[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 292699 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-08-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


shhhhhhhhh fuuuuuuuuuuu la ready bhayo tin jaana lai pugchha lu ek doj chai birkhelai..

hana yo gamchha chai timilai dina mildaina pohor saal mange sanrantima sasura budale

jwain lai nikkai jado hunchha bhanera deka.. budile dekhi bhane marchhe.

feri timro liyshi dine chalan chhaina.. lu baaru surti khau..

 
Posted on 02-08-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्तो कुरो अर्या हर्के? अब तिउँरो ससुरा त कप्तान, कप्तानलाई जाबो एउडा गम्छाको के को खाँचो! उस्तै परे ज्वाईँलाई सुनै सुनले पुर्न सक्ने ताकत छ भनेर गाममा भन्थे रे बुडा! लु जे भ नि, ससुरालीको नासो रेछ क्यार्न धुलो मैलो पार्नु, बरु आफ्नै धोति ओछ्छया'र बस्नु पर्ला!  बरु कोइ नानीहरु चौतारीतिर उकालो लाए भने भनिहाल है, म त लाजले मरिसिद्दिन्छु फेरि!
 
Posted on 02-08-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि बुढाहरु केको सुर्ती माड्न तिर लागेका हुन।
बलवान छप खैनी चाडै छ नि।
बरु यि लिनुस् सबैजन।

यो खैनी खाएपछी यो उमेर सम्म बिहे नभएका हरुलाई पनि केटीहरुले हेर्न थालछन के।


 
Posted on 02-08-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई को हात त कती रातो हो,
तेती जाबो खैनी माडेर को को खाने बिचरा छ?

 
Posted on 02-08-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले त्यो खैनी त ओस्या जस्तो छ यार, अर्को छैन भन्या?
टक्क सँग ले च्यापे पछी रमरम पनि पारेन भने के हात लाई दु:ख दी रहनु भन्या


 
Posted on 02-08-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सुर्ती त हर्के दाई ले माडिरा हो रिठ्ठे पाट।

मैले त बलवान छाप खैनी खाने भन्या हो।


 
Posted on 02-08-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chi chi chi khainiko kuraa po bhairaako raicha. ma ta khaadaani khaadina testo kuraa bujhdaani bujhdina :P

 
Posted on 02-08-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजिया हरु ले खैनी माड्न थालेचन मलाई नि तल तल लागेर आयो,

ए हर्के लु लु अर्को एउटा नि बनाउ त

माड्वा नि खुब खाइयो, बल्वान नि खुब खाइयो जमानामा त गर्मी मा छ् मैना खैनी जाडो मा छ् मैना
चुरोट खाइन्थ्यो, एक छोड्न कोशीस गर्‍यो अर्को खानु पर्ने,

बल्ल तल्ल लत छुट्या छ्


तर रम रम गर्ने गरी मोलुवा खान को रमाइलो अर्कै छ्|


 
Posted on 02-08-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए ठुलि खोइ तिम्रो नाकमा फुली?
तरकारी बेच्दै हो? सरकारी जागिर खाँदै हो?


 
Posted on 02-08-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe mero fuli timle choreko haina asti.

 
Posted on 02-08-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट मोर्निङ्! 
लु उठियो, के भैरा'छ गाम्लेहरू हो?

कहिले ५ बज्ला र हाइसञ्चो होला जस्तो भैरा'छ मलाइ!
 
Posted on 02-08-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनी मात्रै राम्री लाग्छ,
उनी मात्रै जाती
लौ न म त एकोहोरो
हुनपुगे साथी   

के छ हो पातकिहरु,
यो ठुलि ले पनि कती काम गर्नु परेको हरे
बिचरा च्वो च्वो च्वो,

म त यो भन्छु कि, ठुलि ले एसरी नै दिनदिनै काम पाउने र गर्ने हो भने
दाइतिङ नै गर्नु पर्दैन, के कसो ठुलि 


 
Posted on 02-08-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बल्ल फुर्सद मिल्यो, भिड्ने भए भिड्ने। कोइ छ???????????????????

 
Posted on 02-08-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो कथाको राजकुमार मै तिम्रो लागि
तिम्रो साथ पये भने उड्छु बादल माथि
भरी आउछ तिम्रै मायाले मेरो यो छाती
जसरी नि पाइहाल्छु पञ्चकन्या भाकी


 
Posted on 02-08-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार! हाम्रा चौतारीका साथिहरलाई के चाहियो, तिनापने तुइँक्याउने अर्को सुनौलो अवसर!
कति मासु खानु, कहिलेकाहिँ दिक्क लाग्दो हो! ल आउनुहोस आज आलुको सितन बनाउने तरिका!


आलुको सितन नं१ (हाम्रो आफ्नै ह्यास ब्राउन)-


सामाग्री-
१) ५-६ वटा मध्यम साइजको आलु
२)तेल
३)नून र जिरा अनि रातो खुर्सानीको धुलो
४)एउटा फ्राइ गर्ने मिल्ने ताप्के...ताप्के क्या त..बुझिएन? प्यान भन्या के!

बिधी-
१) आलुलाई सकेसम्म पातलो र मसिनो गरेर काट्नुहोस।
२)ताप्केमा तेल तताउनुहोस ( मजाले हाल्नुहोस आजै हर्टअट्याक हुँदैन)
३)तातेको तेलमा जिरा फुराउनुहोस र जिरा पड्किन थालेपछि आलुको भुजुरी (अगि सानो पारेर काट्या हैन?) हाल्नुहोस, नून छर्कनुहोस र छिटो छिटो चलाउनुहोस। चलाको चलायै गर्नुहोस कतै रातो हुन्छ पल्टाउँदै चलाउनुहोस, कतै साह्रो हुन्छ धेरै पाकेर, तर  बाल मतलब चला भन्या छ भनेर चलाउँदै जानुहोस तर धेरै डढ्न भने नदिनुहोस। एकछिन पछि मजाले पाक्छ। खुर्सानिको धुलो छर्कनुहोस र ताजा कागती निचोरेर हाल्नुहोस।
४) तिनपाने चिरिप्प पार्नुहोस र हाम्रो आफ्नै पाराको ह्यास ब्राउनको सितन खानुहोस

 

आलुको सितन नं२ (हाम्रो आफ्नै दामि आलु)-

सामाग्री-
१) ६-७ वटा मध्यम साइजको आलु
२) आधा प्याज
३) ३ पोटी लसुन
४)एउटा टुक्रो अदुवा जे पर्ला पर्ला
५) अलिकता जीरा,जिराको धुलो, धनियाको धुलो र मरिचको धुलो
६) नुन ठिक्क, रातो खुर्सानि ५-६ वटा वा दिक्क नलागुन्जेल
७) तेल अलिकता
८) एउटा गहिरो भाँडो र एउटा  ताप्के

बिधी-
१) गहिरो भाँडोमा आलु उसिन्नोस, बोक्रा छोडाउनुहोस र ठिक्कको टुक्रामा काट्नुहोस
२)प्याज मसिनो गरेर काट्नुहोस, लसुन र अदुवा पिस्नुहोस
३) ताप्केमा तेल तताउनुहोस,जिरा हाल्नुहोस र लगत्तै रातो खुर्सानि हाल्नुहोस, प्याज भुट्नुहोस रातो रातो भएपछि पिसेको लसुन र अदुवा हालेर एकछिन छलाउनुहोस।छलाउनुहोस हैन चलाउनुहोस स्पेलिङ बिग्रेछ।(मन लागे बेसार नि हाल्नुहोस)
४)नून हाल्नुहोस लगत्तै आलु हालेर सट सट चलाउनुहोस, मसला सबै आलुमा लागेपछि र आलु तातो तातो भएपछि झिक्नुहोस, धेरे नचलाउनुहोस नि फेरि आलु फाँडिन्छ!
५) एक टुक्रा क्वाप्प मुखमा हाल्नुहोस आज बाह्र बर्षमा आफैँले पकाएकोमा गजक्क पर्नुहोस।
६) तिनापने सुरुप्प पार्दै कहिले आलुको टुक्रा मुखमा हाल्नुहोस त कहिले त्यसैमा भएको रातो खुर्सानि किटिक्क टोक्नुहोस।

आलुको सितन नं.......धुत् धेरै आलु खानु हुन्न!


 
Posted on 02-08-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास् कन्जरभेसन अफ आलु थेउरी।


यो मर्त्यलोकमा जन्मिने हरेक मानव तथा दानवहरुले बराबर मात्रामा आलु खन्छन्। जस्ले घरमा वनमा जति मात्रमा आलु खान्छ, त्यसले त्यति नै कम मात्रामा जाँचमा आलु खान्छ। तसर्थ भात संग आलु खानुस्, जाँचमा आलु खानबाट अनि लात खानबाट बच्नु होस्।


 
Posted on 02-08-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार! हाम्रा चौतारीका साथिहरलाई के चाहियो, कोक तुइँक्याउने अर्को सुनौलो अवसर!
कति रउसी खानु, कहिलेकाहिँ दिक्क लाग्दो हो! ल आउनुहोस आज माथि भनिएको आलुको सितन सँग मज्जाले कोक तन्काउनुस् अनि साइ‍-भजन गाउनुहोस् र परत्र सुधार्नुहोस् !


 
Posted on 02-08-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलु माहात्म्य को चर्चा परिचर्चा भाई रा रहेछ। यो भोकको बेला यसरी आलु तारेको र आलु उसेनेको कुरा गरेर अन्याय गर्नु भएन है। लु म हिंडे घरमा आलु र मो मो उसिन्न भनेको छु, कतिबेला पुगुम भा छ।
 
Posted on 02-08-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त बनाउने भये घर गएर आलुको सितन
यि प्रिन्ट गरेर लग्या छु जिम्माल बा को रेसिपी, धन्यवाद जिम्माल बा


 
Posted on 02-08-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थुइक्क! प्रिन्ट त भयो तर उ माथि तिरु को चौतारी देखी लिएर सुन्तले ले टास्या सुर्ती माड्या फोटो सम्म सबै प्रिन्ट भएछ हेत्तेरिका
लु ठिकै छ
ल सबैको सप्तान्त राम्रो होस्
केही मिठो बात गर, साँझ तेसै ढल्दैछ

भरै फेरी झ्याप भएर आउनु त छदैछ नि



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters