[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "के छ ?"

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 39824 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-24-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कसैले के छ? भनेर सोध्यो भने तपाइ के भन्नु हुन्छ?

कसैलाइ भेट्दा वा फोनमा कुरा गर्दा सोधीने बाक्य नै हो यो। कुराकानि बढाउन सजिलो, औपचारिकता निभाउन सजिलो, अझ त्यो भन्दा बढी नयाँ कुरा थाहा पाउन सजिलो। समाजको एउटा चलन, कुरा गर्ने तरिका। नेपालमा हुँदा "हालखबर के छ? "भनेर कसैले सोधी हाल्यो भने "आरामै छ" भनिन्थ्यो वा "राम्रो छ" भनिन्थ्यो। सन्चो नभए पनि सन्चै छ भनिन्थ्यो, बाटोमा बसेर के लामो कुरा गर्नु भनेर।  सकेसम्म औपचारिक्ता छोटै होश् भन्ने इक्ष्या हुन्थ्यो मेरो। केहि कुरा नै छ भने पनि पछि आफै थाहा पाइहल्छ नि हल्ला चले पछि भन्ने लाग्थ्यो। तैपनि कोहि कोहि १५ मिनेट लामो "के छ?" भनेर सोध्थे, भएभरको रामकहानी सकेपछि पनि "अनि?" भनेर सुनिरहने। सानैदेखि अरुसङ नरम भएर बोल्नु पर्छ भन्ने मन्त्र सुनिरहेकोले "के छ?" को मुख्य मुख्य र सहायक बिशय बस्तु सक्दा पनि फुल बुट्टा भरेर कथा सुनाउनु पर्थ्यो। तेहि भएर "के छ?" भन्ने प्रश्नको उत्तर गार्हो थिएन, केहि नैं केहि भैरहेकै हुन्थ्यो। टोलमा रोचक घटनाहरु हुन्थे। एकपटक बिहानै छिमेकीको घरमा "शुभ बिबाह" को रातो तुल देखेर बिहान "वाक" जाने सम्मानिय ब्यक्तिको मुटु झन्डै रोकिएको थियो। त्यो घरमा बिबाह योग्य कोहि थिएनन्, दुइटा छोरा बिदेशमा पढेर उतै घरजम गरिसकेका र घरमा आमा र बुबा मात्र थिए। पछि थाहा भयो राति कहाँबाट उपद्र्या केटाहरुले बिबाहको तुल ल्याएर राखिदिएका रहेछन्। त्यो घटनापछि "के छ?" को मुल बिशय कति दिन सम्म त्यहि भयेको थियो।

अब अहिलेको कुरा गरौं। कसैले के छ? भने म "उस्तै छ" भन्छु। "उस्तै भन्नाले।" फेरि प्रश्न आँउछ भन्ने डरले नैं "केहि छैन" भन्छु। "कस्तो केहि छैन भन्या? बोल्न पनि पैसा पर्ने जस्तो।" भनेर एकजना दिदीले चित्त दुखाउनु भएपछि म फेरि के छ ? को पुरै उत्तर दिन थालेको छु।
मेरि एउटी साथीले अस्ति फोन गरी, फेरि प्रश्न उहि थ्यो "के छ ?"

"रुघा लागेर नाक बन्द छ।"

"अनि?"

"जाँच छ।"

"अनि।"

"भोक लाग्या छ।"

"अस्ति पनि तैले यहि भन्या थिइस् मलाइ। अस्तिको होइन, अहिले को हालखबर सोधेको तँलाइ। अहिले के छ?"

"मैले पनि अहिलेको कुरा गर्या। अस्तिको होइन।" मलाइ नि रिस उठ्यो भएको कुरा गर्दा पनि फेरि "अहिले के छ रे?"
"तंलाइ त लामै रुघा लाग्दो रहेछ, २ महिना अघि पनि रुघा नैं लागेको थ्यो, बोल्न मन छैन भन न खुरुक्क।" निक्कि झर्की फोनमा।

" २ महिना अघि रुघा लाग्याथ्यो, क्लारिटिन खाँए, १ हप्ता नाक सुख्खा भयो, अर्को हप्ता फेरि चिसो भयो, फेरि नाक बग्न थाल्यो, घाँटि चिलायो, खोकि लाग्यो, रुघाले ग्रस्त बनायो।" पूर्ण बिबरण दिंए, सके मेरो रुघाको रिपोर्ट नै बनाउछे कि भनेर।

"बेसार पानी खाइस्?"

"खाँए।"

"नाइकुइल ट्राइ गर।"

"गरें"

"अरु के के गरिस्?"

"एलर्जी र रुघाको सबै औसधी खाइसके। तैपनि  उस्तै छ।" आफुलाइ टिस्स्यु पेपर लिन हतार भैसकेको थ्यो। नाकबाट गंगा जमुना बग्दैथ्यो। निक्कि ठुलै सोचमा थी उता।

"अनि अरु के छ त?"

"अहिले मलाइ हाछिँउ आउन लागिराको छ।"

"तेस्तो जाबो नाक काटेर फालिदे।" निक्कि हाँसी मज्जाले मेरो रुघा लागेको नाकमा उपहास गर्दै। देख्नु भयो "के छ?" कति असंबेदनशिल हुन पुग्दो रहेछ कहिलेकाहि। चुपै लागें, अब त कुरा सके हुन्थ्यो नि। फेरि सुरु गरी।

"अस्ति पनि जाँच नैं भन्थिस् नि।" कति लामो कुरा गर्नु पर्‍या हं आफुलाइ यस्तो गार्हो भाको बेला।

"फेल भये नि।"

"राम्रो पढ्नु छैन।" फेरि उल्टै अर्को आरोप।

"प्रश्नै नपढेको आये पछि के त?"

"ल ल ! राम्ररि पढ!" भन्दै बल्ल फोन राखी। मैले भगवानलाइ धन्यबाद दिए। यो "के छ?" ले मलाइ धेरै सतायो प्रभु अरु "के छ?" को उत्तर दिन नपरोस्।

मलाइ मात्रै यस्तो हो कि अरुलाइ पनि। सोचे मिनिलाइ मेल नलेखेको धेरै भाको थ्यो। उसले पनि "के छ?" भन्ली भन्ने डर। यो बेला म सङ खाली उहि पुरानै उत्तर मात्र छन्, नयाँ केहि भाको छैन भन्दा पनि कोहि पत्याउदैनन्। मिनि त होइन मैले सारालाइ मेल लेखेर सोधें "के छ?"
साराले तुरुन्तै रिप्लाइ लेखी। "खुशीको खबर छ।" मेरो आफ्नै नभएपनि साथीको भएपनि केहि त भएकै रहेछ भनेर मलाइ पनि खुशी लाग्यो तर अर्को लाइनमा लेखिएको थियो।" मिनि छिट्टै आमा बन्दैछे।"
मलाइ ठुलो झट्का लाग्यो। आफुलाइ मात्र होइन अरुलाइ  "के छ?" भनेर सोध्दा पनि अनपेक्षित उत्तर आँउदो रहेछ।

मिनि १८ बर्स मुनिकि होइन, बच्चा नै जन्माउन नसक्ने पनि होइन। तर तेत्रो २ बर्स संगै बस्दा पनि मैले उसको ब्वाइफ्रेन्ड देखेकी थिइन, न त उ बिबाहित थी। एक बर्स अघि मात्र उ र सारालाइ बैंककमा छोडेर आँउदा मिनिले त्यस्तो खुशीको खबर सुनाएकी थिइन। असंभव! यस्तो हुनै सक्दैन। मैले अनुमान लगांए, अड्कल काटे। मलाइ बिस्वास लागेन। फेरि सारालाइ मेलमा सोधे "मिनिको बिहे भयो?" "छैन।" साराले यसरी उत्तर दिइ, मानौं यो कुनै ठुलो कुरा होइन। म झनै दुबिधामा परें। अरु कुरा सोध्न मिल्ने कि नमिल्ने? मलाइ लाग्यो सारा म संग जोक गर्दैछे। अर्को मेल लेखे "प्लिज सारा! यस्तो कुरामा म संग जोक नगर।"

अब त मलाइ अरुले "के छ?" भनेर सोध्दा पनि पीर, अरुलाइ "के छ?" भनेर सोध्न पनि डर लाग्न थाल्यो।

क्रमश:

Last edited: 24-Jan-09 04:58 PM
Last edited: 24-Jan-09 04:59 PM
Last edited: 30-Jan-09 02:23 PM

 
Posted on 01-26-09 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो हँसाउने यो फुलेको क्रेजी पनि - दामी दामी
एती भन्दै बिदा माग्नु भएन - अली थप्नै पर्‍यो नि है - के गर्ने बानी नै राम्रो के मेरो -

हेर क्रेजी महोदय - खुरुक्क त्यो तिम्रो बज्ने नाक त्यो फुचेलाई दिदा राम्रो होला -
फाईदा १: बच्चा पनि खुशी खुशी घर जाने
फाईदा २: तिम्लाई पनि सुइ सुइ गर्न नपर्ने
फाईदा ३: प्राणायाम गर्दा नाक बाट चिल्लो पदार्थ मुख भित्र नछिर्ने

कस्तो फाईदा हेर नक्कली - रुघा लाग्दा पनि मेकअप गर्न नछुटाउने - आँखा छाँया लगाउनु पर्ने - बुढो बाजे ले त्यसइ त भनेन होला नक्कली भनेर है

त्यस्तो नाक के काम भन्या न्ह्या मरु त्यस्तो नाक साक निकालेर फाल्दिने हो ल - फाल फाल ल ल
त्यसइ वेँ एसै वेँ ल निकालौ नाक  - मद्घत चाहिये म छु - दुई आउँला ले च्यापेर म निकाल्दिउँला ल  

Last edited: 26-Jan-09 07:07 PM

 
Posted on 01-26-09 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल बाट डिकोल्ड लेर आको छु , अब क्रेजिको टाउको प्रेसर कूकर अनी नाक चै सिठ्ही भएसी त डिकोल्डलेनी काम गर्दैन होलानी नि ।
अनी साच्ची कती सिठ्ठी लागेसी टाउको भित्र रहेको कुराहरु पाक्ने हो थाहा भएन ।


कथा गजब , रमाइलो , हासियो ।


 
Posted on 01-26-09 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाजवाफ फेरी!यो कृति ले मलाई पुरानो कथा सम्झायो- "जय भुँडी" हो कि क्या हो। अली हतार मा लेखेको हो "पागल प्रेमि"? केही केही छुटे जस्तो लाग्यो र भनेको- माइन्ड नगरनु होला।
जे होस् अव्वल नम्बर को लेख छ- पूर्ण "रनमन्जन" गराउने- नाथे नाक को कुरा गरेर! तर एउटा कुरा पक्का हो, अब पारीजात को साख्खै बहिनी (महिला नै त होल| नि, हैन र?), लेखाइ मा, जस्तो पो लाग्यो मलाई त।


तर यो लहरे ब्रो ले किन पहरो तान्न खोज्या हो? नाक काट्ने पनि सल्लाहा दिने साथी?


नेपाली शुद्धिकरण त प्रकाशन गर्ने बेलामा गरिहाल्छन नि, किन पिर गरेको?


यती राम्रो साहित्य मा दखल भएको मान्छे लाई "हित्तेछ्छुक" थाहा छैन भन्दा कस्ले पत्याउने? अली अली गफ त म पनि पचाउंछु, तर यो त हजमोला नै चाहिने भयो।
मेरो सुझाब याद आएको मा मा हर्क ले विभोर छु।


अरू भाग पर्खंदै,
धरान


 
Posted on 01-26-09 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो यो डल्ली त आम्माम्मा मेरी बास्सै  बाहिर  बाहिर   हेर्दा  मात्र गोज्यङ्ग्री गोज्याँग्रि रैछ होइ मुसो चलाएर  । भित्र भित्र त कुखुराको फुल चोर्ने रैछे है । 


 यि ठेउके हरुलाई लाई रुँघा लागेको नाक ले तातो पानी हेरेझै बनाएर छाडि है मुसो  चलाएर । काटि कूट्टी बाउ गोता गै छे। एस्को बाउ लडायने  झन कम्ता को थियो ।


अब आज तेरी बजै ले पनि टि वि मा जथभावी के के जाती जिउ न छोपेका  तीन टाउके 
किच्कन्डी मात्रा हेर्यो भनेर त्यो के जाती हो रिमोट्  कि सिमोट् पनि लुकाएर गै गै । अब समय बितौन पनि गाह्रो छ बाबै ।


लौ कान्छी फेरी लेखेस है । तलाई म राम्रो खाल्को फु फु फुक्ने फुर्को भाको कालो चेस्मा किन्दिम्ला । लेख डल्ली लेख ..है !


 
Posted on 01-26-09 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasto hasayeko hai; Bhairav Aryal le bhudi puran "Jaya Bhudi" ma gareko jastai Crazy le pani Naak ko gunagaan "ke chha?" puran ma garnu bhayeko po rahechha. Balla po bujhiyo ta kuro ko churo.
 
Posted on 01-27-09 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यस्तो हसाउन कहाँ बाट आएको हो ह? त्यस्तो कालीगण्डकी को भन्दा धेरै पानी बग्ने नाक को उपचार् त हाम्लाई थाहा थियो तर सित्तैमा ऊपचार् गर्न भएन र हो । त्यो फुच्चे ले बल्ल मान्छे चिन्दो रहेछ, नाकले सिठ्ठी बजाउन पनि हुनी.... अन्टी बनाएर लैजाम भनेको थियो होला.....बुझ्ने ले कुरा नबुझेपछी यस्तै हो , अब चाँही अर्को पाली आँखाको बर्णन आओस है


अनी म चाँही कसरी गफाडी नि? हुन त गफाडी को गफ सुन्ने न-गफाडी कसरी हुनु हैन


 
Posted on 01-27-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी को नाके पुराण सुनेर आफ्नै नाकमा खुजुली भाको जस्तो लाग्न थालयो।
बिहान बिहानै एक्लै खित खित गर्दै हाँस्दै बसे,वोर परका ले के भन्ठाने कुन्नी।
जे होस् बेजोडको प्रस्तुती छ्
जय क्रेजी।

 
Posted on 01-27-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कती हसाउने अनी के हुँदैछ क्रेज मैचा? (के छ भन्न नहुने होला)


यो नाक को समस्या त आफ्नै गरेको जस्तो लाग्यो यार मलाई। जहिले तेस्ताइ ताल हुन्छ


आफुलाई एक्चोटी रुघाले ग्रस्त बनाको बेलामा एउटा साथीको बिहेमा जानु परेको थ्यो बस्ने नै गरेर, एकजना साथी र म। त्यो रुघा लागेको बेलामा कतै जान चै दिक्कै लाग्छ। सब जना मस्ती गरिराछन आफु चाइ क्लिनेक्स को पोका लिएर हिंड्नु पर्ने। अनी त्यहा बस्दा हामी केटीहरु ४ जना एउटा कोठामा सुतेका थ्यौ। बिहान ९ बजे मन्दिर पुग्न पर्ने राती को २ बजिसक्यो कोही निदाउने होइन। एउटा त घरको स्मोक डिटेक्टर्को को ब्यट्ट्री लो भएको रहेछ त्यो नै बेला बेला मा चुँक्क चुँक्क गर्ने झन तेस माथि आफ्नो नाक ले राग मिलाउदो रहेछ। तेस्को चुँक्क लो पिच मा आफ्नो सुइँ सुइँ हाई पिच मा। अनी को सुत्न सक्नु? रात भरी गफ गरेर बस्ने भन्ने सल्लाह भयो। त्यो नाक ले दु:ख दिएको बेलामा न सुत्न सक्ने न गफ गरेरै बस्न सक्ने। पछी डेढ दुई घण्टा पछी सबै निदाएछौ। बिहान त मेरो साथी उठेर कराउन पो थाली, "बुझिस दिपिका, मैले त आज सपनामा आफु चारकोसे झाडिमा सुतेको देखेँ नि, चरा चुरुङी कराएको देखिरा तेरो नाक बजेको सुनेर होला" रे 


त्यस्तै हो मैचा आफुलाई सन्चो नहुँदा आफ्नै शरीर ले त दिक्क बनाउछ, झन साथीहरुका के कुरा गर्ने?
रमाइलो लाग्यो यो नाके ब्यथा। निर्धक्क सँग सुनाउ है।


 
Posted on 01-27-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति लहरेको अपरेसन गर्दा बिस्टेले दिमागको  कुन चाहि तार छिनाइद्या जस्तो छ।
किन मात्या हाँ लहरे पहरे?


तिम्रो त्यो दुइटा औंला पेन्चिस् हो? अहिले तिम्रो औँला भाँच्नु पर्यो।


हर्के!


त्यहि टाउकोभित्र रहेको कुराहरु नपाकेर त गार्हो छ नि। पाकेको भए त सिट्टि नै बज्दैनथ्यो हैन त?


धरान!


भाबको प्रबाहमा बग्दा कहिं कतै केहि छुट्यो कि? कहाँनिर भन्या भए मलाइ पनि यसो हेर्न सजिलो हुन्थ्यो नि हितेक्षुक साथी।


बुडोबाजे,


त्याँ थोते मुख कति चलाउनु पर्‍या?  बाउको नाम चाहि बिगार्न भएन क्या।
बुडेस्कालमा मोतिबिन्दु भए पनि अपरेसन गरेपछि आँखा राम्रै देखिन्छ। मान्छे र भोगटे छुट्यान नसक्ने भएपछि किन हेर्नु पर्‍यो टि. वि. ?


 ल त्याँ ,  तल राम मन्दिरमा गएर किर्तन गर्नुस्।


फेरि डल्ली रे।


हजुरबा, जे पायो त्यही नलेख्नु है, बज्यैलाइ भन्दिन्छु म त।



ctal,


यो नाकले त मलाइ साझामा लेख्नै पर्ने बनायो भन्या।


stat!


त्यो फुच्चेले तिम्रो कान पनि काटेर ल्याइदेउ भन्दैथ्यो। गर्मीमा पंखा हम्किने रे? दिने हो?


बिस्टे,
मलाइ जस्तो नाकको समस्या त कसैलाइ पनि नहोस्।


दिपुss!


स्वागतम, स्वागतम! तिम्रो यो अनुभब पनि लेख न। हामी पढ्छु नि।


बाँकी भाग फुर्सदमा लेख्छु है! फेरि पनि धन्यबाद साथीहरु!


 
Posted on 01-27-09 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

craZuuuuuuuu nakashwori, hasda hasda mukhai dukhyo baa  
 
Posted on 01-31-09 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को नाक महात्यम साचिकै क्रेजी छ
कम्ती हसाँएको त होइन


कस्त कस्ता साउन्ड इफेक्ट जडित अदभुत नाक रैछ बा....
कहिले काही बाँसुरी पनि बज्छ हो?


 
Posted on 02-01-09 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


लौ न, यो फुच्चेले फेरि के गर्ने भयो मेरो नाकलाइ भन्दै म नाकलाइ छाम्न थाले।



"किन चाहियो आन्टिको नाक?" बाउले अलि कडा स्वरमा सोधे।



 


"आन्टिको नाक लानेssssssssssss"भन्दै फुच्चे फेरि रुन थाल्यो। कस्तो मात्तेको फुच्चे रैछ बाइ। नाक पनि झिकेर लाने बस्तु हो कतै?



 


"किन बाबा? आन्टिको नाक किन लाने?" आमाले फकाइ।

"आन्टिको नाक त क्या मजाले चुँइsssss चुँइ ssssssss बज्छ।" बच्चोको कुरा सुनेर आमाबाबु दुबै राता भए, त्यो भन्दा बढी मेरो नाक रन्कियो। कस्तो जमाना आयो? लौ सुन्नु भयो? फुच्चेले त मेरो नाकलाइ सिटि पो भन्ठानेछ। अझ मेरो नाक लगेर बजाउने रे!



 


हे भगवान! मेरो नाकलाइ सिटि होइन, नाकै जस्तो बनाइदेउ प्रभु!


 


भाग-४


भगवानको नाम मात्र के लिएकोथें। निक्कि प्रकट भइ, भगवान साँचिकै रहेछन् भन्ने झन बिस्वास लाग्यो। निक्किले मलाइ आएर अङालो मार्दा कानमा बिस्तारै फुस्फुसाँए "निक्कि! मलाइ जसरी भए पनि लग्, जहाँ भएपनि लग्।"



"के भन्याँ?" ठुलो स्वरले पो कराँउछे उ त झन। फुच्चेले पुलुक्क मलाइ र निक्किलाइ हेर्‍यो। मैले आँखै आँखाले निक्किलाइ मलाइ यहाँबाट लग् भने। उसले अलि नजिकै आएर मेरो समस्या सुनी। त्यतिखेर सम्म फुच्चेले मेरो नाक कुनै पनि हालतमा नपाउने भन्ने थाहा पाइसकेकोथ्यो र घर  जान लागिसकेकोथ्यो।



निक्किले मेरो उदार गरी।



"मेरो प्रिय सखी! आज तंलाइ संसारको आठौं आस्चर्यहरु अबलोकन गराँउछु।" त्यसो भनेको सुन्दा मेरो मुटु ढुक्क फुल्यो। निक्किको कुरा जहिले पनि सुन्दाखेरि २ ले गुणा गर्नु पर्छ र त्यसमा ५ घटाउनु पर्छ। मैले हिसाब किताब राम्रो बुझ्न सकिन। म सोच्दै थेँ, निक्किले मेरो हात समातेर यस्तो ठाँउमा लगी, जहाँ नाचगान भैरहेको थ्यो। सबै उमेरका मान्छेहरु थिए त्यहाँ। डान्सफ्लोर भनौं है एकैछिनलाइ। नाकको ड्युटीलाइ नरोकी म नाचगान हेर्न थाँले। निक्कि मेरो छेउमा बसेर नयाँ अनुहारहरु चिनाउदै थी। मलाइ गज्जब लाग्यो थरि थरिका नाचहरु देखेर, एकैछिनलाइ मेरो नाकलाइ रुघा लागेको छ भन्ने कुरा पनि बिर्सें।



"हे मेरी सखी! ती सुन्दर युबक "वारि जमुना पारि जमुना.......... " जस्तो स्लो गीतमा पनि बेला बेलामा करेन्ट लागे झैं झनझनाँउने गर्दछ। मेरो बिचारमा उनको नजिकै कहिं करेन्टको खुला श्रोत त छैन?" यस्तो कौतुहुलता अगाडि नाचिरहेको युबकको शरीर बेला बेलामा करेन्ट लागेझैँ गरी झनझनाएको देखेर उब्जेको हो साथीहरु! अन्यथा होइन।



"सखी! तेरो अपलक हेराइले ती युबक करेन्ट लागेर झनझनाउने मात्र होइन। अहिले रिङटा लागेर यहिं ढल्न सक्छ। त्यसैले मेरी सखी! उसलाइ एकोहोरो हेर्न छोडिदे। अब उता पनि नजर लगा।" निक्किले बेला बेलामा राम्रै कुरा गर्छे। मैले त्यो युबकको नाचबाट अर्को भलादमीको नाचतिर नजर घुमाँए।


भलादमीको नाच अरु रोचक थियो। उनी आकाशतिर हेर्दै दुबै हात फैलाँउदै फनफनी घुमी रहेका थिए। मेरो सानो दिमागले अझै केहि बुझ्न सकिन र निक्किलाइ सोधें।



"निक्कि! यहाँभित्र पनि कागहरु आँउछन्?"



"घरभित्र कसरी आँउछन् कागहरु? नचाहिने कुरा किन गर्छेस् क्रेजी?"



"मलाइ लाग्छ उहाँ कागलाइ धपाइरहनु भएको छ। तर म उहाँले धपाउनु भएको काग देख्दिन। के यो मेरो आँखाले पनि धोखा दिन थालेको हो?" मैले निक्किलाइ फकाँए।



"हे क्रेजी! त्यो काग आउनु भन्दा पहिले नैं धपाइने नाच हो। तँ चुप लागेर अबलोकन गर्दै जा।"



"ठिटिहरु ! लौ आओ। अब हामीहरु नाच्ने।" एकजना दिदीले निक्कि र मलाइ तान्न थाल्नु भयो। मैले हत्त न पत्त इमर्जेन्सीको लागि "टिस्यु" कोचेँ पाँइटको खल्तीमा। त्यहाँबाट भागेने उपाए थिएन। 7/8 जनाको एक ग्रुप भैसकेकोथ्यो डान्स फ्लोरमा। काग धपाउने भलादमी र करेन्ट लागेको युबक त्यहाँबाट हराइसकेका थे। निक्किले मलाइ कानैमा भनी,"बुझिस्! यो दिदी क्या दामी नाच्नु हुन्छ।" मैले २ ले गुणा गरेर ५ घटाउन बिर्से र निक्किले जे भनी सोझै पत्याँए। आफुलाइ नाच्न आउने भए पो शंका गर्नु। आफु पनि त्यस्तै लुगा सुकाको जस्तो गरेर हल्लिने मात्र हो।



फेरि अर्को थपी" उहिलेको क्लासिकल डान्सर हो नि पि.के. कलेजको।" त्यो पनि बिस्वास गरें। एकछिन कुन गीत बजाउने भन्ने छलफल भयो। आखिरमा दिदीको रोजाको गीतमा नाचिने भयो। दिदीले "आज बार्ह हाते पटुकीको कुरा गर मायालु..........." भन्ने गीत रोज्नु भयो। यो गीत कुन चाहिं नेपाली फिलिमको रहेछ। आजकाल जहाँ पनि त्यहि गीतमा नाच्ने रैछन् नेपालीहरु। दिदी बिचमा, म बाँया, निक्कि दाँया, हाम्रो अघि र पछि पनि अरु केटिहरु थिए। म्युजिक शुरु भयो, ठ्याक्कै तेहि बेला नाक पनि बग्न थाल्यो। आपतकालिन समयको लागि भनेको "टिस्यु" प्रयोग गरें। म्युजिक सकेर " आज बार्ह हाते पटुकीको" मात्र के शुरु भाको थ्यो, दिदी त मलाइ धकेल्दै १२ हातै फनक्कै घुमेर उफ्रिनु भयो, म पछाडी केटिको ढाडमाथि बजारिएं, तुरुन्तै निक्कि पनि मैं माथि लडी। दिदीको १२ हातको फन्को अझै सक्या रैनछ, धन्न गीतमा २० हातको पटुकी रहेनछ बाइ। नत्रभये हामी उठ्नै पाँउदैनथ्यौं। नाच हेर्नेहरु "उठ, उठ" भन्दैथे। उठ्दै गर्दा देखें, मेरो नाक आफै जसको ढाडमा लडेको थिँए, उसैको लुगाले सफा भइसकेको रहेछ। मलाइ उसको ढाडमा लागेको मेरो नाकको निशानीहरु देखेर लाज लाग्यो। उसले थाहा पाउनु अघि जानु पर्छ भनेर उठ्न खोजें।


 उठ्दै गर्दा मलाइ अचानक यस्तो लाग्यो, संसार निकै सुन्दर छ, यो सुन्दर संसारको सबै सुगन्धहरु मेरो नाकले अनुभुत गर्न थालेको छ। मेरो मुखबाट अचानक एउटा शब्द निस्क्यो "खुल्योssss। खुल्योssssssss।"


त्यहाँ भएका सबैले आ-आफ्नो शरीरका कहिले कहिँ बिभिन्न कारणबश खुल्न सक्ने संभाबना भएका अङबाहिरका लुगालाइ निरिक्षण गर्न थाँले।



निक्किले पनि उसको लुगा निरिक्षण गर्दै सोधी "के?"



"मेरो नाक!" मेरो खुशीको सीमाना थिएन। कोठामा ठुलो हाँसो फैलियो।


समाप्त!

Last edited: 01-Feb-09 07:59 PM
Last edited: 01-Feb-09 08:06 PM

 
Posted on 02-01-09 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prezz!


k cha mori? Long time no see.


Thanks for smiling!


Planet10!


Thanks for your comment!


mero naak khulisakyo aba! tyasaile techno music bajdaina, basuri pani bajdaina.he he he!


 
Posted on 02-01-09 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झक्कास् कथा - खुल्यो खुल्यो रे त्यो पनि डान्स फ्लोर मा - के के न खुल्यो भन्या त मुइचाँ को नाक पो रैछ।

तर कथा पढेर एउटा कुरा को त ज्ञान भयो क्रजी कै मुख बाट सानो दिमाग छ भनेर

सानो दिमाग भएपछी बाइ डिफल्ट सानो टाउको हुन्छ होला

अब क्रजी कस्तो छ भनेर गेस गरेर चित्र कोर्यो भने त टाउको सानो बनाउनु पर्ला

अनी नाक चाँही ठुलो - अब घरि घरि रुघा लाग्ने नाक ठुssssssलो नभए सानो हुने कुरै भएन नि कि कसो

एनी वे - कथा राम्रो छ भनेर भन्नै परेन - अरु पनि लेख्दै जानु पढ्ने मान्छे हामी छदैछ नि

तर एक जुग कुराउने काम चाँही गर्नु भएन - कती कुर्ने वाक्क दिक्क लाग्ने गरी पनि कुराउने हो

नेक्स्ट टाईम देखी नगर्ने है - ल चीएर्स

अनी एउटा कुरा त भन्नै बिर्सेंको

अब देखी मुइँचा लाई रुघा लाग्यो भने डान्स फ्लोर मा लाग्ने नै छेड्की हानेर लडाउने

अनी खुल्छ नाक साक सबै - किन डि-कोल्ड सि-कोल्ड चाहियो हैन

बेकारमा पैसा को मात्र बर्बाद - गज्जब को नाक रैछ मुइँचा को

Last edited: 01-Feb-09 08:29 PM

 
Posted on 02-01-09 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे!


तर कथा पढेर एउटा कुरा को त ज्ञान भयो क्रजी कै मुख बाट सानो दिमाग छ भनेर


तिम्रो दिमाग कति किलोग्राम छ हँ? कल्पनाइ गर्न नसकिने गरि चाहि नभन है। १ किलोग्राम छ भने टाउको कम्तिमा पनि २ के. जी. हुनु पर्छ। तेत्रो ठुलो टाउकोको stand  घाँटि कम्तिमा पनि ४ के. जी.....


Oh my Gosh! I can't imagine how giant lahare is..


Thanks for prompt response pasa! 


 
Posted on 02-01-09 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफै ले सानो दिमाग भन्छ आँफै कराउँछ

जती कराएनी के - एउटा कान ले सुनेर अर्को कान ले उडाउने बानी छ के -

मुइँचा ले के भन्यो भन्यो केही सुनिएन
 
Posted on 02-01-09 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेको मुँइचा भन्ने थुतुनो सिलाउन पाए नि हुने।


लौ न, हर्के,  बिस्टे र राहुल दा। छिट्टै लहरेको मुखको पनि अपरेसन गर्नु पर्‍यो।


 
Posted on 02-01-09 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख सिलाउने रे

नाक ले नि भन्छ रुघा लाग्यो भने - सुइँचा सुइँचा भनेर लोल

ल अब भन मुइँचा मनपर्छ कि सुइँचा
 
Posted on 02-01-09 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लासिक हाँसियो ! (क्रेजीको कमेडीलाई भन्दा नि आफ्नै हसाईलाई कम्प्लिमेन्ट दिया नि ! हि ही ! )


 


सिरियस्ली, अलि बढी पाठकसम्म पनि पुग्न र अलि आफ्नो परिचय स्थापना गर्न पनि मूलधारका प्रकाशनतिर लाग्नुपर्‍यो । कि त्यतैको मान्छे यता पनि सुटुक्क आ हो ? हो भने मलाई पटक्कै आश्चर्य लाग्ने छैन ।


 


Nepe


 


 


अनि क्रेजीको नाकको सम्मानमा यो चित्र


 


 



 
Posted on 02-02-09 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए लहरेको नाक पनि सिलाउनु पर्ने रैछ। अनि हेरौला के के भन्न सक्दो रहेछ।


ए, लहरे! तिम्रो "ज्या मरु"। खालि अरुलाइ जिस्काउनलाइ।


नेपे ज्यु,


धेरै पछि दर्शन पाइयो। त्यो पनि त्यति राम्रो फोटा लिएर आउनु भएछ। नाकलाइ त्यसरी स्टिमरको रुपमा सदुपयोग गर्न पाए कति रमाइलो हुन्थ्यो। फोटाको हिरो असाध्यै हेन्सम लाग्यो।


अँ। प्रकाशनको लागि सोच्नै पर्छ होला जस्तो छ है?


आजकाल हजुरको गजल पढ्न पाइएको छैन। गजलको आशामा छु म पनि।


 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters