[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 203048 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-21-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल्न मात्र किन, राहुल दाई? गीत नि गाईदिन्छु नेवारीमा!

राजामती कुमती जिकेवस पिरती
हाई बा बा राजामती चा
राजामती मबिल धासा कासी वने टिय बुबा
हाईयाबिऊ राजामती चा!

(मेरो सबभन्दा मनपर्ने हरफ):

सं धासा कुलि कुलि, मिखा धासा बाँला बाँला
सकुमिया म्ह्या मचला
ख्वा धासा टुयुख्वा, ख्वाले निग टिं डु
ताहानानिया राजामती चा!

थं नेहा थंहिटि, को नेहा कोंहिटि
बिच लाग मरुहिटि
मरुहिटि लाक वने तागु ल्होंटे लुफिहाना
राजामती थसपालना!

तरी थकुया ताय डु, चिरि थकुया पाय डु
राजामतीया बिज कनि ड
बिज कनि मतुम कला जित मय बुवा
हाईयाबिऊ राजामती चा!

:D
 
Posted on 12-21-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी क गफादिहरुलाई जय नेपाल्!!!
आज फेरी एउटा कबिता आइन क्या यो मनमा,


सक्एको त कहाँ छु र तिमी बिना बाँच्न ?
नसके'नी देखौनलाई पर्‍यो मैले हास्न,
मेरा सारा पिडालाई आफ्नै "कर्म्" थान्छु,
तिमीसँग थादा बस्नु ठुलो "धर्म्" मान्छु!!!
 
Posted on 12-21-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो घोघे जी,

राम्रो कविता गयो नि तपाईँको।

तपाईको लेख्ने शैली हेर्दा त मलाई कता कत्ता तपाई हाम्री ठुल्नानीको दाई या भाई पर्नुभयो कि जस्तो लाग्यो। :पि

:-)
 
Posted on 12-21-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्रे!!!
होलिडे सुरु!!

लु चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, दिदिहरु, भाईहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!!

घोघ्स ब्रोको पोएम पनि घगडान जाँदो रैछ फिरि!
 
Posted on 12-21-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भाउत्स ब्रोलाई मेरो तर्फबाट पनि भक्कु ह्याप्पि बर्थडे छ ल!
 
Posted on 12-21-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पून्टेदाइको राजमति गीत सुनेर भिडियो नै झुण्ड्याउन मन लाग्यो मलाइ त।

हेरौ, राजमति कुमति जिके व: सा पिरती....:)



घोघे जीको कविता राम्रो लाग्यो।

ए निशे, कहाँ जाने हो बिदा मनाउन?

कुम्ले, विश्वकपको बारेमा के सोध्नुपर्ने हो? :P
 
Posted on 12-21-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्कै बिश्व कप रे क्या!!! ;)
बल त बल अर्कै बल भनेको होइन त कुम्स् पात्!!! :P
सम्झा करो चित्रे पात्!!! :D
 
Posted on 12-21-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आफ्न्तलाई छुरा रोप्नेह्रु हो !
छुरा रोप्नेहारु हो !!!!
पिरतिको प्यलामा लाज छोप्नेहारु हो !
लाज छोप्नेहारु हो !!!
हिसाब किताब किन माग्छौ "भयानक्" दौतरिमा,
अपशब्द फेरी किन "अचानक्" चौतारीमा!!!
 
Posted on 12-21-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा राजमती कुमती,
आए छ पुन्टे जिको नि सुमती
 
Posted on 12-21-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्शब्द रे!!!...:o...:O
एक्जना जोगिले भन्थे फुलको आँखामा फुलै संसार काँढाको आँखामा काँढै संसार रे!!!...:)
आबो बुझ्नेले कसरि बुझ्या हुन् उनै जानुन्, म चाहि लागे चिलिम् सल्काउन!!! आधा जोगि जो परेम् के रे!!! ..:D
 
Posted on 12-21-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त जोगी, एक सर्को यता तिर पनि
 
Posted on 12-21-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका मेरा प्यारा हितैशी मीत्रहरु,
यो भउतेको तर्फबाट कोटी कोटी नमस्कार ! जदौ !!!
चौतारीले धेरै नेटो काटिसकेछ। नयाँ नयाँ वातावरण, नयाँ नया अनुहार ! नयाँ नयाँ लवज, धन्य छ चौतारी।
सबै भन्दा पहिले आफ्नै डम्फु बजाउन लागेँ है त।

मेरी प्यारी भान्जी प्रिती, धेरै धेरै धन्यबाद शुभकामनाको लागि। त्यो भन्दा पनि धेरै धन्यबाद त माईजुको ब्यग्र प्रतिक्षाको लागि। अहिले त्यै जुरेली-माईजु हेरेर चित्त बुझाउनुस, हुन त अझै पुन्टेदाईले छोड्या हैन। तै पनि चौतारीमा सबैका मुखिन्जेल एक फेर दिएँ भने पछि पनि आँखा लाए भने यहाँ झिर रातो भैराख्या छ । :-)

ह्यात्तेरी पुन्टेदाई यैँ रेछन। त्यो त उता भान्जा भान्जी फकाको पो त। हामी त जीगरी दोस्ति नि। जुरेली मेरै भै हैन त? धन्यबाद पुन्टेदाई। पुन्टेदाई छ र त भउते भाइ छ। :-)

हेत्तेरीका-जी, खोइ हजुरको चौतारी न्वारन भयो कि भएन थाह भएन, जेहोस चौतारीमा नयाँ मीत्रहरु देख्दा सारै खुसी लागेको छ। धन्यबाद सुभकामनाको लागि।

चित्रे, धन्यबाद। के गर्नु, यस्तै रे'छ, सोँचे जस्तो हुन्न जीवन, सँधैँ हल्ला गरेर बस्ने मन त छ नि मलाई नि। जुरेलीले माला लिएर बस्ने, अनि पुन्टेदाइले जुरेली लिएर बस्ने त हैन नि ! जे होस मेरी जुरेली ! आइ मिस यु अ लट ! :-)

निश्ब्रो ! थ्यांस् हान्दिए है मैले नि। अन्त ब्रोको खोकाई त हरिप रे'छन्त हउ ! आज झ्याप्स भएर बस्या नि। अकेले त लास्ट बोर हुनेर'छ नि त हउ। अब खैरी छप्कीहरुलाई लाइन दिँदै बस्नु पर्ला। फेरि सुड्डाहरुले घोँक्रेठ्याक ला'र नेपाल पठाउछ कि भनेर अलिक डर लाग्ने के।

साथै सबै जनालाई फेरि जदौ गरेँ ।

:-)
-भउते
 
Posted on 12-21-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुsssssssप!! ज्वाइसा'प खै? झगडा नगरुम न ज्वाईसा'प को अगाडि ।
चमेली नानी सन्चैछिन ज्वाइसा'प? :)
( निक चै युनिक रै'च )
 
Posted on 12-21-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी, बधाई है, बुढो हुनु भो,तारेमाम ।
 
Posted on 12-21-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाssss!
नदेखि'रा , चौतारियाँ नि भन्नपर्यो जम्काभेट भ'सि त दुइचोटि भनेनि के होला र ?हैनत देवरजी..... जन्मदिनको धेरै धेरै शुभ-कामना!! :)
 
Posted on 12-21-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, तारेमाम है ।
 
Posted on 12-21-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम भूनेओ के हो ? नबुझे'सि त सोध्नै पर्यो ठुल्दाइसअ
 
Posted on 12-21-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tara ko maam re..lol
Tara ko bhanera chhain nasodhaun hai...pheri mero mutu charkera aauncha....:p
 
Posted on 12-21-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ? चिलिम्, सब झ्वाम ? आफु पर्खेर बसे छु, एक चिलिम भ्याए छ । अर्को मसला भर अर्ध जोगी ।
 
Posted on 12-21-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ (दाई ???) , धन्यबाद। बुढी नपाई कसरी बुढो भएँ भनेर पत्याउनु र। :p त्यसमाथि मत त अझै अल्लारे नै छ।

भावी-ज्यु, हजुरको आशिर्बादको त सधैँ भोको छु नि म त। जति दिनुस न, यो मन भरिँदैन। धन्यबाद टक्र्याएँ है फेरि।

:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters