[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 195345 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-20-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबस् गुरु, कुम्ले ब्रो, चिलिम सकियो के गर्ने, मन झना चन्चल चुल्बुल हुने रहेछ । भाको बेला आनन्द , आफ्नै दुनियाँ म रमायो । कहिले कबिता फुर्छ, कहिले सबिता झुल्छ, कहिले बबिता नाच्छ, कहिले रमिता हेरिन्छ । अलि बढी नै सल्काएको बेला, सपना कल्पना, सम्झना, बिपना नाचन थाल्छन । क्य रमाइलो हुन्थ्यो, आज भने बोर भो । कसै सँग छैन एक चिलिम?
 
Posted on 01-20-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब तानिन्छ सपना को चिलिम
अनि विली देखिन्चिन बिपना सिलिम
 
Posted on 01-21-07 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राति अबेर सुतियो
आज बिहान सबेर उठियो
पहाड चढ्न सात भाइ जुटियो।

पहाड भन्नु त्यस्तो त क्यै थेन
नेपाल भए थुम्को नि भन्थेन
त्यै'लाई पनि भन्दा र'चन माउन्टेन

दिमाग खाली भा'छ है थकैले
कुरा सायद बुझ्नु भो सबैले
भन्न खोजेको कुरा सिधा छ
मेरो भर्सन स्वस्थानी बिदा छ
चौतारीका हे सबै सदस्य
चित्रेबाट आउला क्यै अबस्य!

 
Posted on 01-21-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गालऊ,

अर्नु सम्म रमैलो अरेछौ
पहाड चडि अबेला झरेछौ
दिमागमा चैँ हावा पो भरेछौ
स्वस्थानि त स्थगित गरेछौ!!
 
Posted on 01-21-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण! परभु!! किरिपा गरिदेऊ यो पुन्टे ज्यान को! यो बुढेसकालाँ आ'र लछिमी देवीको यस्तरी टाउकाले टेकी, हातले हिँडी तपस्से अर्न पर्छ भुनेर जन्मनु अघि नै जानकारी पा'को भे त आफूलाई जन्म दिन नै घोर बिरोध गर्थें गाँठे!

दुख पाईयो, चौतारी छुटियो!
 
Posted on 01-21-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा
लङ टायम नो सी!व्हेर ह्याब् यु बिन? हाम्ले चौतारी टिवि,रेडियो,अनि चौतारी वीक्ली मा "मानिस् हराये को सुचना" पठाउन ला'थिम। अनि जिम्माल् बा ले चाइ धामि बा लाइ बोलाउने जोखाना हेर्न भन्दै हुनुहुन्थ्यो आइपुग्नुभएछ।
नारायण! परभु!! :P:P:P
===
ओ बालक अनि हामि स्वास्थनि सुन्न नपाएर दिन्भरि के गरेर बस्नु भन्ठन्या होला। :(
===
जिम्माल् हजुर्बा जदौ! :-)
 
Posted on 01-21-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ प्रभातकालिन!!

आज त पूण्टेदाइको पनि दर्शन पाईयो त, धन्य भै'यो! गालेले स्वस्थानी नलेख्ने रे आज, के भन्ने खै, चित्रेले लेखीहाल्छ कि?
के छ त हालखबर-- मामा, तितौरी, पूण्टे बुडा, गालब-- सञ्चै त होला के रे!
 
Posted on 01-21-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ प्रभातकालिन!!
 
Posted on 01-21-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, पुन्टेदा, हिम्माल बा, तितौरी नानी, हत्तेरिका गालब गुरु आदी इत्यदि सब लाई । हिजो सुन्सान् मशान् थ्यो चौतारि, आज चाइने जो रमाइलो होला नि?
 
Posted on 01-21-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सानो खरायो
चित्रे कता हरायो,
हिजो २वटा स्वास्थानि
आज एउटै छैन नि
ए चित्रे झट्टै आउ
हाम्लाइ कथा सुनाउ!
:D
 
Posted on 01-21-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई,

हाउँरो हुनेवाला साढुदाइ नि झुल्केछन त । :p दर्सन हानेँ है। बाटुली भाउजु, धोबिनी अनि त्यसमाथि जुरेलीका पनि पछि पछि, फेरि अर्की लक्ष्मी भन्ने कहाँ बाट आइ हँ ? :-s

हुनेलाई जहीँतहीँ, नहुनेलाई कहीँ न कहीँ। :-(

तितौरी फतौरी खिसिक्क हाँसेर हिँडी। कहाँ गइ भनेको त चौतारिमा झरेर बसेर गफ हान्दै रे'छ। घराँ तिम्लाई हेर्न केटा आको छ। शहरको केटा रे, धेरै पढेको खानदानी मुन्छे हो रे। खुसुक्क करेसा बारीतिरबाट भित्र पस्नु, गाजल साजल लगाउनु, कपाल तेल देल लगाएर कोर्नु (हेर त कस्तो जर्बुटे बनाएर हिँडेकी कपाल पनि, कता झाडी झाडी हिनेकी रे'छ, कपाल भरी माकुराको जालो छ लौ! ), अनि अस्ति हाटमा किनेको नयाँ यार्लिङ (इयर रिङ) लगाउनु, फुली पनि अर्को अस्ति मैले किन्देको लगाउनु नि, फेरि त्यै कुच्चेको फुली लगाएर खिस्स दाँत देखाउँदै निस्किने हैन नि। अनि पाहुनाहरुलाई पानी टक्र्याउनु। मुख खोलेर नहाँस्नु नि फेरि, केटाले त्यो खप्टिएको दाँत देख्यो भने गाह्रो हुन्छ के। लु खुरुक्क गैहाल त। :-) :p :p :p :D

:-)
भउते
 
Posted on 01-21-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बाठा हुन् यिनि हाम्रा भौतेदाइ किन खेदाउन हतार् पर्या हो एउटि भ'कि बुइनि लाइ काहि नभा छुच्छो। रिस् मात्र उठ्छ त नि जति बेला नि कराइरा'ने काम् नपा'र :@ बा ले पुल्पुलार राख्या के खुरुक्क आरप (अरब) तिर नपठाएर । म पनि हेर्छु कुन्चाइ आउदो रे'छ सहराट् परै बाट कुच्चो ले हानेर नखेदए त त्यस्लाइ । :P
LOL hahahahaha....
 
Posted on 01-21-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नानी, कुच्चो ले हान्ने गरी छुच्चो चाँही न होउ ल्! के बिगृन्छ हेरेर हौ । आगो ताप्नु मुढोको कुरो सुन्नु बुढो को । समय मै झ्याइंकुटी गर्नु पर्छ क्या । बेलैमा रम न गरे बुढी कन्ने भए सि के रमाइलो गर्नु नि । फुर्सद मा पछुताउन नि टायम चाहिन्छ क्या । हल्लक बढेकी, जिउदाल मिलेकि चेलिबेटि घरमा धेरै दिन राख्नु हुन्न भन्छन्। फेरि गाउंम अचेल् नाना थरिका स्याल् हरु ले र्‍याल् चुहारहेक हुन्छन्। भौते दा को कुरा मानेर ज्ञानि होउ बा।
 
Posted on 01-21-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

मेरो आज विभिन्न काम परेकोले साझामा चाँडो आउन पनि पाइनँ र स्वस्थानी पनि लेख्न भ्याइएन। यसको लागि क्षमा प्रार्थी छु। गालबले नि लेख्न भ्याएनछ आज। भोलिदेखि फेरी अड्डाको कामको चटारो छ, त्यसैले स्वस्थानी लेख्ने काम फेरी गालवलाइ नै सुम्पिन्छु, आफू त यस्सो चियाएर पढ्न मात्र भ्याउँछु होला।

तितौरीको बिहेको कुरा भैरा'रैछ। ल हामीलाइ नि भोजमा बोलाउन नभुल्नू है! :P
 
Posted on 01-21-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हुदा हुदा ठुल्दाइ पनि उस्तै कुरा गर्ने भौतेदाइ तिर लागेर भने'छि यो सबै को मिलेमतो रे'छ मेरो आफ्नो भन्ने कोहि रहेनछ. व्हाँआआआआआआआआआँ .........व्हाँआआआआआआआआआँ :'O :'O ....
कोहि सङ न्याप्किन छ सिगान् पुछ्न लाइ? :P
 
Posted on 01-21-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेदाउन लागेको होइन नि मेली प्याली बुइनि। के गर्नु सन्सारको रितिथिति नै यस्तै छ। आफ्नी बुइनिलाई सधैँ आफ्नै आँखा अगाडि नाचेको, खेलेको , हाँसेको देख्न त कुन छैँ दादाको मन हुँदैन र।

त्यसरी डाँको छोडेर नरउ न बाबा ! तिम्रो भन्दा मेरो मन झन कमलो छ भनेर तिमीलाई थाहै छ नि। लु बरु यै मेरो कोटको बाहुलाले सिँगान पुछ। तिमी त्यसरी रोयौ भने त म पनि सँगै रोइदिन्छु के त । कालीले मेरा आँखा समेत आँसुले भरी बनाइदिइ लौ ! सानो हुँदा मैले तिम्लाई दिएको पैसाराख्ने थैली सँगै लैजान नबिर्सिनु ल। दादाको याद आएछ भने त्यै हेरेर बस्नु, भाइटिकामा भेट्न आउँला नि तिमीलाई। :-)


 
Posted on 01-21-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता छौ सपै?

तितौरीओ बे रे भाउते???
हैन कता दिन लाएउ बैनिलाई? घर खान्दान कस्तो छ? केटो के काम अर्छ शहराँ? खेत बारि कत्तिको छ? कति भाइ छोरा हुन? दुहुनु कति छ? बे पछि सासु-ससुरा सँअ बस्नु पर्ने हो हैन? घरधन्दा मै बैनिको जिन्तखि जाला है! होस पुरा'र चाइन्जो तिन पुस्ते बुझेर कुरो चलाऊ! हाउँरो गामको नाक जाला है भन्द्या छु! :)
 
Posted on 01-21-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau jimmaal baa pani dher ris nauthaunu hai bhandyaa chha ....:D
 
Posted on 01-21-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीको बे रे, लु अब चौतारी सिंगार्नु पर्छ। राँगो जत्रो खसी काट्नु पर्छ है भउते गुरु, भन्द्या छ मैले। शहर बाट ल्याउने जन्ती रे, निनेरुको अगाडी नाक त राख्नै पर्छ है। :D:D

के छ मामा, क्यार्दै हो?

सप्पैलाई दिउँसाको नमस्ते है।
 
Posted on 01-21-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै ल हेर त लाज ले रिसाएकि! :P

कठै बरा! यो ट्याम भन्ने चिज कस्तो निस्ठुरि!
हिजो अस्तो लाउछ येइ हातले बोकेर आँगनाँ डुलाको यो तितौरीलाई! यत्रि मादल जत्रि सानि थि, फूल जस्तै हलुङ्गि थि! नाकभरि सिंगान लिएर बल्ल बल्ल तोतेबोलिले "दिम्बालबा..ता..ता" भन्दै खेल्थि! कठै! येइ काखमा हुर्केकि बच्चि आज पराईघर जाने रे अब! यो भाउते बजियालाई नि कति हतार भा' हो बैनि लखेट्न!
एस्तै रेछ ट्याम नारन! अब कैले म बुडोलाई नि घाट लाने ट्याम आम्ने हो!
हरिशरणम्!१
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters