[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 366375 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-16-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी-जीले मज्जाको बाल कथा सुनाउनु भएछ। हाँस्दा हाँस्दा हैरान। कमिला त माड उडिट्टिएर मर्यो रे ! सानो हुँदा मामु  ले सुनाउनु भा'को कथा याद आयो।

गौतम दाजु ! नमस्ते ! कोन्वान्वा ! रमैलो लाग्यो हजुरको कथा पढेर। मेरा बालसखा-सखी सम्झना भए। तिनेरुको नाम एउटा ध्वाँसे अर्को च्याउँसे अनि अर्की गुन्द्रुके थिए।

जदौ चौतारी !


 
Posted on 02-16-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो आझ त शनिबार पानी भिड लगेछ चौतारीमा। कथा नि आयी सकेछ, आफु उथ्नै ढिलो भो आझ त गाठे। कथा चै अब टाईम मिलार एक्छिनमा पढ्छु, आझ शनिबार यस्हो पानी ततार न्वयी ध्वयी गर्नु परो, अनी सिकार्कोनी ब्यबस्था गर्नु छ।
लु आहिले चै म लागे।

शनिबार शनिबार सानीस्चरबार 
शनिबार शनिबार सनिस्चरबार
सबको मायालु शनिबार।

जये चौतारी, एक्छिन्मा हजिर हुनेछु। 


 
Posted on 02-16-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 शनिबारे नमस्कार छ है यो चेलीका तर्फबाट सबै दाजुभाइ दिदीबहिनीहरुलाई

 


 
Posted on 02-16-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !
 
Posted on 02-16-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, दादा ब्रो, गोतामे दाई, भउते महाराज, हर्के दाई र चेलीलाई प्रभातकालिन जदौ
ए आज त चौतारी महोत्सव भएर होला आज सन्चर्बार् नि भिडभाड्?
आज फेरी एकपटक चौतारी का २-४ जाना अवतारीहरु सँग भेट्घाटको कार्जेक्रम छ हाम्रो त
ल रमाइलो गर्दै गरम
अन्तर्वाता, कथा निक्कै राम्रो गा' रइछ




 
Posted on 02-16-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" चौतारी महोत्सव " मा कार्जेक्रमचाहिं के के हुने नि???
 
Posted on 02-16-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्ते, तारेमाम, अस्लाम वालेकुम।

चौतारी १०० भागको उपलक्ष्यमा मेरो एउटा कबिता टाँस्दैछु।


"अनुरोध"।

एक हुल तुवाँलो मेरो माया बोकी तिमीलाइ भेट्न आँउदैछन्,
मेरो मुटुको गहिराइबाट न्यानो स्पर्श ल्याँउदैछन्,
कसैले नदेख्ने गरि तिमी मेरो मनलाइ लुकाउनु,
भोलि बिहानको सूर्य सङै एउटा सन्देश पठाउनु।

एक लहर हावा तिमीलाइ खोज्न आँउदैछन्,
मैले पठाको "शुभकामना" कोशेली तिमीलाइ दिनेछन्,
मायाले मेरो भावनालाइ तिमी भित्रै सजाउनु,
सूर्यको पहिलो किरणसङै मिठो चुम्बन पठाउनु।

एक बथान चरीहरु तिमीलाइ हेर्न आँउदैछन्,
मेरो मायाको चिट्ठी तिमीलाइ हातैमा दिनेछन्,
मैले लेखेका शब्दहरुलाइ तिमीले प्रेमले अङाल्नु,
बिहानको पहिलो घामसङै तिम्रो माया पठाउनु।

Last edited: 16-Feb-08 10:23 AM

 
Posted on 02-16-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, दादा ब्रो, गौतम दा, भउते, चेली, हर्क काका र रिट्ठेलाइ मेरो पनि नमस्ते।

अब के के कार्यक्रम छ रे चौतारीमा? म पनि  भ्याए भने बेला बेलामा हेर्नु पर्‍यो।

Last edited: 16-Feb-08 10:17 AM

 
Posted on 02-16-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नानी कार्यक्रम आँफै बनाउने हो, जे जे बनएनी हुन्छ, आहिले लाई चै चेली को गाउने कार्यक्रम बनाउ, लु चेली एउटा मिठो गीत जवोश।
 
Posted on 02-16-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भने कलिलो तामा लाई सोध आमा लाई लु चेलीको पाली लाई बाट एउटा गीत जावोश।
 
Posted on 02-16-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउँलेलाई मेरो धनुस्टन्कार namaste.
 
Posted on 02-16-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायद त्यो चर्को गर्मीको बेला चल्ने चीसो बतास होला, वा हिउदको ठन्डीमा लाग्ने न्यानो घाम होला,  चौतारीका नयाँ पुराना सबै साथीइहरुलाई त्यस्तै किसिमको एउटा सम्झना। अहिले नयाँ त धेरै नै भइसके, म छँदाका थिए दादा, भौते, गोतामे, बिर्खे, पुन्टे दाइ, दीप ब्रो, नमे, चित्रे, तितौरी, नेपे, सान्नानी, ठुल्नानी, मीस, आदी।
बिच बिचमा च्याउने त गर्या हो, तर हेर्दा हेर्दै १०० भाग पुगिसके' छ। हाम्ले हुर्कौंदा बेला बेलाँ खुब गाह्रो पर्थ्यो,   तर अहिले त १०० अंक जवान भैसक्या छ। जे होस, सबलै शुभकामना।
 
Last edited: 16-Feb-08 10:47 AM

 
Posted on 02-16-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है त मेरो यो गीत......


 
Posted on 02-16-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepchhe daju, Thanks hai. Sikaidinu bhako ma. Aba hajur mero Guru ni hunubho.


 
Posted on 02-16-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले दाजु भाई दिदी बहिनिहरुमा यो लालेको  तर्फट नमस्कार। नयाँ पुराना सबै दौतरी हरुलाई यो १०० औ भागको गरिमामय अबसरमा हार्दिक शुभकामना छ। मेरो सुरुवत तेस्रो भाग बाट (लौ त लौ)उप नाम ली' सुरु भ' को थियो भने तपाईंहरु को जस्तइ मेरो पनि 'लाले' उप नाम्ले पुनर्जन्म भएको हो। र, एस्को स्रेय हाम्रा पुराना साझा बासी मित्र श्री ५ लाई जान्छ। जे भएपनी, म आज्कल सकृय रुपमा यहाँ उपस्थित हुन सकेको छैन, तेस्को लागि छेमा चाहन्छु। तेसो हुँदाहुँदै पनि म चौतारीको कतै कुनामा बसेर हरेक दिन मिठा मिठा गफ गाफ भने छुटाएको चाँही छैन है। अब त वास्तवमै आदत्नै भईसक्यो। खैरे गुरु बौ देखी लिएर खैरे साथी भाई  समेत कुनै न कुनै रुपमा चौतारी सित पारीचित भईसकेका छन। आसा छ आउने दिन हरुमा म पनि तपाईंहरु जस्तइ सकृय सहभागीता जनाउन सक्ने छु।

लौ त, फेरी कुनै दिन तुच्च तुच्च पारम्लानी।


 
Posted on 02-16-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चेली नानी त्यस्तो रुने गीत सुन्नु हुन्न यहाँ त,  यहाँ त एस्तो गीत सुन्नु पर्छ जस्तै

चलेछ बतास सुस्तरी मनै सरर
भरोशा छैन जीवनको बिताउ हसेर।

लु तिम्रो पालो र बाट।


 
Posted on 02-16-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh hasne geet la hai ta!!

ratorani fule jhai saajh ma , timi fulyau kaleji maajha ma man ko rahara , tun tun

Kaanchhhi lai ghumaune kathmandu sahara.

Ra bata


 
Posted on 02-16-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! चौतारीयाँ त को को पुराना जिग्री-दोष्तहरु आइसकेचन्। हैन हउ साईँला, के छ खबर?  तिमी त हाउँरो कुटे-भैँसी बाली गा'का बर्ख मुग्लान भासिएका हौ के रे। अईले त कुटीको पाडी नि एउबेत ब्याइसक्यो। कुटीलाई त यै बर्खाँ खोर्‍याँतले लयो के रे।  चटक्कै मुयाँ मारेउ त हाउँरो ? त्यो छापाको चौतारा मुनि खोपी खेल्दाको ५ मोहोर अनि ९ खिल्ली देउराली चुरोट कहिले तिर्छौ त मलाई? अब जिम्मालले झैँ सावाँको ब्याज, ब्याजको स्याज अरेको भा अइले त्यो पाँच मोहोरको तिन-बिस रुपियाँ नागिसक्थ्यो, अन्खेरी ९ खिल्ली चुरोटको २०-२२ पाकेट पुगिसक्थ्यो होला। तिर्नी भनेसि' दाँत'ट पसिना चुआउनी गाँठे यो मुन्छेले। खै लेउ त्यै सावाँ भा' नि।

लाले-मामा,  क्या हो ! १२ बर्खाँ झुल्किँदा नि आउन बेर न जान बेर अर्नी।  महुत्सपाँ भान्जालाई टिका ला'र दख्खिना दिन पर्छ भनेर बतास्सिएको हो कि के हो?  अब त देशाँ लोउतन्त्र आयो भन्छन्, यो टिका-टालो भेना सालो सेतो कालो भन्नी कुरो जति हटाउन पर्छ भनेर भन्छन वाइसेलका मुन्छेहुरले। अब त छोराले बाउलाई मामाले भान्जालाई ढोउन नि नपर्नी बना'का छन्। हात मुठ्ठि कसेर गडप्प खुट्टा थेचार्दै "लाल सलाम कमरेड" भुन्नि रे सप्पैलाई। डराउनु पर्दैन। अँ साँच्छी त्यो तुच्च तुच्च चैँ पैले पैले पार्न पाईँदैन भन्थे  र हामी डराएर बाख्राका खोराँ लुकेर तुच्च तुच्च पारिन्थ्यो के रे। अचेल त तिनैलाई धेरै चाइनी भा'छ। मजा'ले चौतारी मै बसेर लडाइन्छ।

चेली-जीलाई चौतारीआँ स्वाअत अरेँ है। हुन त एउ से एक हाताँ फूलमाला लिएर बस्छम के रे यहाँ त, नयाँ मुन्छेलाई स्वाअत हर्न। हउलाई नि गाम्लेहुरले स्वाअत अरिसके होलान के रे। अस्तेरु पल्ला गाममा शिलोक हाल्नु भा' रे'छ। आफूलाई दोहोरी भने 'सि गीत होस कि शिलोक/कइता होस् जे मा पनि खेल्न मुन लाउनी। फिरी नचिनेको मुन्छे सअँ दोहोरी खेल्ल नि अलि डरै लाउँच के। पैला पैला त सप्पैले चईँनी भक्कु चप्पल अनि हात्तिछाप चप्पल जस्ता नरम चप्पल लाउँथेँ, त्यै भे'र त्यति डर लाउँदैन थ्यो। अचेल त केटीहुरले चप्पल नि तरुल खन्नि खन्ति जस्तो चुच्चो परेको लाउन थाले। प्वाक्क क्यै बोलो कि फ्वाक्क गालामा खाल्टो पर्छ कि भनेर साह्रै जो डर लाउँच।


 
Posted on 02-16-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो भाले क्वयिन क्वयिन सुत्केरिलाई ख्वयिन सुत्केरिको नाम गारी टाउको मैले खाए
होइन मैले धातेको सते सत्ते धरो धर्म झुथो कुर छैन गरेको।।

क बाट


 
च्याँङवा
Posted on 02-16-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हार्गे लु सुन का बारा गीत

कारसे निकाल्दे हि
कुच तुरा चाल्दे हि
रास्देमे उस्का कार

काल सुभा देका तु
बाल बानाति वु
खिर्किमे आइ नाचार.....

आइना कास्दु हो यो साताकांका बानेकु? के कार्नि हो यास्मा? मोलाई ता तोङ्बा खाना आउजा आनि डाम्फु बाजारा नाज्ना आउजा। म्हेरो लोल खाछार, च्यांग्रा, भेडा साप्पाइलाई लु नाच बान्जा होइ मोइले आबो......

आनि या चाउदारीमा आर्कु पोनि चाम्लिङ आयु रे बान्ने हाल्ल सुनेकु थियु मोइले....... को राइजा बानेरा हेरेकु ता हाम्राइ गाउदिराकु चेलि पो राइजा हो........ कास्दु खुसि लागु आज मोलाइ तेसाइले आज बिआनै बारा हाम्ले तोङ्बा काने बिचार कारेकु छा। बारु यो हार्गे, बाउदे ले नि खान्जा होला तोङ्बा। हार्गेले रातु बाले लेरा आइकु राइजा, लु काट काट हार्गे।

आनि साप्पै मुन्जे आरा बासेकु राइजा..... मोलाइ ता काद्दिले चिन्दाइना होला,......मो ताला जारेकु थियु लेकतिरा हिउं पारेरा रा आलि दिन आउन पाएना। लु मोइले यो लोललाई नामास्दे गार ता बान्जा होइ, यो पोनि चाउदारीमा आउजा बान्जा के। त्यो मोइच्याङ यादाई आरा हल्ला कार्दाई हुन्जा काइले काइ आनि म्हेरो खाच्चार यादाइ आउजा बान्जा...... तेल्लाइ मोइ काना मान लाग्चा बान्चा मोलाइ काराउजा.......

बोरु साप्पाइ आइचा म्हेरो मोइच्याङ आइना, कादा गायु होला? देख्यु बाने बान होइ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters