[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।

[Please view other pages to see the rest of the postings. Total posts: 101]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 60500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-06-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगटाधारि भाईको लाईन लाई लिएर धागो बुनेको छु । भाई धन्यबाद, नसोधि लेखे । मलाई हक छ नि है ॥


एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।

“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।

“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो ।

आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें ।

म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि ‘केटिलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो  । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।

म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।

बुआ पनि ढिलो ढिलै आउनु भयो । ‘बुढाले बियर दन्काएछन’ मन मनै भने ।

‘केटि त अर्कै खोजौ है” बुआले खाना पछि भन्नु भयो ।

“किन नि” आमाले अलिक कडा स्वरमा भन्नु भयो ।

“आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन  खाएन “

“बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनु भयो ।

मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।

“ मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।“ बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो । मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।

रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे “

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे “

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला” आमाले भन्नु भयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc  पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । “

जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।

बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“

---------------------------------------------------------------------------------------------------------------

अरु कुरा अर्को पटक ।

meaninglessthinkings@somewhereondearth


--------------------
 
Posted on 02-08-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shubha जि,
CL साईलि ले दिएको नाम हो,  जे ले सजिलो लाग्छ त्यसले बोलाउनुहोस । म राम्रो मानेर हजुर भन्छु ।
म आफै पीडामा छु, यो सामान्य संघर्ष बाट । हेरौ । कहां लेखेको छ ।

माईला दाई,
धन्यबाद,
पहिलो कुरा सुष्मा नाम नै मन खाने ।  के हाम्रो चाँहि मन होइन त?? इच्छा हामिले गर्न नपाउने?
तर के गर्ने । ठिकै छ दाई मेरो संघर्ष जारि छ । हजुरको सुनाउनु न उमेर का कुरा, खुसुक्क।।।। म ठुलि लाई नभनौला नि!!


 
Posted on 02-08-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सगोत्रि बन्धु, मारको'''
thank you for the suppport....
रामा राम, तिम्रो मासु खाने, धरो धर्म बिहेको कुरा चलेकै छैन, साच्चै भन्दा ।
नाच्ने तिमी हरु नै होउ, निम्तो कसो नगरमला???

बरु तिम्रो पो अब बेला भयो? के छ सोच?

 
Posted on 02-08-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero masu khani? sin30 ko masu, amai...
 
Posted on 02-08-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ भाग नि दामी गयो ल!
भनेपछि सुष्मासँग नि नहुने भो?
१२ वटा केटी हेर्ने विचार छ कि क्या हो? 
लु लेख्दै गरम्, मज्जा आम्छ पढ्न!


 
Posted on 02-08-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि यस्ता टुक्राहरु हुन जीवनका, जस्ले सबैलाई सदैब रोमन्चक बनाइ राख्छन। यो वा त्यो हिसाबले अधिकांस नेपालीको कथा बोक्ने यि कथाहरु क्लिस्ठ र उत्क्रिस्ठ छन। लेख्दै जानुस् झापाली जि, मज्जा आइराछ पढ्नलाई।

कुनै बेला मलाई योस्तो लेखन मन थियो,

"केटीको मामालामा म किन कहिल्यै सामान्य बन्न सकिन?"

समयले यती पेल्यो कि उता पोखराको धागो पनि थप्न भ्याएको छैन। र अवत झापाली जि को एस्तो धमाकादार प्रस्तुती गयो कि मेरो रुखो लेखाइ अगाडि ल्याउने आँटै न-आऊने भो।


 
Posted on 02-08-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बोरो,
लौ दुखमा नहासम न ल । आफ्नो कत्रौ संघर्ष छ । बोरो चाहि मजाक गर्ने ।
कमेन्टको लागि धन्यबाद ।

SurNaTal दाई,
नमस्कार, पढिदिनु भयो, मन पराइदिनु भयो, धागो मा कमेन्ट गरिदिनु भयो । म धन्य भए । म हजुरको लेखाइको ठुलो fan हो । एक किसिमले म हजुरकै लेखाइबाट पछिलागेको हुं साझामा लेख्न लाई  ।

शायद, तपाईलाई चिन्छु पनि ( पुल्चोक ??)

"केटीको मामालामा म किन कहिल्यै सामान्य बन्न सकिन?"
हजुरको एक्कै वाक्यले मेरो चित्त बुझ्छ । झन त्यो 'यात्रामा तिमि '।।। म संग शब्द छैन  । केहि भन्न लाई ।
लेख्नु न दाई हामी चाख मानि मानि पढ्छौ । अनि मलाई नजिस्काउनु न, लाज लाग्छ । हजुरको अगाडि मेरो लेखाइ केहि होइन ।

समय को लागि धन्यबाद ।

 
Posted on 02-08-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somewhereondearth Ji,

सामान्य केटी भन्नाले कस्तो? अनि बहुसंख्यक केटी चाहि असामान्य भन्न खोज्नु भाको।

तपाइको कथा राम्रो छ तर यसको शिर्षक चाहि  लिङभेदलाइ भड्काउने खालको छ है।

तपाइको 'टाइटल' ले अहिलेको समयमा धेरै मतभेद ल्याउन सक्छ।

At last, it's your story and you have every right to express, no matter who feels what.

Your writing skill is very much appreciated.

Best wishes,

urfrenrites

Last edited: 08-Feb-08 11:34 AM

 
Posted on 02-08-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"---गाह्रो गरि चियाको पहिलो चुस्कि लिए ।

आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो ।

कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें --"

swoeji,  excellent as usual -- khai arko bhak kailey aucha?


 
Posted on 02-08-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बप्रथम मेरो उल्टो प्रसंसाको लागि धन्यवाद। अलिक भारी भयो कि।
खैर, कथाको बिषयमा सिर्सक अलेली misleading हुन सक्छ ufren ले भन्या जस्तो, तर कथामा कहीं कतै लिंग भेद देखिदैन बरु नारी पत्रप्रती सम्मन गरेको नै पाईन्छ, CL ले भन्या जस्तो।

र, झापाली जि ले चिनेको भए मैले पनि चिनेको हुनु पर्ने हो। संभावना त पक्कै छ, दुबै उही कलेज को भए पछी। बरु भाई २००० - २००४ को हो? अनी मस्टर सकियो त? के Water Resources हो?


 
Posted on 02-08-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth jyu, सधैं झै गहकिलो चित्रण। शब्दहरु नाप तोल गरेर प्रस्तुत गर्नु भएको रहिछ। शब्द शब्दमा सच्चाइ लुकेको पाएँ। अब अर्को भाग पनि छिटो लेख्नुस् है।


 
Posted on 02-08-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामान्य भनेर साधारण भनेको नि, अर्थात; बहुसंख्यक केटिहरु त बिशेष, बिशिष्ट या अति बिशिष्ट भनेको नि, कि कसो सोमेजी???

नेपालीमा यदी, " एउटा गजबको महल अगाडि सानो सामान्य झुपडी थियो!" यसको अर्थ महल असामान्य भन्दा पनि बिशेष किसिमको भन्ने भान पर्दैन र??? एउटा कुरो नि!

 


 
Posted on 02-08-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu dherai keti naheram.. yahi baishakh ma nai jhyain kuti paari halaun lu..

baisakh ma dherai sayit haaru chhan.. lu chittho bihe gari halam hau.

 
Posted on 02-08-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम् जि, बिबाह गर्न चाइने गारो पर्ला जस्तो छ। खै मेरी आमा ले पुनि केटि खोज्या छिन् रे नेपालाँ। आँुउदो बैशाखाँ गेर कुरो गर्नुथ्यो, भगबानाँ किर्पाले उनि सामान्य भै दे हुन्थो।

Wish me luck. And as always Sushma's number was great too.


 
Posted on 02-08-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops! Submitted twice.

Last edited: 08-Feb-08 02:06 PM

 
Posted on 02-08-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 08-Feb-08 02:08 PM

 
Posted on 02-08-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


very realistic !!

Great writing !!

Arko episode ko parkhai ma.

 

 

 

 
Posted on 02-08-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, एउटा दुइटा गर्दै कती पुग्ने हो कुन्नी? धेरै भे त कन्फ्युजन पो होला क्या रे।  बग्न चाइ सलल बगेको छ कथा। अरु भाग नै चाडै आए हुन्थ्यो।
 
Posted on 02-08-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग...........................................


कुनै अपराधि जस्तो झोक्राएर बसिरहें । रिमोट बटारिरहेको थिए । आमा चिया लिएर आउनु भयो ।

‘आफै कोहि हेरेको छस् भने खुरुक्क भन् , के नाटक गर्छस?’ शुरुमै पड्कनु भयो ।

‘छैन, कोहि पनि छैन ।“ मैले मधुरो स्वरमा छोटो उत्तर दिएं ।

‘के भनेर बात लाउँछस्, अर्काकि छोरीलाई । उता तेरि दिदि रिसाएर बम छे । के भन्छस उसलाई । आउँदिन रे अब देखि तेरो घरमा ।‘

‘बिचरिले साथीकि बहिनि भनेर, पक्का होला भन्दै कुरा मिलाएकि रहिछ । मुखै देखाउन नहुने बनायो भाइले भनेर चित्त दुखाएकि थिइं ।‘ आमा सुनाउँदै हुनुहुन्थ्यो । मलाई भने यो प्रसंग जति सक्यो छिटो बन्द गर्न मन थियो ।

‘आऽऽऽ, अब छोडिदिनु यो कुरा, म अहिले बिहे गर्दिन । अब मास्टर्स सकेपछि मात्र ।‘

‘कसले समातेको छ र?, तंलाई जे मन लाग्छ त्यहि गर ।

 हन, सुन कै चाहिएको होकि ? के हो’ आमा सुकाएका लुगा पट्याउँदै बोलि रहनु भयो । म ति कुरा सुन्दै गए । रिमोट बटार्दै गए । म संग बिकल्प थिएन ।

‘कति गतिलि केटि थिई, राम्रि उत्तिकै । बिचार मिल्दैन रे !!!!

के का बिचार मिल्न पर्यो । ‘

‘तै पनि त आमा’ अलिकति प्रतिवाद गर्न खोजेको थिए ।

‘स्वास्नि ले माया गरि हाल्छे, त कमाइ हाल्छस, के हो बिचार नि । हामीले कालो गोरो, बुढो तरुनो, केहि नहेरि बिहे गरियो । खुशी नै छौं, सुखी नै छौं । तैले के खोजेको होस, मैले बुझिन ।‘

मैले प्रतिवाद गर्न सकिन । उचित पनि लागेन । फेरि कमै मात्र उठने मेरी आमाको रिस को बेग धेरै हुन्छ ।

आमा लुगा पनि सबै नमिलाई त्यहां बाट हिड्नु भयो ।  म भने त्यसै के के सोच्दै सोफामा ढल्केर कुराहरु बुनिरहे । उधारि रहें ।

‘बिचार मिलेन, फेरि म भन्दा अग्लि रहिछ’ यि भन्दा अरु बाहाना मैले दिन सकिन, सुष्मालाई reject गर्न ।

आमा उग्र रिसाउनु भएको थियो । दिदी को त झन कुरै अर्को । हाम्रो मा अब नआउने रे । बुआले आफ्नो भाग बिहान नै भनेर हिड्नु भएको थियो ।

‘नाक निके को भागमा झुसिल्किरो पर्छ, कान्छा । साना तिना कुरा खोदल्दा जिन्दगि लडाउलास्, आगे तेरो विचार’ यति भनेर वुआ ४ दिन लाई बाहिर जानु भएको थियो । आमाको १०० वटा गालि भन्दा बुआको एकै भनाई ले मलाई चिमोटि रह्यो ।

यस्तै यस्तै कुरा मा रुमलिईरहें । त्यहि सोफामा निदाएंछु । त्यहि टिभि कोठामा । गहिरो गरि निदाएको नै त होईन, तर पनि झपक्क भएछुं ।

टिभि खुल्लै थियो । आमा कति बेला हो आउनु भयो ।

‘हेर त, आफ्नो खाटमा त सुत्नु’  बिस्तारै आफै सित गुन्गुनाउनु भयो । मैले आँखा खोलिन् ।

टिभि निभाउनु भयो । मेरो नजिकै आउनु भयो । अनि मेरो निधारमा हात राख्नु भयो । च्यादर ल्याएर ओडाईदिनु भयो । जाँदा मेरो चिया को गिलास बोकेर जानु भयो ।

यस पटक चाँहि म मज्जाले निदांए ।

 

भोलिपल्ट म अफिस बाट छिट्टै निस्के । के मन लाग्यो, असन पुगें । ईन्द्रचोकमा गएर  कालो दाल किने । यता उता हिड्दै लसुन, अदुआ, तेज पत्ता, मरिच , के के के के । यस्तै यस्तै कुराहरु । किन किने थाहा पनि छैन । यसो हेरेको पारि पट्टि को पसलमा चप्पलहरु रहेछन् । राम्रो लाग्यो । आमालाई लिईदिए ।

 

घर पुगेर आमालाई झोला दिए ।

‘अर्को हप्ता सत्यनारायणको पूजा लाउने भनेर आज मात्र गुरुजि संग सल्लाह गरेको थिंए । स्वस्ति शान्ति गर्नु पर्यो भनेर ।  कस्तो जानेर ल्याएछ सामान, म अब जानै परेन ।‘ आमा खुशी हुनुभयो । मलाई पनि हलुका भयो ।

 

खाजा संगै आमाले फेरि प्रस्ताव पस्कनु भयो ।

‘आमा, भयो यसपालि बिहे नगरौं । अर्को साल, मेरो पढाई पनि सकिन्छ ‘ मलाई मेरो दुलहि खोजिको संघर्षले धेरै थकाएको थियो । मैले टार्न खोजे ।

‘यहि एउटि मात्र, तलाई चित्त खाएन भने म केहि भन्दिन । त्यसपछि त जहिले भन्छस तहिले’

म चुप लागें । नाई पनि भन्न सकिन ।

‘दिदीले खोजेकि हो । उसका घरतिर कि केटि हो रे । नर्स।‘

निकै बेर चुपलागे पछि मैले भने ‘ ल आमा, तपाई र दिदी गएर हेर्नु, तपाई दुई जनालाई मन खायो भने, त्यहि केटि जिन्दाबाद । म केहि नभनि बिहे गर्छु । हुन्छ??’

‘बजिया’ यति भनेर आमाले मेरो टाउको मुसार्नु भयो । त्यो पल साह्रै मीठो थियो ।

आमा दिदि संग फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । म star movies मा अडिग भएर सोच्न थाले

‘जन्तिमा को को साथी हरु बोलाउने????’

यति नै।

meaninglessthinkings@somewhereondearth

 

 


 
Posted on 02-08-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La yes pali chai nachna payeni bhayo teso bhayo tapai ko bihe ma. Ane keti ko face pani bihe ko jagge ma nai herni ho ki kaya ho? Will be waiting for another story.
 
Posted on 02-08-08 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth-जी, HATS OFF TO YOU  MAN !!!

एकदमै शशक्त प्रश्तुति !  भन्छन् नि--घर घरकी कहानी----भने जस्तो। धेरै लेख्न शब्द नै छैन, मसँग।

Just two words--- SIMPLY AWESOME !!!

:-)

-भउते


 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters