nepalean
Replies to this thread:
More by nepalean
What people are reading
Subscribers
Please log in to subscribe to nepalean's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 373]
|
[VIEWED 165649
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-06-06 12:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ ~ चौतारी महोत्सब~ ~ एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ? ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ? यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ? मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें । पूरै जुनी अटेको निमेष देखें आज फेरि सपनीमा देश देखें, हिमाली सेतो आकाशमा ठोक्किई चम्केको फाँट, वन-प्रदेश देखें, थाप्लामाथि,लहरै पाखाहरुको निला दह सुसेलेको भेष देखें, फूलमा चढेको रंगको के कुरा? पातमा वसन्तको प्रवेश देखें, कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी? पहरामा छहराको केश देखें, आफ्नो भन्नु रहेनछ अरु केहि "नेपाल" नै श्री-सम्पत्ती, यश देखें, आज फेरि सपनीमा देश देखें आज फेरि सपनीमा चौतारी देखें।
|
| |
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-07-06 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कहानी मे ट्विस्ट ****************************************************************** ..... "कुम्ले! तिमी म सङ्ग हिँड अब!" उस्ले मलाई तानेर बाहिर लग्यो। "हैन कहाँ जाने नि यो पानी परेको बेलामा?" "हिँड न!" म उस्को पछि लाग्दै त्यो पानीमा रुज्दै पल्लो अपार्टमेन्ट तिर लागेँ "टक टक टक!" उस्ले ढोका ढकढकायो ढोका खुल्यो। "ओहो! भउते के भयो तिमीलाई? तिमी त निथ्रुकै भिजेर आएछौ नि, सबै ठिक छ?" अबुइ!! कस्ती राम्री भाकी हौ ति त। म त हेरेको हेरेकै भएँ "पानी परेको भएर त तिमीलाई भेट्न आएको नि" भउते के कम छ र मिठो कुरो गर्न। "तिमी यहिँ बस म भित्र बाट Towel लिएर आउछु" उ भित्र जान खोज्दै थिइ भउतेले रोक्यो। "सुन आज जम्मा ३०% चान्स हुँदा हुँदै पनि पानी पर्यो। ३०% चान्स हुनु भनेको नराम्रो होइन रहेछ, त्यहि भएर म तिमीलाई भेट्न आएको" भउतेले एकै साँसमा सम्झाउन खोज्यो। "त्यो त बुझेँ तर तिमीले यो कुरा मलाई किन भनेको?" उस्ले सबै कुरा जान्न खोजिन्। भउतेले खल्तीबाट त्यो अघि को रिजल्ट निकालेर उस्लाई त्यो देखाउदै भन्यो, "यो Love Calculator ले तिम्रो मेरो चान्स ३५% देखाएको छ" उ मुसुक्क हाँस्दै भउतेलाई हेरी। भउते म तिर पुलुक्क हेर्दै "देखिस्!" भन्ने इशारा गर्यो। अनि त्यत्तिकैमा भित्रबाट अलि अलि चिनेको जस्तो आवाज आयो, "ए जुरेली! के गर्दै छेस् बाहिर? भित्र खुरुक्क आ।" मलाई त्यो आवाज कता कता पून्टे दाई को जस्तो ला'छ। समाप्त :पि
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-07-06 7:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हे भगवान यो कुम्लेले कति कथा लेख्न सिपालु भाको ।
|
| |
|
|
manepaliketo
Please log in to subscribe to manepaliketo's postings.
Posted on 09-07-06 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
uptown girl timi kaha bascha timi sachaai ko uptown girl ho ki downtown girl ho, malaai bhana la? Ma, timro nai najeek bascha hola saayad.
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-07-06 8:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लेखम लेखम , सप्पै को म पढ्दिन्छु ।
|
| |
|
|
manepaliketo
Please log in to subscribe to manepaliketo's postings.
Posted on 09-07-06 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Malaai mero jindagi le kaha puryayo kahile hasaayo kahile ruyayo malaai mero jindagi le kaha puryayo
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-07-06 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'electrical engineer लाइ नेपालीमा के भन्च ? " ---- यो त इन्जिनियरलाइनै था'हुन्छ :)
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-07-06 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-07-06 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस चाहीँ कस्ले कति पोस्ट गर्यो महोत्सवमा भनेर गनिरा जस्तो छ नि? :P:P सबैभन्दा धेरै पोस्ट गर्नेले के पाउँछ मिस? "भात त जिम्माल्निलेनि मिठो पकाम्छे, मासको कालो दाल फलामे ताप्केमा घोटि घोटि पकार जिम्मु झानेपछि, भात सँअ मुछेर खाँदा थालै कोपरूँ जस्तो मिठो!" ल जिम्माल बाले अर्को बे गर्न पाउन्नन् है अब, आफै फलाकी सके जिम्माल्नी आमाको कुरा। कुम्लेलाई कति आउनि हो कथा हाल्न, पोल् खोल्न? रमाईलो छ जे होस। ल आउ तितौरि, ठुलि नाचौँ जिम्माल् बाले कति मिठो गीत् गाइरनुभाछ।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-07-06 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ सप्पै गाम्ले'रुलाइ ! महोत्सव त गज्जब गैरा'रैछ क्यारे । आफु अलि अलि ब्यस्त भएर ट्याम्मा आउन सकिएन्, माफि चाहन्छु । लौ एउटा टुक्रा म पनि ठेल्दिन्छु ........ 'बाबा मेरो पुरानो साइकल भाँचियो, मलाई नयाँ साइकल किनिदिनुस् न, राम्रो, रातो कलरको बाबुदादाको जस्तै' अफिसबाट घर आइपुग्ने बित्तीकै मेरो छोरा मेरो काखमा आएर आफ्नो गन्थन गर्न लाग्यो । 'हुन्छ बाबु यसपाली दसैंको तलब आउने बित्तिकै तिमीलाइ नयाँ साइकल अनि राम्रो राम्रो लुगाहरु किनिदिन्छु' । थाहा छैन त्यो चार बर्षको बच्चाले मेरो सबै कुरा बुझ्यो कि बुझेन तर चाँडै नयाँ साइकल पाउने आसामा मेरो काखबाट उठेर उफ्रीन थाल्यो 'नयाँ साइकल कि.....न्ने, नयाँ साइकल कि.......न्ने, बाबु दादाको जस्तै रातो कलरको' । आज हाकिमसाबको राती डिनरमा जानु पर्ने भएको हुनाले घर चाँडै आइयो, नत्र कहिले काँही त रातिको ११-१२ पनि बज्छ, अफिसबाट फर्किन । हुन त आज पनि आठ बजे डिनरमा गए पछि फर्किदा १२- १ त बज्छ नै होला । 'बाबु, आमा खै, एक गिलास चिया खान मन लागेको थियो' भुइँमा आफ्ना खेलौनाहरुसँग खेल्दै गरेको छोरालाइ सोधे । 'आमा त हाकिम्नी साबसँग थानकोट जानुभा'छ, मैया दिदिको घरमा' छोराले मतिर नहेरी नहेरी उत्तर दियो । पाँच बजिसकेछ, आठ बजेको पार्टी भनेपछि सवा सात-साडे सात बजेतिर त निस्किनुपर्छ तर मैले सात बजे देखि नै गाडी त तयार गरेर राख्नुपर्छ, के थाहा हाकिम साब अरु कतै पनि जानुहुन्छ कि । चिया बनाउन स्टोभमा पानी बसाल्दै छोरालाइ सोधे ' बाबु खाजा खायो तिमीले ?' 'अँ, आमाले चिउरा र दालमोठ दिएर जानुभएको थियो, तेइ खाए । चाँडै आउँछु भन्नु भएको थियो, अहिलेसम्म आउनुभा' छैन ।' छोराले एकै सासमा मेरो प्रश्नको उत्तर दियो । दस बर्ष पहिला हाम्रो गाँउमा पहिरो गएर सबै ध्वस्त भए पनि गाउबाट काठमाडौं आउँदा धेरै सपनहरु थिए मन भरि । समुद्र नै सुकाउँला र पहाड नै फोडुँला जस्तो जोश थियो । केही दिन्मै थाहा भयो, निस्ठुरी रहेछ यो शहर, यहाँका मान्छेहरु पनि यन्त्र-मानव रहेछन् । अह्ँ, कतै काम पायिन मैले धेरै खोजे, जुत्ताका पैताला नै च्यातीने गरी । काम पाए पनि नपाए पनि पापी पेटले बुझ्दैन रहेछ, भोक त लाग्दो नै रहेछ । भारि बोक्न थाले जीवन निर्वाह गर्न । भरिया नै बन्नु पर्ने मान्छे त होइन म तर परिस्थितीले जे पनि गराउँदो रहेछ । 'बाबा...... बाबा पानी उम्लिसक्यो' छोराले मेरो ध्यान भङ्ग गरायो । म त अतितमा पो पुगेछु । चिया पत्ती र चिनी हाले उम्लिरहेको पानीमा । चिया पनि तयार भयो । 'बाबु चिया र पाउरोटी खाने हो ?' छोराले खान्छु भनेर टाउकोले नै इसारा गर्यो । बिचरा मेरो छोरा, चाहेर पनि हामी राम्ररी हेरबिचार गर्न सक्दैनौं, आफ्नै बाध्यताहरु छन ।, चार बर्षको बच्चा, पोशिलो तागतिलो खुराक खानुपर्ने बेलामा कालो चिया र पाउरोटी अनि दाल मोठ्-चिउरा खानु परिरहेकोछ । हाम्रो पनि मन त हुन्छ छोरालाइ पोशिलो कुरा खान दिउँ, राम्रो लाउन दिउँ, स्याहार्, सम्हार गरौँ तर्....... तर के गर्ने, एउटा ड्राइभरको तलबले के के कुरा मात्रै गर्ने, तै घर भाडा तिर्नु पर्दैन, हाकिम साबले यो कटेरोमा बस्न दिनुभएको छ । यसपाली देखि त छोरालाइ स्कुल पनि हाल्नुपर्छ, महङ्गी यस्तै हो एक लिटर मट्टितेल को मात्रै ५० रुपैयाँ, चामल, दाल्, आलु प्याज, मरमसला, नुन तेल्----------- खै कसरी चलाऊने होला । केही बर्ष पहिलासम्म त चलेकै थियो व्यबहार, महङ्गी यस्तो थिएन्, जहान पनि दुई जना मात्रै । भरियाको काम गर्दा गर्दै हाकिमसाबसँग चिनजान भयो, उहाँको घर बनाउँदा समान बोक्ने क्रममा । हाकिमसाबको मन पग्लियो क्यारे मेरो ब्यथा सुनेर्, आफ्नै अफिसमा पिउनको जागीर मिलाइदिनुभयो । बस्ने ब्यबस्था पनि आफ्नै कटेरोमा मिलाइदिनुभयो । बिहान बेलुका हाकिमसाबको घरको काम गर्नु पर्ने, दिउँसो अफिसको । यसै क्रममा उनिसँग पनि भेट भयो, दुबैको ब्यथा उस्तै, मन मिल्यो बिहे पनि गरियो । बस्ने बास छँदैथियो, दुई जनाको जीवन निर्वाह गर्न सक्ने आम्दानी पनि छँदै थियो । केही समय पछि गाडी चलाऊन पनि सिकें, हाकिमसाबले आफ्नै ड्राइभरमा जागिर मिलाइदिनु भयो । 'बाबा म खेल्न जान्छु बाहिर्, एकै छिन पछि आउँछु है' भन्दै छोरो बाहिर निस्किँदा पो अतितबाट फेरी बर्तमनमा आए । त्यो सानो बच्चो कता जान लागेको होला खेल्न, तर के गर्ने एक दिन भए पो हो, यसरी नै धुलो-माटो मैं हुर्केको त हो, म हाकिमसाबको काममा ब्यस्त, बुढी हकिम्नी साबको काममा ब्यस्त । खै घर-भाडा नतिर्नुको मोल बढी नै त तिरिराछैनौं ? तर होइन हाकिमसाबको धेरै ठुलो गुण छ म माथि, हाकिमसाब नहुनुभएको भए आज पनि म कुनै हार्डवेर पसलको बाहिर भारि कुरेर बसिराखेको हुन्थे । ओहो! सात बजिसकेछ्, अब त निस्किनु पर्यो, गाडी सफा गर्नु पर्यो, हाकिमसाब डिनर पार्टीमा जाने बेला हुन लाग्यो । बुढी कहिले आउने हो खै, छोरो पनि कता गयो खेल्छु भनेर तर के गर्ने हामी तल्लो तहको कर्मचारी त मेसिन न हौँ, हाकिमले बस् भने बस्नु पर्ने, उठ भने उठ्नौ पर्ने, आइज भने आउनु पर्ने, जा भने जानु पर्ने । भोक पनि लागिरा'छ, खै के खाने होला ? हाकिमहरुको लागि पार्टी भए पनि हामीहरु त भित्र छिर्न पाउने होइन, बाहिर गाडीमै कुरेर बस्नु पर्ने न हो । 'हर्क बहादुर्, गाडी सफा गरिस्, लौ हिँड जाँउ' हाकिमसाब को आवाज आयो, भित्रबाट । 'हजुर गाडी सफा भइसक्यो हाकिम साब्' 'अनी आजकल के छ नि तेरो हालखबर हर्कबहादुर्, तेरो छोरो कति बर्षको भयो रे साँच्ची ? अब त स्कुल हाल्ने बेला पनि भयो होला हैन ? ' ब्यक्तिगत कुरा त्यती नगर्ने हाकिमसाबको आवाज सुनेर एकाग्र भएर गाडी चलाइरहेको ध्यान भङ्ग भयो । 'ह्जुर यो असोजमा चार बर्ष पुरा हुन्छ, अब यो बर्ष देखि हाल्नुपर्छ स्कुल' सँक्षिप्त उत्तर दिए । 'थाहा पाइस् हामीहरु त अब सबैजना अमेरिका जाँदैछौ, भर्खरै ठुल्बाबुले फोन गरेको थियो । अमेरिकामा बस्ने कागज पाएछ । फेरी यतातिर अफिसतिरको झमेला पनि तलाइ थाहै होला, प्रतिगमनको मतियार्, मन्डले, सन्डले के के भनेर बस्नै दे'को होइन । कारबाही गर्ने भन्ने लिस्टमा पनि नाम छ रे मेरो । अर्को हफ्ता नै राजिनामा दिदैंछु । घर पनि बेच्ने कुरा चल्दैछ एक दुई दिनमा फाईनल हुन्छ होला ।' हाकिमसाबले एकै सासमा सबै कुरा बताए । 'अब हेर तैले यतीका बर्षसम्म मसँग काम गरिस् तर के गर्ने आस्थाइ जागिर मैले छोडेपछि तैले पनि निस्किनुपर्ने हुन्छ, फेरी अहिले ब्यबस्था बद्लिसकेको छ, हाम्रो केही चल्दैन । फेरी हाम्रो अनुकुल ब्यबस्था आयो भने सँगै काम गरौँला ।' हाकिम साब बोल्दै गए । सबै कुरा नबुझे पनि यती कुरा चाहि थाहा भयो अब मेरो जागिर गयो । ' हेर बाबु अन्यथा नलिएस् मेरोलागि त तँ छोरा जस्तै होस् तर के गर्ने अहिले म तेरोलागि केइ गर्न सक्दिन । अँ बरु अर्को हफ्तादेखि अरु नै ठाउँमा बस्ने ब्यबस्था मिलाउनु पर्छ तैले, मलाई थाहा छ, अबस्य पनि तलाइ गार्हो हुनेछ तर अरु केही उपाए पनि छैन्, घर किन्ने नयाँ मान्छेले सबै खाली गराइदिनु भनेको छ ।' हाकिमसाबले हातले नाक माथिको चस्मा मिलाउँदै भने । हाकिमसाबको पार्टी भएको होटल पनि आइसकेछ । हाकिमसाब गाडीको ढोका आँफै खोलेर होटलको प्रबेशद्वारतिर बढें । मैले गाडी पार्किङ गर्ने ठाँउतिर मोडेँ ।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-07-06 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जस्ले धेरै लेख्छ उस्ले पुरस्कार पाँउछ क्या प्रिती । तिमीले ५ पटक लेखेकि छौ :):) ग्वाँचेले वास्तविकता संग भिजेको कथाहरु लेख्नु हुदो रहेछ मुटु नै छुने खालको
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-07-06 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राम्रो कथा हाल्यौ ग्वाँचे! मान्छे चाँहि आफुलाई ग्वाँचे भन्छ तर कथा भने यस्तो मार्मिक मार्मिक हाल्छ! सार्है राम्रो!!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-07-06 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
माने (manepaliketa) म त मेरो घर मा बस्छु । किन तिमी कता बस्छौ ।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-07-06 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुम्ले, धन्यवाद, तपाईंहरुको प्रभावमा परेर केही लेख्ने प्रयास मात्रै गरेको हुँ । मिसलाइ पनि धन्यवाद, यस्सो समाजमा घटिराखेका घटनाहरुलाइ आफ्नो किसिमको interpretation गर्ने कोशीश मात्रै हो । कथा पढिदिनु भएकोमा फेरी पनि धेरै धेरै धन्यवाद ।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-07-06 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सानानी म त नाच्न तयारी छु । ग्बचेँ तपाईं को कथा राम्रो लाग्यो
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-07-06 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ है सबैलाई! कुम्ले र ग्वाँचेका कथा रमाईला र'छन्। यीनैले जोगाएका छन् महोत्सबको रौनकलाई। कति लामो लेख्न सकेका नी केटाहुर्ले! बिहान जिम्माल बूढा आ'र बाजा-साजा नी छैनन्, आइमाइ मुन्छे नाचेका नी छैनन्, यस्तो पनि के को मउसब हुन्छ भनेर गनगन गर्दै थे। मैले, "ह्या बूढा--! कति गनगन गर्चौ, अहिले त गाम्लेहरुले जीउ तताऊँदै (warm up) मात्रै गरेका हुन्, पर्सि उइकेण्डमा उधूम रमाईलो हुन्छ।" भनें। "ल तेसो भा' तो दिनको शिब बूटीको जिम्मा मेरा भई!" भनेर हिनेका थे जिम्माल। नमे तो इलेक्ट्रिकल इञ्जिनीयरलाई विद्युत अभियन्ता भन्ने हो नेपालीमा? अरु रमाईलो शब्द छ कि? यता आँखा बटारिने ट्याम भइसको। सबैलाई बाइ-बाइ। जाँदा जाँदै, एउटा जोक; गोताएँ र गोताईनीको झगडा परेको रहेछ। गोताएँ: मलाई धेरै रिस नउठा है, मेरो दिमाग बलिरा'छ ब्यानै बाट! गोताईनी: ए--! त्यै भ'र पो ब्यान बाटै गुईँठा बल्या गन्ध आईरा' रछ!
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-07-06 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्यवाद ठुल्नानी, लौ आउ बस् तिमी पनि, चिया कफी के खान्छयौ भन्, म ल्याइ हाल्छु ।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-07-06 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गोतामे गुरु धन्यवाद!! के गर्ने, महोत्सव भने पछि अलि अलि त आफ्नो तर्फबाट योगदान दिनै पर्यो नि । पैला जस्तो रौनक नभे'नी राम्रै गैरा'छ ऐलेसम्म । बरु जिम्माल बासँग पो भेट न'भा धेरै भो, म चौतारीमा आउँदा बुढा गायब्, बुढा चौतारीमा आउँदा मेरो नमिल्ने । तै पनि जिम्मालबा टाढैबाट भे'नी नमस्ते गरे है ।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-07-06 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-07-06 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म त अरुले लेखेको पद्दै ब्य्स्त लेख्न नै भ्याएको छैन ।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-07-06 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पून्टे दाई एउटा भट्टीमा जानुभएछ। अनि त्यहाँकी साहुनी सङ दुई गिलास रउसी माँग्नु भएछ। त्यो साहुनीले दुई गिलास रउसी ल्याएपछि सोधिछे, "हैन पून्टे दाई, तपाईँ जहिले पनि यहाँ आउनु हुन्छ अनि दुई गिलास रउसी माँग्नु हुन्छ, अनि दुबै गिलास एक्लै पिएर जानु हुन्छ, मैले केहि बुझिन" पून्टे दाईले भावुक भएर भन्नुभएछ, "साहुनी नानी सुन, मेरो एकजना साथी थियो, हामी सधैँ सङै रउसी पिउथेम्, तर एक बर्ष पहिले त्यो परलोक गयो, अनि मैले सधैँ उसलाई एक गिलास चडाउँछु अनि अर्को गिलास आफ्नो लागी पिउँछु" साउनीलाई चित्त बुझेछ। भोली पल्ट देखि पून्टे दाईलाई देख्ने बित्तिकै उस्ले दुई गिलास रउसी ल्याउन थाली। अनि यसरी धेरै दिन बित्यो। केहि समय पून्टे दाई पनि ब्यस्त हुनु भएछ आफ्नो काममा अनि फेरि एक महिना पछि त्यही भट्टीमा पुग्नु भएछ। साहुनीले पून्टे दाईलाई देख्ने बित्तिकै दुई गिलास रउसी ल्याइछे। पून्टे दाईले उस्लाई भन्नु भएछ, "साउनी आज एक गिलास मात्र" साहुनीले छक्क पर्दै सोधी, "किन नि? अब साथीलाई चडाउन छोड्नु भएको?" पून्टे दाईले भावुक हुदै उत्तर दिनुभएछ "हैन, यो एक गिलास तेहि साथीलाई हो। मैले रउसी पिउन छोडेको तीन हफ्ता भयो" ******************************************************************** पून्टे दाई माफ गर्नुहोला है! :D
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|