[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 195263 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-20-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक इ-प्रेमीको कथा रहेछ, द हिमालयन टाइम्समा! टाँसिहालुम न यहाँ!! हे हे हे :-)

 
Posted on 01-20-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्नु रमैलो अरेछन गाँठे!!

कति हाँस्नु दुइ दुइटा सोस्तानि पडेर! कुमलवाको इ-प्रेमिका निशे पो रेछ हा हा हा! अब बाँकि ९९९ जनाको नि कथा आम्छ होला के रे!

हा हा हा चित्रे हा हा हा लोल! कस्तो कुरा आएको तिम्लाई पनि !
टग अफ वार खेलेको जस्तो रे हे हे हे! धन्य बरा तितौरी बाँचिछिन्! :)

को को छौ अइले??
 
Posted on 01-20-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ यामे?
सपै बेशै होला के रे नि? जाडो कत्तिको छ तेतातिर?
 
Posted on 01-20-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम यामे, हिम्माल बा अनि आदी इत्यदि सब लाइ । नयाँ खबर के छ चौतारीको ?
 
Posted on 01-20-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो जिम्बाल बा,
जाडो ठिक ठिकै छ ।
यहा ता यसपाला अचम्मै भो नि ।
यसपाली रेकर्ड ब्रेक भो लगातार ८५ दिन पानि परेर । यो भन्दा अगाडीको रेकर्ड ८३ दिन रछ । ८५ दिन सम्म दिनमा एक न एक चोटी पानी पर्नि पनि ।

अरु ता के हुनु र खै त्यो पुराण ले सार्है दुख दिदै छ । रात भरी रुग्यो बुढी ता उस्ता उस्तै जस्तो जति गरेपनि उभो लाग्दैन ।
 
Posted on 01-20-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ठुल्दाई? आज सोबर अस्तो देख्छु नि हउरलाई म त?
शनिबार लाइसक्या छैन अस्तो मानिछु! :)

कता अन्मरिएछन गाम्ले दौँतरिहरु? ब्यान ब्यानै अर्नु खलबल अरेछन् अइले थकाई मारिरा होलान बरा!
 
Posted on 01-20-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुल्दाइ,
ठिकै छ ठुल्दाइ । हउरको के छ ?
ठुल्दाइले पल्लो गाम तिर गर कबिता भट्ट्या सारै राम्रो लाग्यो ।
 
Posted on 01-20-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु हिम्माल बा, यहाँ नि हिउं पर्‍यो, चिसो छ । एक्लै भुनभुनाइ रहेको। चिलिमको मसलन्द् किन्न जाने नि हिम्मत् भएन, आज चिलिम् को आस मारेर बसे छु, हिजो अलि बढि नै भए को हो। एक् टुकोरो कबिता-सबिता फुर्यो, अर्कै धागो मा हालेको छु। यसमा हालुम् जस्तो लागेथ्यो, मिस् ले फेरि अनत सन्त भन्ने हुन् कि भन्ने डर् ले न हालेको।
 
Posted on 01-20-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पाली को स्वस्तानी नि गजब गएछ ल। कुमलवाको कहानी। अब कसको पालो आयो कुन्नि ? हिजो आज निकै हास्न पाइएको छ। :-)

मेरी प्यारी तितौरी बुइनिलाई लैजान भनेर मेरो हुनेवाला ज्वाइँ घोप्टे जुँगामा तेल लगाउँदै बसेका होलान, शार्कमोरोले बिचैमा उछिट्याउन खोज्दो रे'छ है। :-)

राम्री मुन्छे देखे पछि त माछाको नि तीन नेत्र हुनि के। :p नडराउ तितौरी, तिम्रो दादु रहेसम्म र झ्याईँ झ्याई पञ्चै बाजा बजाएर तिम्रो हात ज्वाइँका हातमा राखेर जौ-तिल र पानी साछी राखी कन्ने दान नगरे सम्म म बिष्णु देखि धोबिनी सम्म जस्का तपस्से अर्न नि तयार छु। :-) :p योर दादु लप्स् यु सो मच के। :-)

नमस्ते जिम्माल-बा, नमस्ते ठूल्दाइ, नमस्ते यामे ,
म पनि अब ठूला-बडा, बुढा-पाका मुन्छे सँग गफ अर्न सिक्नु परो, भलाद्मी बन्न सिक्नु परो। कति चैते हुरिले उडा'को पतिङ्गर जस्तो भे'र भुर भुर उड्दै हिड्नु। :-)

अनि हउर हुरको गाथमा आरामै ? अनि घर परिवार सप्पै बेशै होला के रे।

:-)
-भउते
 
Posted on 01-20-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है, को को छ जम्मैलाई!

ठूल्दाइको चिलिमको सरदम सकियो रे हा हा, अब क्यार्ने हुन कुन्नी बुडाले :)
यामेकाँ त उत्पात पानी पर्छ जस्तो छ नि, अहिले हाललाई त एता नि तेस्तै छ।
मामा क्यार्दै हो नि? जाडोले सकाउला है, बरु अगेनाको वरीपरी बसेर तमाखु ताने हुन्छ, बाहिर ननिस्किनु धेरै। :D:D
 
Posted on 01-20-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु नि आएचन, के छ हालखबर, नमस्ते टक्र्याएँ है!
 
Posted on 01-20-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते हरि, के हुनु बेहाल छ मेरो त।

रुघाले हनहनी ज्वरो आएर हैरान, अनि खोकिले रात भरि भोटेकुकुर जस्तो भुक्दा भुक्दा हैरान। खान क्यै रुच्दैन। उभिँदा पनि भननन्न रिँगाएर, एउटा चिजलाई ३टा देखिन्छ।

बोरु यै बेला यसो तरुनीको मेला तिर जान पाए एउटीलाई ३टी देखेर ज्यानलाई नभए नि मनलाई आनन्द हुन्थ्यो कि भनेको। :p

धुत्तेरी ! भलाद्मी हुन्छु भनेको, बिर्सेछ फेरि :p सोली सोली। :-)
 
Posted on 01-20-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु , के रोग लाग्या त्यस्तो? जिउदाल नि सिन्का जस्तो । कयै भन्न नहुने रोग लाग्या त होइन? होइन होला, हाम्रो गुरु तेती साह्रो गती छडा त छैन हो । पिरेम रोग लग्या चाहि पक्क होला, उमेर हेर्दैन् रे त्यो रोग् ले। पक्का तेहि हो। डाक्टर्नि नानि नि कहा बेपत्ता हो अज भोलि, नेपाल् को गाम् म डाक्टर् बस्दैनन् रे भन्ने खबर् सुनेको।
 
Posted on 01-20-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D bhautedaduuuu jugaa bhaeko maanchhe man pardaina malai :P heheheh ....tyo bhanda ta shark nai raamro lau jaa hahah.
 
Posted on 01-20-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!!
के हुँदैछ यहाँ? भौते गुरूलाइ के रोग लागेछ? उपचार गराम् है समयमै!

ए राहुल दाइ, तारेको म: म: खानुभो? :P

तितौरीलाई जुंगा भएको मान्छे भन्दा शार्क नै मन पर्छ रे? :D :D
 
Posted on 01-20-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे भाई, खै हाम्रा गाम मा हिउं परेको छ, म:म्: खान प पाएन आज । चिलिम नि सक्इयो । के गर्नु के गर्नु भ चौतारीमा नि आज थोरै देख्छु । चिलिम र म:म: बिना कबिता सबिता रमिता केही आउने होइन ।
 
Posted on 01-20-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा राहुलदाईको चिलिम सकियो रे! अब फेरि सेन्टी हुने बेला भएछ राहुलदाईको। ;-)

जदौ सबैलाई फेरि!!

:-)
 
Posted on 01-20-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते छ है चौतारीका सबै मुखिया हरुलाई,
राहुल दाइको चिलिम सल्केन रे, उहाको सतो म उत्तरधिकारी बनम है त?

पारी पत्ती दन दन दधेलो लाग्दानी
यता भने मन नै सकएन सल्कन
चिलिम र हुक्काको मिठो बाहानमा
हाम्रा दाजु थाले कताइ अन्तै पल्कन ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters