[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 208295 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-28-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वप्रथम त,
गुट नोइट! (हिजो राति भन्न बिर्सेकोले आज भन्देको!)

त्यसपछि,
नमस्ते गाम्लेहरू!
के छ हालखबर?
पून्टेदाइ, सुन्तले, सान्नानी, मिस दिदी, रिठ्ठे, कुम्ले, चिप्ले, दीप ज्यो सबैलाइ जदौ!

हे हे! मेरो जासूसी त मिलेछ हिजो!
अनि फोटू पनि टाँसम् न रिठ्ठे, पून्टेदाइ!

रिठ्ठे पिठ्ठे, कतिवटा म:म: खायौ हिजो?
 
Posted on 09-28-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज राहुलदाइ कता जानुभयो?
ठूली नि तरकारि बेच्न ब्यस्त जस्तो छ, आज त लास्ट डे हो क्यारे!
 
Posted on 09-28-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म खायियो गोडा ४० एक (आधा त पुग्यो होला तेत्तिको)
अब फोटु पुनी टास्ने हो, दसैंको मौका पारेर ट्याक्क सँग, तो के जाती पिर्मियर बनाम्न खोज्या क्या
 
Posted on 09-28-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाम्रो पर्सान्त भाई त काठमाडौं आँ छन रे। त्याहा को पुर्गुराम को विडिओ भेटिदैन कतै?

पर्मोसन गरेरे निस्पिट्टर साप पनि बनाइदिएछ पर्सान्त लाई, लु राउरो भो
 
Posted on 09-28-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गए सबै?
 
Posted on 09-28-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुकिरा'छन्!
 
Posted on 09-28-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि यसरी
 
Posted on 09-28-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीका चल्तापूर्जा सदस्यहरू धेरैजना गायब हुनुहुन्छ। त्यसैले अलि शून्यता छाएको छ। यसबाट केही राहत प्राप्त गर्न म मेरो यौटा पुरानो स्वस्थानी कथा राखिदिन्छु। नयाँ लेख्न त ट्याम पनि छैन, जाँगर नि छैन।यो कथा पढिसक्नु भएको भए माफ पाम्। कथा हाम्रै आदरणीय जिम्माल बाको बारेमा हो!

स्वास्थानी कथा

कुमारजी आज्ञा गर्नुहुन्छ,’हे अगस्त्य मूनि! आज म तिमीलाइ सोह्र वर्षकी जिम्माल्नीको साठी वर्षका जिम्माल बूढासँग कसरी विवाह भयो, कस्तो अवस्थामा उनी परदेशतिर लाग्नु पर्यो भन्ने सारा वृत्तान्त सुनाउँछु, हात खुट्टाको नङ् काटी, पाँच डलरलाइ सिक्कामा साटी, एक चित्त भई, संजय दत्तलाई संझी सुन।

एकदिन महादेवलाइ कैलाश पर्वतमा बसेर गाँजा तान्दा तान्दा नैराश्य लाग्न थाल्यो र मर्त्यलोकमा कुनै रमाइलो गर्ने र गाँजा चरेस पनि मज्जाले तान्न पाइने स्थान छ कि भनी ध्यान दृष्टीले हेर्दा भए। समुन्द्र भन्दा पनि मुनि रहेको हल्ला ल्याण्ड(हल्याण्ड) भन्ने मुलुकको यामस्टरड्याम(एमस्टर्ड्याम) नगरीमा सूरा सुन्दरी, गाँजा चरेस, जे चाह्यो मज्जाले पाउन सकिने कुरा थाहा पाएपछि कुनै विलम्व नगरी सीधै यामस्टर्ड्याममा ड्याम्म हामफाल्नु भयो। जताततै रमणीय नहरहरू, स्वर्गका अप्सरा भन्दा पनि सुन्दर युवतीहरू देखेर महादेव हेरेको हेर्यै हुनु भयो। घुम्दा घुम्दै महादेवलाइ गाँजाको तलतल लाग्न थाल्यो र यौटा पसलमा छिरेर किन्न लाग्नुभयो। तर आफूसँग कमण्डलुमा दुइ युरोको सिक्का मात्र भएकोले महँगो गाँजा किन्न असंभव भयो।

के गरूँ कसो गरूँ भनी सोच्दा सोच्दै महादेवलाइ यौटा आइडिया आयो, र भिक्षा माग्नको लागि त्यही दुई युरोले एक घण्टा समयको लागि टिकट किनेर ईन्टर्नेट क्याफेभित्र छिर्दा भए। यता उता माग्दा पनि कसैबाट भिक्षा पाउन नसकेपछि अन्तिम १५ मिनेट बाँकि हुँदा एकजना १४ वर्षकी किशोरीलाइ हाहू च्या(yahoo chat) मा भेट्टाए। ती किशोरी नयाँ याकू(न्यू योर्क) शहरमा बस्थिन्।

महादेवले लेख्नुभयो – ‘हे किशोरी, मलाइ गाँजा खानको लागि सय युरोको आवश्यकता परेको छ, भिक्षा देऊ।

किशोरीले भनिन् – ‘हे महादेव, मसँग अहिले पैसा छैन, मेरो नाममा क्रेडिट कार्ड, पे-पाल केही छैन। मेरा आमा बुबा डिस्कोमा जानु भा’छ। उँहाहरू फर्केपछि बैंक टान्स्फर गरिदिम्ला।‘

महादेवले फेरी भने ‍- ‘हे किशोरी, मेरो टिकटको ट्याम सकिन लाग्यो, तेरा बुबा आमा फर्कियुन्जेल त म ईन्टर्नेट पनि चलाउन पाउँदिनँ। अनि गाँजाको तलतलले म बेहोस् हुनेछु। दिने भए अहिल्यै दे, हैन भने म तँलाइ श्राप दिन्छु।‘

यो सुनी किशोरी आत्तिंदै भन्न लागिन् – ‘हे महादेव, देवताका पनि देवता, मलाइ श्राप नदिनुहोस्, म बच्चीसँग दिनको लागि केही छैन। एकछिन धैर्य गर्नुहोस्।’

महादेवले कम्पुटरमा हेर्दा दुइ मिनेटमात्र समय बचेको थियो, यो देखी रिसाएर महादेवले श्राप दिन थाल्नुभो – ‘हे पापिष्ठ किशोरी, तैंले मलाइ भिक्षा पनि दिइनस्, भएको दुइ युरो पनि त्यतिकै नाश गराइदिइस्। अब म तँलाइ श्राप दिन्छु, तँ सोह्र वर्षकी हुँदा साठी वर्षको बूढोसँग बिहे होस्। फेरी बिहे हुने बित्तिकै तेरा बूढा बिदेशिनु परोस्!’
यत्ति भन्दा नभन्दै महादेवको समय सकियो र कनेक्सन् पनि काटियो।

--------------------------------------------------------------------------------------------------

मेउसिकाने गल्फू (गल्फ अफ मेक्सिको) को किनारमा टेउसास भन्ने गाममा बिर्खे माइला भन्ने जिम्माल बूढा बस्दथे। गाममा सबैले उनलाइ सम्मान गर्थे, जिम्माल बा भन्ने बित्तिकै केटाकेटी उनको पछि लाग्थे, पुस्टकारी, पिपलामेठ, आइसकिरिम खानको लागि। उनी पनि एक माना पुस्टकारी, चकलेट आदी खल्टिमा बोकेर हिंड्थे र सबैलाइ बाँडी हिंड्थे। बूढो भएपनि आफ्नो रेखदेख गर्ने कोही नभएकोमा उनी चिन्तित थिए। गामका मानिसहरूले पनि उनलाइ यौटी जिम्मालनी खोजी झट्टै बिहे गर्ने सल्लाह दिएका थिए। बूढा हरेक बिहान मेउसिकाने गल्फूको किनारमा नूनिलो पानीमा स्नान गरी बालुवाको शिव लिङ्ग बनाई त्यसमा नूनिलो पानी चढाई महादेवको आराधना गर्थे। त्यसबाट महादेव प्रसन्न भई उनलाइ चाँडै बिहे हुने वरदान दिएका थिए। त्यसैक्रममा पून्टे भन्ने लमीले आफ्नो एक सालीको लागि उपयुक्त वर खोज्ने क्रममा बिर्खे जिम्मालसँग पनि सम्पर्क गरे।

जिम्माल बूढालाइ कहिल्यै नदेखेका पून्टेले फोटू पठाउन अनुरोध गर्दा श्री महादेव बिर्खेको शरीरभित्र प्रवेश गरेर छल गरी जोन ट्राभोल्टाको फोटू पठाइदिए। यो फोटू देखी पून्टे अत्यन्त हर्षित भए र आफ्नी साली कोइलीको बिहे बिर्खे माइलासँग पक्का गरिदिए। कोइली उनै किशोरी थिइन् जस्लाइ दुइवर्ष अघि श्री महादेवले ईन्टर्नेट श्राप दिएका थिए।

बिहे निश्चित भएपछि, बिर्खे माइला खुशीले गदगद हुँदै, मेउसिकाने गल्फूमा सँधै झैं स्नान गरी यामटार्क (Amtrak) चढी नयाँ याकू नगरतर्फ हुँइकिंदा भए। बिर्खे जिम्माल बूढा कस्ता भने हिउँ जस्तै सेतो जूंगा भएका, कपालको नाममा टूप्पीमा केवल चारवटा रौं बाँकि भएका, कालो ईस्टकोट, दौरा सुरूवाल लाएका, दाँतको नाममा केही पनि नभएका, गोलभेंडा जत्रा आँखा भएका, धनुष जस्तो धुम्रेका नलीखुट्टा भएका, बूढो रूख झैं कुप्रेको जीउ भएका, छाती सधैं घ्यार् घ्यार् गर्ने, तर सधैं ट्यार ट्यार गीत गाइरहने, ‘चिरन्जीवी’ टेलिफिल्मका हरीवंश जस्ता देखिने, यस्ता जिम्माल बूढालाई देखेपछि कोइलीका आमाबुबा झस्किए र भन्न थाले, ‘ए पून्टे ज्वाइँ, के गरेको यस्तो? यस्ता ६० वर्षका कुप्रा बूढालाइ हाम्रो षोडशी छोरी कोइली दिएर उसको जिन्दगी बर्बाद गर्न लागेको?’

यो देखी पून्टेले पनि जिम्माल बूढाले आफूलाइ ठगेको थाहा पाई, लाचार भएर केही नबोली धोविनीको भट्टीतर्फ सोमरसपान समारोहमा सरीक हुन सुइँकुच्चा ठोके। पून्टे भागेपछि बिर्खे जिम्मालले कोईलीसँगै बिहे गर्ने ढिपी गर्न थाले। कोइलीका आमाबुबा नमानेपछि श्री महादेव बिर्खेको शरीरमा प्रवेश गरी भन्न थाले,’ हे पापीष्ठ मनुष्य हो! म महादेव हुँ, यदी मलाइ कोइली नदिने हो भने म श्राप दिन्छु।‘

यो सुनी कोइलीका आमाबुबा डराएर कोइली बिर्खे जिम्माललाई सुम्पिदिए। जिम्माल बूढा पनि बडो दंग पर्दै कोइलीलाइ लिएर टेउसास गाम फर्के। गाममा सबैजना सोह्र वर्षकी जिम्मालनी देखेर दंग परे। केही दिन पछि बिर्खे जिम्माललाइ यौटा चिठ्ठी आयो जसमा उनी तरूनो हुँदा काम गरेको कुवेतको तेल खानीमा फेरी काम गर्न आउन अनुरोध गरिएको थियो। जिम्माल्नी आफ्नो बूढालाइ जान दिने पक्षमा थिइनन्, तर बूढाले भन्न थाले, ‘हेर प्रिय! कुवेतको गल्फूमा यहाँ भन्दा धेरै अनमोल रत्नहरू पाइन्छ। म त्यहाँबाट चाँडै नै धेरै धन कमाएर फर्किनेछु र त्यसपछि हामी सुखसँग रहौंला।‘

यति भनी जिम्माल बूढा कोइलीलाइ गालामा म्वाइँ खाई कुवेतको गल्फूतर्फ रवाना भए।

ईति श्री स्कन्द पुराने केदार खण्डे माघमहात्म्य कुमारागस्ते संवादे

नोट:- यसकथाका सबै घटना काल्पनिक हुन्, कसैलाइ चोट पर्न गएमा क्षमा चाहन्छु।

 
Posted on 09-28-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चि को रहेछ चित्रे दाइ!

मैले त पहिले पढेको थिन, कहिले टास्नु भा हो र? १-२ बर्स अगडि होला, आफु चौतारी धाउन थाल्य भर्खर् २ महिन भा छ।

ईति श्री स्कन्द पुराने केदार खण्डे माघमहात्म्य कुमारागस्ते संवादे

खन्ड कति नि?
त्यो पुरै ३६ घन्ड हो कि कति सक्नु पर्यो नि त अब।
 
Posted on 09-28-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो,


हे चित्रे जासुस,

यो कथाले सारै हँसायो। धन्यबाद हजुरलाइ।

बाइ बाइ,

 
Posted on 09-28-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदि-बहिनि ...
बिदेश नजाउ माइति राजा,
स्वदेश लाई छाडेर,
यो देशको आँगन राम्रो,
चियावारी र बाँसघारी राम्रो।

म..
देउरालीमा पाती चडाउछु,
फर्कि आउने कसमै खान्छु,
बिदेश गइ धन कमाई ल्याउछु,
स्वदेशमै घर जम गर्छु।

सुक्रबारे तारेमाम यो सुन्तले को।

अनि पुन्टे दाइ, धन्यबाद् टक्र्याय है।
 
Posted on 09-28-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले र उफ्री,
कथा पढेर हाँस्नुभएकोमा धन्यवाद। यो सायद १७ हो कि १८ अध्याय हो। अस्ति माघमा गालबले एक महिनाभरी दिनदिनै यौटा कथा हाल्ने गर्थ्यो दामी दामी। मैले त गालबलाइ सघाएको मात्र हो ट्याम ट्याममा। अरू सबै ३० वटा कथा पढ्न पुराना चौतारीमै जानुपर्छ जनवरीतिरको, अंक चैं याद भएन।यो कथा मैले मेरै कम्पुटरबाट कपेर पेस्टेको हुँ।
 
Posted on 09-28-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानी गज्जब रहेछ मैले पनि पढेको थिएन पैला
चित्रे लाई धन्यवाद
उफ्री, सुन्तले के छ हालखबर?
 
Posted on 09-28-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँही अहिले हसुर्न तिर लागेको ब्यहोरा जानकारीको लागि अनुरोध छ !
फिर मिलेङे !
 
Posted on 09-28-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुक्रबारे तारेमाम mero pani!

स्वस्थानी गज्जब रहेछ, मैले पनि पढेको थिएन पैला ;)
चित्रे लाई धन्यवाद !

sabai janaa ko के छ हालखबर?
 
Posted on 09-28-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ~~च् ग्वाँचु पाट, सबै जनाको ठीक छ,म त हसुर्दै छु, क्यार्ने यस्तै छ ! अनी हामी सञ्चै?
अनी के छ त नयाँ नौलो? अरू सप्पै कता लागेछन हो?
हाम्रो ठुल्दाइले पनि ढोका देको आज, अविस्मरणिय रहने भयो ! अनी कुम्ले मदनवा कता गएछन आज !
 
Posted on 09-28-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पढिसक्या हो, खुब रमाईलो भाथ्यो त्यो स्वस्थानी ताका चौतारीमा है चित्रे?
सुन्तले पुन्टे दाईलाई मात्र धन्यबाद् दे को? :O
 
Posted on 09-28-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू बाजे,
के छ हालखबर? जरा खोतल्न सिध्दियो?

सान्नानी,
त्यही त, कति रमाइलो भा'थ्यो है स्वस्थानी कथा? अनि आर्ना भान्जीको के छ हालखबर?

रिठ्ठू पिठ्ठू, ह्याभ ए नाइस लञ्च!
 
Posted on 09-28-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जासुस ले मैले लन्च गर्न ला' पनि थाहा पाएछ
म पनि जासुसी तिर लाग्नु पर्‍यो अब चौतारीको कुरुवाबाट रजिनामा दिएर, कि कसो सान्नानी? छोरी सुती? आज कून लोरी सुनाएर सुताको?
चित्रे, ह्यव अ नाइस कूकिङ

 
Posted on 09-28-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म त हसुर्दै छु," भनेर माथी लेखेसि के जासुस भन्या हो चित्रेलाई?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters