[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 236606 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-18-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है, सबै मा। आज त अली हल्ला खल्ला कम् रहेको मानेछु मैले। झगदिया दुबै पार्टि बेपत्ता छन् क्या रे, आफुलाई त है सन्चो।
 
Posted on 04-18-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात् ! सबै गाम्लेहरुलाई

पुन्टे दा थाङ्कु फर द सङ्ग
 
Posted on 04-18-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, यो सानो मान्छेको सानो मगजले त के जानुम्? हिजो आफु नभा' बेला पारि कुम्ले चतुरले फेरि के के जाति निवेदन हालेछन्, बरु चित्रे सोझो ले पो ल्याएर मुलाई देखाइदिए। औधी बेश केटो हो चित्रे नि। राहुलदाई नियेधिसको नि निको चाला त लाएन के रे, मु त गएं सिधै माउबादीको जन सरकार काँ उजुरी हाल्न। कामरेडहुरले सबै कुरा बुझे के रे, अनि हेऽऽऽऽऽऽऽऽऽरि यो पत्र नियेधिस राहुलदाई लाई लएर दिनु भने। के जानुम्, के लेखेचन्, गाम्लेहुर सबैले हेर:

*****************************************

जन सरकार क्षेत्रिय प्रशासन
साझाल्यान्ड

मिति: ४ बैशाख, २०६४; तदअनुसार, १७ अप्रिल, २००७

बिषय: श्री पुन्टे vs पराधीन कुम्ले

न्याधिश श्री राहुलदाई,

लाल सलाम!

माथि उल्लेखित मितिका दिन, अपरान्ह ३ बजे, श्री पुन्टे हाम्रो कार्यालयमा उपस्थित भई साझा चौतारीमा घोर अन्याय हुन थालेको उजुरी हाल्नु भई, सच्चा न्यान निसाफको माग राख्नु भएको कुरा अवगत गराउन चाहन्छौं।

साझा चौतारीको न्याय सम्बन्धि जिम्मेवारी पूर्ण रुपले तपाईं कै भएको, र तपाईंको अन्तिम फैसला नआउन्जेल माथि उल्लेखित बिषयको सरोकार तपाईं नै रहनु हुने कुरामा हाम्रो कुनै दावा नरहेको कुरा पनि अवगत गराउन चाहन्छौं।

तर,

कुम्ले नामक चतुरले पछिल्लो पटक पेश गरेका निवेदन आपत्तिजनक र बिरोधास्पद देखिएको हुँदा, उक्त निवेदनलाई तपाईंको अदालती मुद्दामा समावेश गर्न नमिल्ने, र गराईएमा तपाईं माथि पनि कारवाही गर्न हाम्रो प्रशासन बाध्य हुने कुरा पनि जानकारी होस्।

सम्पूर्ण नेपाल राष्टृ नै गणतन्त्र उन्मुख भई प्रगतिशील पथमा लागि रहेका बेला, धृणात्मक सामन्तवादी , दासिन भाषा र शैलीमा लेखिएको उक्त निवेदन मुद्दामा समावेश गर्न लायकको त नहुँदो हो नै,

त्यस निवेदनको भाषा र शैली हेर्दा, श्री पुन्टे माथि सामन्तवादी मण्डलेहरुको षडयन्त्र आई लागेको कुरा हाम्रो बुझाईमा परेको छ।

उल्लेखित बुंदाहरुलाई ध्यानमा राखि श्री पुन्टे र कुम्लेको मुद्दामा सहि फैसला नआएको देखिएमा, सामन्ती पराधीन कुम्ले लगायत तपाईं माथि पनि कडा कारवाही गर्न बाध्य हुने हाम्रो प्रशासनको निर्णय बुझिलिनु होला।

साँची कै सोझो हुँ भनि दावा गर्ने सामन्ती कुम्लेको ज्यान नै बङ्ग्याउने क्षमता हाम्रा ईमान्दार काद्रेहरुमा रहेको कुरा यहाँलाई सम्झाई राख्नु नपर्ला।

साझाल्यान्ड एरिया कमान्डर,
कामरेड बेताल
(ढाँयं ढाँयं, ढिंच्याऊँ)
 
Posted on 04-18-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि मलाई सञ्चै छ। अनी तिमीलाई नि?
रहुल् दाई दर्शन।
 
Posted on 04-18-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई चईनी हिजो काममा जानि बेलाँ मुद्दा हालेर यतै अल्झाई दिए के रे। तेस्को क्षतिपूर्ति करिबन अमेरिकी डलर २००/- पनि कि त कुम्लेले, कि राहुदाईले दिन परो। नत्र फिरी जान्छु म त माउबादी भाईलाई गुहार्न!
 
Posted on 04-18-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonteeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee daiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
 
Posted on 04-18-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

grrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr >:-x
 
Posted on 04-18-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, नसकिने भो--

सामन्तवादी मण्डलेहरुको षडयन्त्र पीडित श्री पुन्टे दाइ लाई धनुष्टँकार नमस्कार!!

ठुली मलाइ नि सञ्चै छ, चिया पिया हो? हिजो भ्वाइसमेल चेक गर्यो त? सम्झाइदेको मात्रै :-)
 
Posted on 04-18-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दादु ssssssssssssssssssssssssssss
लौन चौतारीमा माओवादी किन घुसाको? थर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ काम्दै
 
Posted on 04-18-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो नामको फर्जी चिठ्ठि देखाम्ने को परो??
तेस्को पुरा विवरण याँ पाम त!! तेल्लाइ याँट ठिक पार्न एक दुइ जना क्याडर नि ठिक पार्या छु !! झट्टै बिस्त्रित विवरण पाम कमरेडहरु!!
अरु जम्मैलाइ लाल सलाम!!
 
Posted on 04-18-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हाम्रो गाम् मा नि माओवादी चिरे छ। लौन के गेर्ने होला
 
Posted on 04-18-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली, पूण्टेदा, दुर्गेस् , हरि।
पूण्टे दा ले त धर्म् शंकट् मा पो पार्नु भयो बा>>>>>>।
यता पूण्टेदा माओवादीको उजुर् हालेर कार्यबाही गर्ने भनेर् धंक्याउने अर्को तिर् कुम्ले ले स्तुती गाउने। हे प्रभु!!!!!!!!! अब के गर्ने होला।
 
Posted on 04-18-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या! कामरेडको नि भरोसा भएन अब? यो बृद्ध माथि के आई लाग्या हो, हे भगवान! चारैतिराऽट पेलिन थालिम्। न्याय खोज्न काँ जानि अब? बरु, हाम्रै धोबिनीले ठीक पार्लान् सबलाई। भड्डु चेप्नि सनासोले गर्धन चेपि दिन्छे सबको!

माई वासर वुमान्स् रेड पटिकोट छीथ ह्यामर एन्ड सिकल दिसाईन्स प्रोमिस्!

क्यार्नि त नि, सान्नानी! कुम्लेको पछिल्लो निवेदनको भाषा र शैली हेर्दा सामन्तीहरु के षडयन्त्र जस्तो लायो के रे, अनि त लागिम् नि मावबादीलाई गुहार्न!

नपत्त्याए, हेरुम् के कुम्ले को पछिल्लो निवेदन को प्रतिलिपी:

"हे राहुल दाई!

तपाईँ कस्तो मान्छे भने, जे देख्यो त्यो भन्ने, जे सहि हो त्यो बोल्ने, न कहिले भ्रष्टचारीको पछि लाग्नु भयो, न कहिले अत्याचारीको अघि अघि भाग्नु भयो। जन्मे देखि अहिले सम्म तपाईँको मुखबाट सत्य बाहेक केहि नि निस्केको छैन, तपाईँले जे बोल्नुभयो त्यो सधैँ हामी जस्ता सोझा, केहि नयाँ सिक्न लालायित बालखहरुको लागि कहिले भुल्न नहुने महाबाणी बन्यो, यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ!!

हे चिलिम ग्रहणकर्ता, हे गजलबाचक, हे सत्यबादी पुरूष, आज तपाईँले भन्नु भएका केहि सत्यकुराहरुलाई यहाँ चौतारीका केहि छट्टु, धुर्त ब्यक्तीहरुले गलत हो भनी तपाईँलाई देवता जस्तो गरेर पुज्ने हामी जस्ता हजारौँ सोझा भक्तजनहरुको मात्र होइन, तपाईँको पनि खिल्ली उढाएको कुरा यहाँ निवेदन गर्न चाहन्छौँ।

हे ख्वामित, आज फेरि यहाँ आफ्नो त्यहि पुरानो पराक्रम, त्यहि पुरानो कला देखाएर ति पापिस्टहरुको आरोपको खन्डन गरी यो धर्तीलाई पुन: स्वर्ग द्वारी बाटिकाको रुपमा उभ्याई हामी जस्ता हजारौँ अनाथहरुको कल्याण गरिदिनुपर्यो!!

हजुरलाई फेरी कोटी कोटी नमस्ते टक्र्याउदछौँ।

प्रभुको लिला अपरम्पार छ। हाम्रो मनको कुरो बुझ्न केहि समय लाग्दैन। पापिष्टहरुको नाश गर्न पर्यो प्रभु!! हाम्रो कल्याण गर्नपर्यो प्रभु!!

प्रभुको जो आदेश!!

:-)"
 
Posted on 04-18-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै यो प्रतिलिपीमा सक्कल बमोजिम नक्कल ठीक छ भनेर राजपत्राङ्कित अधिकृतको सहीछाप नै छैन भनेर गाम्लेहरुले नमान्लान नि फेरी।

कामरेड बेताल कता चौतारीमै घुस्देको नि फेरी, मान्छे हेर्दा त परार मेरो साईकिल उछिट्याको जस्तो लाग्छ, कैले फिर्ता दिने हो कामरेड?? कि म पनि पुलिस बोलाम्न जाम?

:-)
 
Posted on 04-18-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय चौतारीबासी साथीहरु !

नयाँ नेपाल निर्माणमा (गणतन्त्र नेपाल) जुटेको समयमा वा यस्तो तरल समयमा बिशेषत बिदेशि शक्तिहरु र निरङ्कुस तन्त्रले पनि चलखेल गर्ने मौका पाउने छ भन्ने हामिलाइ लागेको छ । यसको ज्वलन्त उधाहरण तपाइ चौतारी बासी साथीहरुले पनि हालैका दिनमा बिकशित घटना क्रमले तेस्को अनुभव गर्नु भयो होला भन्ने हामीलाइ लागेको छ ।

मैले यहा भन्न खोजेको कुरो के हो भने, निज पुन्टे भन्ने चौतारी को पुरानो बासिन्दा हाम्रो पार्टी कार्यालयमाय आएर आफ्ना समस्याहरु ब्यक्त गरेका थिए ।

उनको कुरो बुझ्दै जाँदा हामीले थाहा पायौ कि त्यो मुध्दा संमाननिय चौतारी अदालतका संमाननिय न्यायमुर्ती श्री राहुल जि बाट छिनोफानो हुने निर्णय भएको रहेछ । हामी संमाननिय आदालतको निर्णयलाइ पालना गर्ने कुरामा अझै पनि दिर्ण छौ ।
यसै सम्बन्दमा निज पुन्टे भन्ने (............) ले संमाननिय चौतारी समक्ष्य हामी सङ्ग भएका कुरालाइ बङ्ग्याएर ब्यक्त गरेकोमा हामीलाइ खेद छ । हामी अझै पनि तपाइहरुलाइ के निबेदन गर्न चाहन्छौ भने आठ पार्टीको सरकार बनेको र त्यसले गर्ने हरेक निर्णयमा हाम्रो पनि प्रतक्ष्य वा अप्रतक्ष्य सहभागिता देखिने भएकोले हामी संमाननिय चौतारी अदालतले गरेको निर्णयलाइ सहर्स स्विकार गर्दछौ । हामीले हतियार बिसाएर सरकारमा सामेल भएदेखिनै भन्दै आएका छौ की हाम्रा हतियार हरु धेरै खोला ले बगाएको र बाँकि पनि अनमिनले ल्याएको कन्टेनरंमा राखेको बाहना गर्नु परेको अबस्थामा हतियारको राजनिति पनि समाप्त भएको घोसणा गर्दछौ । निज पुण्टे ले ब्यक्त गरेझै हामी अबका दिनमा कसै प्रति पनि भौतिक कार्बाहिमा उत्रिने छैनौ । यस्ता किसिमका बजारिया हल्ला हरुले संमाननिय अदालतको निर्णयलाइ कुनै पनि असर नपरोस् भन्ने हाम्रो चाहना छ ।


लालसलाम !!

........
प्रचण्ड

(पुनश्च: युनिकोडमा देखिन आएको समस्याले गर्दा समयमा बक्तब्य प्रेसित गर्न नपाएको मा हामीलाइ खेद छ ।)
 
Posted on 04-18-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामरेड हरितालिके ज्यु लाइ कुरो खुलस्त बनाम है!! त्यो साइकल हराम्नुमा राजाबादिको हात हुनु पर्छ!!यसबारेमा हाम्रो तर्फबाट छानबिन हुने नै छ र केहि भे न भने नेपाल बन्द गराम्ने नै छौ!! धुक्क हुनु भे हुन्छ कमरेड!!
पुन्टे कामरेड यो कु्म्ले सामन्ती को परेछ! चिठ्ठिमा साम्राज्यबाद घुसेको रैछ, यसलाइ प्रचन्दपथ ला र ठिक पार्नु पर्छ! तर त्यो तपाइको फर्जी चिठ्ठिलाइ नि कार्बाहि चाहि हुनु पर्छ!! तेसमा नि नयाँ नेपाललाइ खतरा हुने षडयन्त्र देखा परेको छ!!
लाल सलाम!!
 
Posted on 04-18-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ कामरेड प्रचण्ड, मेरो साइकिल कैले दिने हो? कि पुलिस ले गाडि लग्दियो भनेर अब साइकल चाईन्छ भनेर अझै बहाना बनाउने हो??
 
Posted on 04-18-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा , हि हि हि हि , हु हु हु हु , हे हे हे हे

मार्ने भए गाम्लेहरले हँसाएर ।

लु माउवादि नि छिरे, कुमलवा अझै देखियाछैन, कता आफ्नु गामतिर गएर फोरम सोरम तिर सरसल्लाह गर्दै हो कि ।

लु लु म बेला बेला चिहाउन आम्ला के रे ।
 
Posted on 04-18-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई, आफैँ खाल्डो खनिङ आफैँ खाल्डो भित्र फसिङ। खुच्चिङ!! आई अल्वेज सेइङ कि आई सोझो कुम्ले भइङ। पून्टे दाई अल्वेज बाङो भइङ एन्ड बाङो लाई मात्रै सोझो देखिङ...

आई त राहुल दाईलाई जे सहि भइङ त्यहि अन्ली भनिङ भनेर निवेदन पुटिङ-- पून्टेदाई त माउबादी'ज कोर्ट अल्सो नकिङ नकिङ!

नाउ सबै गाम्ले नोइङ आई कत्ति धेरै सोझो होइङ भनेर!

ओह गड! योर डोर लेट भइङ बट डार्क नेभर भइङ!

जदौ! डुइङ दिस सोझो कुम्ले टु अल चौतारी'ज भिलेजर्स!

:-)
 
Posted on 04-18-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जजसलाइ मान पर्छ बाडिचुडि खाम है

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters