[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरो आकाश....

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 25815 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-15-08 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

म धरातलमा छु, एक्लो र आफै संग  । म हांसि दिन्छु । किन? हुन त रोएको पनि छु । दुबै छन् मसँग । म दुबै संग छु ।

 लोग्ने मान्छेको बिश्वास सांच्चै पातलो हुन्छ । छिसिक्क केहि हुनु हुदैन । केरकार शुरु । म हजार कोशिस गरौ, अपवाद हुन कहिले सकिन । मेरो कमजोरि पनि हुन सक्छ वा प्रकृति । मैले ध्यान नदिएको पनि होईन । बिचारलाई रोकेको पनि हो । अझ भनौ बिचार रोक्ने प्रयास पनि गरेको हो । तर पनि कहिले कांहि कमजोर भईन्छ । यो मेरो आफै संगको बहाना पनि हुन्छ । तर अहिले यो सत्य बाट सबै भन्दा पिडित म नै छु । त्यसैले यो बहाना को कुनै धरातल छैन । मेरो अहिले को अवस्था न श्रृजित हो न एउटा समय को लहरसँगैको कुनै उठाव । यो पूर्ण वैचारिक भइदियो  र म यसैमा घरि डुब्दै घरि उत्रदै गर्दै छु । न यस बाट म केहि जित्ने छु । न हारेको नै छु । यो खालि बिचार संगै सुरु भएको हो । यदि बिचार संगै यस्को मृत्यु भएन भने मेरो मृत्यु पछि यो अमर रहंदैन ।

 हिजो एक्वारियम का ३ वटा माछा मरे । कारण अझै पत्ता लागेको छैन । फ्लाटको साथीले २ छाक भयो खाना खाएको छैन । दु:खी छ । ५ वटा थिए । २ अझै जिउँदा छन् । उ पत्ता लाउन खोज्दै छ । किन माछा मरे भनेर । मलाई न शोक छ न खुशि नै । २ जिउदा रहेकामा मलाई खुसि पनि छैन, न ३ वटा मरेकोमा दुख । म संसारको नियम भनेर माछाको मृत्युलाई सामान्य बनाउने असफल प्रयासका साथ मेरो साथीलाई आध्यात्मीक दिलासा दिने दाउमा पनि छैन । फिलोसोफि उसले मेरो भन्दा धेरै पढेको छ । मेरा दिलासा हलुका हुने छ उसको पीडाको अगाडि ।

 एक किसिमले उ भाग्यमानि पनि छ । उसलाई पीडा हुन्छ । सत्य सार्वजनिक छ, उसलाई खुशि पनि हुन्छ । उ उफ्रन्छ पनि । हांस्छ । रुन्छ । जीवनका भोगाई हरु भोग्छ । म के त? जिवन देखि निराशावादि? फेरि के यो? किन कम्प्यारिजन । मेरो अवस्था अर्कै छ । म जोगि होईन । तर मेरा यी दिनहरुमा मलाई यी व्यवहार ले छुन्न । मेरो वर्तमान यहि हो ।

 त्यो दिन पनि कुकुर यसरि नै भुकेको हुदो हो । मैले न सुनेको हुन् सक्छ । बिचार को द्वन्द थियो । उनि त्यसरि नै आएकि थिईन् । म आफ्ना तर्क संग त्यसरि नै उभिएको थिए, रुखो । म त्यस्तो बिचार प्रधान पनि थिईन । मलाई तर्कमा जित्नु र हार्नु ले खास फरक राख्दैन थियो । म माया गर्छु भन्थीन्, उनि पनि।  को कति सत्य मा  थियो । दैव जानोस, यदि भए देखि, नत्र कसैलाई थाह छैन ।

 उनि उनका बिचार राख्दै गईन् । मलाई उनका कुरा डबलिमा राखिएका सजावट जस्तो लाग्थ्यो। कुनै राम्रा,  उपयुक्त, राख्न पाए हुँदो हो जस्तो लाग्ने, कुनै अर्थ न बर्थका । यस्तो पनि किन बनाएको जस्तो लाग्ने ।  जस्ता भए पनि, अलि पर तलेजु को मन्दिर पुग्दा कुनै पनि सम्झना मा नरहने ।

 उनी रहरले भन्थिन् या मायाले, म खालि सुनि मात्र रहन्थे । जित उनैको हुन्थ्यो र उनलाई जिताएर म उनलाई जिति रहन्थे, अनवरत । उनी रिसाउँथीन् म बोरिन्ग छु भनेर । म हासी मात्र दिन्थे । उनी मुख बिगार्थीन् । म तत्व खोज्दथे मायाका ।

 रुघा लागेको थियो उनलाई । भदौको गर्मी मा पनि । म कहां भदौ को कुरा गर्छु । जेठ हो क्यार । आँप पाकेका थिए । गर्मी गर्छ, धेरै नखानु भनेर आमाले भनेको  मैले कहिले माने र ! कुलेश्वर फलफुल बजारमा सस्तो त थियो तर  ट्याक्सि खर्च नै मंहंगो । नेपाल यातायात सम्म ल्याउन मलाई नै बोकाईन् उसले। मलाई के को लाज । उनि साथमा भएपछि । चढि त हालियो । मीठो त हुने तर साह्रै फोहोरि बनाउने खाँदा । फेरि,  मैले किन खान्थे र उनलाई भनेर किनेको । एकै ठाउँ बसेर कहिले खाने ! उनि सँधै भन्दथिन् । म खोई के भनि दिन्थे । रहर मेरो नभएको कहाँ हो र । सबै कुरा मिलाउन पर्दथ्यो ।

 फोन गरेकि थिईन्। काममा कसरि उठाउने । प्राईभेट ब्याङ्क।  काम सकेर फोन गरेको थिए । केटा हेर्न आए रे । अहिले बिहे गर्न मन छैन रे ।  कस्तो कस्तो लाग्दछ मलाई, हाम्रो समाज बेला बेला । किन हेर्नु पर्ने होला । नहेरि बिहे गर्न मिल्दैन ? वा अर्को कुनै राम्रो तरिका छैन । हुन त राम्रो भनेको के हो र? खालि बिचार  कुरा हुन् । अभ्यस्थ कुरा मा धेरै प्रश्न कहिले पो गरिन्छ र !!

साउन संगै कुरा सेलाएर गयो । उ सामान्य भएकि थिईन्  ।

म नामैले माया गर्दथे । उसका साथीका साथीले आफ्नो-आफ्नो बोलाउने नाम राखेका थिए । मायालुलाई बोलाउने मायाका निजि  नाम । मैले खोज्न सकिन । वा भनौ जानिन । म नाम ले नै बोलाउँथे उनलाई । त्यो दिन पनि बोलाए । उनि बोलिनन् । मलाई फकाउने कला कहां आउँछ र । के भयो भनेर नाम ले बोलाई रहे । उनि नबोलेपछि, डर पनि लाग्यो । आवार मधुरो हुदै गयो । किन हुन्छ यस्ता कुरा हरु । खोई म यकिन गरेर कहिले भन्न सक्दिन । म भावना मा कहाँ लेखाजोखा गर्दथे र । उनी एकै छिन मा  आफै फकिन्थिन् । मलाई राहत हुन्थ्यो ।

मीठाइ मलाई मन पर्ने । उनी गुलियो मन पराउँथिन् ।  कसरि भेटियौ पनि थाह छैन ।

उ पनि नबोल्ने म पनि कमक्कल । खोई कसरी जुधेको थियो हाम्रो कुरो । जागिर पाईनन् उनले । म ब्यांङ्कको काम मा लागे ।

साह्रै चित्त दु:खाएकि, राम्रो पढेर पनि जागिर नपाएको मा ।  भेट्न पनि गाह्रो मान्थिन त्यो बेला । बल्ल तल्ल प्रोजेक्टमा पाईन । अनि दंग, अनि अथाह कुरा । अनि खुसी । कति सजिलो हुने छोरी मान्छेको मन । कति स्पष्ट र कति सरल । म त्यस्तो कहिले भईन । म बिगत मा झुण्डिएको हुन्छु, वर्तमान बितिसक्छ ।

मलाई उनले के लगाएको मन पर्ने भन्ने कुरा नै छैन । सबै मन पर्ने । उ त साथी थिई । न लवाई संग मतलव, न सुर संग । केवल साथ चाहिने, बाकि सबै कुरा  प्यारो हुँदो रहेछ । शायद माया भनेको यसै मा हुंदो हो । बाहिरि रुप छोडाए पछि रहेको आकर्षण । एक्लिएको मनले मागेको साथ । अनुपस्थितिमा खट्किने दौतरि ।

उ त्यस्तै थिई  । केटि साथि पनि खासै नभएकि । हामी किन कसरि नजिकियौ । खोई थाह पनि छैन । उसको सुताई उठाईको समया मलाई याद पनि हुन्न थियो । सुति रहेकि थिए, तिम्रो फोन ले उठायो भन्दथिन् । उ नियम मा नै बस्दिन थिईन् । दिउँसो सुत्नु उसको बानि । उनलाई खोई समयको कहिले होश भएन 

खोइ के हुन्थ्यो । उनि पनि हराउँथिन् कुरा कुरै मा बेला बेला ।  एक दिन यहि लेख्दै गरेको कलम दिएकि थिई । मेरो कलम पुरानो भयो भनेर । मेरो जन्म दिन थियो । उनले शुभकामना  भनिन्। मैले लिए । म जन्मदिन मनाउँदिन । उनलाई थाह थियो । मेरो लागि एउटा अर्को दिन मात्र । उ पनि उस्तै । तर किन हो, त्यो दिन उसले मलाई उपहार दिईन् ।

 साथीले आज, ४ वटा माछा किनेर ल्याएछ । रातो र पहिलो । खानामा हिसाब मिलेन र मरेका रे । सफा गर्दै थियो । पानी कोठा भरि । मलाई बरु दिंङ्ग दिङ्ग लाग्यो । त्यसै उभिई रहे । उसले भात खायो । म त्यसै झोक्राएर बसे ।

 फोन नगर्दा रिसाएकि हुन्न थिईन् । तर त्यो दिन मेरो मन पनि कस्तो कस्तो थियो । खोई किन मलाई खल्लो लागेको थियो ।

 मोटरसाईकल को स्पार्क प्लग बिग्रिएको थियो । सिटमुनिको टुल बक्स हराएको रहेछ । मलाई होश नै भएन । उनले  मिस कल कहिले नगर्ने त्यो दिन  किन हो गरिन्  । बनाएर पुगिहाल्थे । थापागाउँको ओरालोको पसल पुर्याउदा ढिला भयो । उ रिसाउँदा बोल्दिन थिईन् । म नामले बोलाई रहन्थे ।

 उनी कुरि रहेकि थिईन् । बल्ल बल्ल स्पार्क प्ल्ग फेरेको । अनि पुगे । के भयो भनि, एक्सिडेन्ट भयो भनेर डराईछ। मोटरसाईकलमा हिड्नु पनि डर हुन्छ । हिड्ने भन्दा कुर्ने लाई सास्ती ।

 साथी भनेर चिनाईन् । म झसंङ्ग भए । मेरो मनले शंका गर्यो । अनुहार मा बास्तविक हांसो आएन मेरो ।  मलाई पल हरु गाह्रो हुदै गए, एक पछि अर्को ..............

to be continued...

meaninglessthinkings@somewhereondearth

Last edited: 16-Oct-08 12:08 AM
Last edited: 16-Oct-08 03:39 PM

 
Posted on 10-22-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramro lagyo.  :)


 
Posted on 11-14-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ur words are amezing,,,the way u start and then the wat u end,,,its mind blowing,,,i just love ur every srijana,,,perfect,,,i always found completeness in ur lekh
 
Posted on 11-16-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता गहिरा गहिरा कुरा !!!!

हजुरलाई त कथाको पनि गुरु मानेर लेख्न शुरु गर्नु पर्यो!!!  


 
Posted on 11-17-08 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters