तारेमाम है ! मन्तयेक ला?
 
Posted on 03-12-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ चित्रे मेरो चिमेकी हुनलागेको छ ।
चित्रे म नि तिम्रो लागि फुल माला हात मा लिइ कुरिरा छु ।
चना ज्यो हजुर लाइ सञ्चै ।
 
Posted on 03-12-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई जदौ है!
 
Posted on 03-12-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएएएएएएएएएएएए हरि के छ हो तिम्रो हाल चाल ।
 
Posted on 03-12-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेहरू लाई नमस्ते टक्र्याएँ है।
 
Posted on 03-12-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ओन्स् अगेन्, आउरेजी खोक्ने प्रयास का साथ, मन्तयक ला?
ठुली को छिमिके बन्ने रे चित्रे? खुशी को कुरो भो तर ठुलीको गाम् चाहि कुन् पर्यो क्या र?
 
Posted on 03-12-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर सञ्चै छु थुलि, अलि अलि घाँटी बिमार भा'मात्तै हो ज्यान त अरु केहि भा'छैन । हैन ब्याँनैदेखुन चिलिम तानेर ऊ त्याँ कान्लाँ पल्टिरा' देख्या'थे ठुल्दाइ । ऐले त देख्तिन त म । चिलिमको राप चर्को भ'र कान्लामुन्तिर त लडेनन भन्या ?

हरि, नेप्चे माम खायो ? तारेमाम है ।
 
Posted on 03-12-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ म चै दिसी गाम्को परे हजुर कुन गाम बाट हो ताआआआआआआआआआआआ।
चना ज्यो धरै चिलिम् तन्न भएननि अब
 
Posted on 03-12-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा मेरो बोलि भँइमा खस्नै नपाइ ठुल्दाइ कराइहालेछन् । लु बेसै भो । चिलिम खै त? कान्लामुनि नै खसाल्यौ ठुल्दाइ ? थुलि, ठुल्दाइको संअत ला'सि क्यार्नु त नि । अलि अलि त दिनै परो नि ।

अनि यउटो कुरो नि, हाउँरो देशाँ फेरि फुन सुन इन्टर्नेट सिन्टर्नेट बन्दै गरेर लोडसेडिङ गर्न ला'छ रे नि फलामटाउकेहरले । अघि उकालो लाउदा बाटा' हिन्ने मुन्छेहरले त्यत्तै त्यत्तै कुरो गरे के रे !! (४८ घण्टाँ हुन्छ ल बाज्जि? भन्दैथे बज्जेहरु ) के हो यस्तो? पुल्टिकसाआ कुरो नअरमभन्दा नि पापि मन माने पो !!!
 
Posted on 03-12-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र चनाजि?लौ बर्बाद!!फेरि कति मर्ने भए।यो हल्ला मात्रै होस भन्ने मेरो कामना छ।हुन त केहि दिन अघि मैले कू को कुरा उठाउँदा कसैलाइ विस्वास लाग्दैन थियो।अब चाहिँ वार कि पार होला जस्तो छ।तर ज्ञानेको केहि चल्ला जस्तो चाहिँ लाग्दैन है मलाइ त।
 
Posted on 03-12-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु नि ठुली, हाल बेहाल छ। चालको त झन कुरै नगरुम। मलाई चै चतुरेलाई भन्दा अल्ली ज्यादा भा जस्तो छ। साउकाँ नि ढिलै आईयो, चौतारीआँ पस्न नि ढिलै भो। तिम्लाई पो मोज छ, चित्रेले एउटा बाक्सा त तिम्लाई भनेर प्याक गर्दैछ रे, अझ हिजो त ह्याँ पुग्ने बित्तिकै मोमबत्ती डिनर गर्नुपर्छ भनेर मोमबत्ती किन्न बजार घूम्या रे।

नेप्चे ब्रो नमस्ते टक्रार हिडेच, बधाई छ है; तिमर्को ईस्कुल त टुनामेन्ट खेल्न पाउने भो रे, हाम्रो लाई त बोलाउदै बोलाएनन :(

ठुल्दाइलाई चिलिमले छोड्या छैन जस्तो छ, अउँरेजीआँ खोक्ने रे,

चतुरे ब्रो, माम वा सो सरह खाईयो, फेरी यो काँ को खबर हो तेस्तो हरे शिव, हल्लै मत्रै हो कि?

नान्दाइ नमस्ते है।
 
Posted on 03-12-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाइ!!! कतिवटा चौतारीहरु बनाइसके छन । यो नयाँ चौराती पनि रमाइलो छ । आफु त चौतारीमा आए पनि बस्न भ्याउदिन । ल ल राम्रो गर है केटाकेटीहरु । म त हिंडे पल्लाघर तिर यसो हेर्नु पर्‍यो के गर्दैछ्न त्यहाँ का केटा केटीहरु ।
 
Posted on 03-12-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, म चाँही झन्डै छिमेकी । फिलाडेल्फिया भन्ने गाम मा छु, नेपाली बाल्टीन बालेर खोज्दा नि न भेटिने ठाम मा ।

के हो चतुरे र नानु? हल्ला के हो खुलस्त भन बा। यो बुढालाई खपि नसक्नु भो।
 
Posted on 03-12-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हुन त केहि भा छैन।तर केहि होला जस्तो लक्ष्यण देखिन्छ।गिरिजा बाबुले राजाको विषयमा आफ्नो राय त्यसै परिवर्तन गरे जस्तो चाहि मलाइ लाग्दैन।केहि नराम्रो सुन्नु पर्ला कि भन्ने आशँन्का मात्रै हो।
 
Posted on 03-12-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु र साननानी कता हराएचन ।
 
Posted on 03-12-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, धन्यवाद सयपत्रीको मालाको लागि। :)

हा हा हरी! हिजो मैले थरी थरीका सुगन्धित मोमबत्ती किन्या छु, क्यानडल लाइट डिनरको लागि। :P

ठूलु, धन्यवाद मेरो स्वागतकोलागि पर्खेकोमा। तिमीलाइ के ल्याइदिम् गिफ्ट? ;)

राहुलदाइ, समरमा पून्टेदाइकोमा चौतारी जमघटमा आउनुस्, त्यहा भेटेर कुरा गरम्ला नि, नयाँ योर्कमा, हुन्न?

साँच्ची, सान्नानी र तिरू कता हराए? कुम्ले नि नेपालबाट आउने बेला भो क्यारे।
 
Posted on 03-12-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाइ,

आज फेरि अर्को गित गाउन मन लाग्यो

"जीरा मरिच
मलाइ पर्नु पीर कल्लाइ परिच"

------
दुख परेको बेलामा राम्रो काम गर्यो भने पुण्डय मिल्छ भन्थे बुढापाकाले, खै यसपालिको चौतारि मै खन्नु पर्ला जस्तो छ।

कि कसो गाम्लेहरु हो?

"उहि मर्न नसकेको नामको मात्र झिल्के"
 
Posted on 03-12-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
मन्तयक ला?
के भयो झिल्के? चिलिम तान्, सब ठीक हुन्छ । कसैले धोका दियो कि? ढोका दिए झ्याल दिइ दिनु । किस्सा खतम । जिन्दगीमा कति घाउ कति चोट हुन्छ, त्यस्को लेखा जोखा हुन्न । जती सह्यो त्यती बलियो भैन्छ गाँठे । यो बुढो ज्यान ले कति सह्यो कति?
 
Posted on 03-12-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो रमाइलो भइराखेको रैच चौतारीमा , ल म पनि आए रमाइलो गर्न ।
 
Posted on 03-12-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सम्पूर्ण आफ न्तहरुलाइ, खै पद चाँहीयो भनेको स्बै चुप चाप । लौ त यस्तै र छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters