[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बिर्सन नसक्ने क्षण

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 22102 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-13-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्सन नसक्ने क्षण

साझामा दिपीकाका पूजा र सारिका जस्ता साथीहरुको बयान सुने पछि, मेरो मानसपटलमा एउटा पुरानो क्षण फेरि जिवन्त बनेर आएको छ! साथीले त सुखमा दु:खमा साथ दिन्छन्, म उसलाई साथी भन्न कहाँ सक्छु र ! उ त बस् मेरो जीवनमा केही समयको लागी आई, क्लासमेट बनेर, अनि कहिले बिर्सन नसकिने, त्यो बेला मा असाध्यै चित्त दुखेको अनि अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्ने घटना दिएर गई ।

 

कुरो आज भन्दा करिब, १४ वर्ष अघिको हो जस्तो लाग्छ अहिले हिसाब गर्दा, त्यतिबेला म तीन क्लासमा नयाँ स्कुलमा भर्ना भएकी थिएँ । म सँगै एउटै बेन्चमा बस्थी ऊ, निशी, लाउरेकी छोरी भएकीले होला, मेरो बाबाले ब्रुनाईबाट पठाइदेको भनेर कहिले नयाँ ज्योमेट्री बक्स देखाउँथी, कहिले लामो, घुम्रेको पेन्सिल । म चुप लागेर “ए..” भन्दै हाँसिदिन्थें । मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी, त्यो मलाई राम्रो थाह थियो !! “ आज त निशीले क्या राम्रो पेन्सिल देखाकी नि,”  स्कुलका अरु कुरा सुनाउँदा निशीका कुरा पानि सुनाउँथें म बा-आमालाई । “ तिम्रा बा परे लाहुरे हुने भो नि यस्ता सामान, मेरा बा ता चाउरे हुन्” भनिनस् त? बाले हाँस्दै भन्नुहुन्थ्यो । हामी सबै जना हाँस्थ्यौं अनि आमाले मेरो कपाल मुसार्दै भन्नुहुन्थ्यो “ यो घर बाघ, वन बिरोलोले के भन्न सक्थी “ । बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा ।

 

नयाँ स्कुल जान थालेको २ हाप्ता जस्तो पछि नै होला, मेरी सानीमा काठमाडौं आएर फर्किने दिन थियो, उहाँले म स्कुल जाने बेलामा “ ला! चकलेट किनेर खा “ भनेर १० रुपिंयाको नोट दिनुभयो । मैले त्यो नोट सम्हालेर राखें ।  स्कुल पुगेपछि, निशीले आफ्नो ब्यागबाट ठूलो डेरिमिल्क चकलेट निकालेर देखाउँदै भनी –“ हेर म सँग कत्रो क्याडबरी छ बाबै, लोभ गर्ने होइन है, दिन्न म त !” त्यो दिन त मेरो फुर्ती पनि कमको थिएन “मसँग नि दश रुपियाँ छ, किनेर खाइहाल्छु नि खान मनलागे” मैले भनें । “अँ होला, खै देखाउ त” मलाई नपत्याउँदै भनी उसले । मैले पनि ब्यागबाट दश रुपिंया निकालेर देखाइदिएं । उसले छक्क परेर हेरी । अनि ओठ लोपार्दै भनी –“ यस्तो जाबो १० रुप्यामा नि आउँछ होला नि क्याडबरी” ।

हाम्रो स्कुलमा आफ्नो क्लासरुम आफैं सफा गर्नु पर्थ्यो, एकदिन मा १० जनाको पालो हुन्थ्यो । त्यो दिन हाम्रै पालो थियो । सकिन लागेको थियो काम, निशी कराउन थाली “ मेरो ब्यागको  १० रुपिंया छैन, कसले चोर्यो, म सबको ब्याग चेक गर्छु । “ उसले पहिले अरुको ब्याग चेक गरी अनि म सम्म आई । अहिले सम्झँदा लाग्छ, निशी उमेर भन्दा धेरै बाठी थिई । “ओ हो यहां छ मेरो दश रुप्या, येल्ले पो चोरेकी रैछ “ त्यस दिन भन्दा अगाडि अनि त्यसपछि पनि कहिले कसैले नलाएको आरोप लगाई निशीले मलाई । “त्यो त मेरै हो नी “ आँखा भरि आँशु पार्दै भनें मैले । “ अँ हो, मेरो रुप्या मा नि यस्तै दाग थियो, यही हो मेरो रुप्या म चिन्दिन र” उसले भनी । “तिमी कस्तो नराम्रो मान्छे रैछौ, पख म यो सब कुरा म्यामलाई भन्दिन्छु..” रुँदै अनि स्टाफ रुम तिर जाँदै भनें मैले । अरु सबै साथीहरु मूक दर्शक बनेर हेर्दै थिए, भनुन् पनि के, उनिहरुले मलाई राम्रो सँग चिनेका पनि त थिएनन् ! म स्टाफ रुम तिर गएको देखे पछि निशीले मलाई रोक्दै भनी – “ ल भैहाल्यो, यो अहिले तिमी नै राख, मलाई भोली ५ रुप्या ल्याइदेउ, आधा आधा गरौं । “ “दिन्न म ५ रुपिया पनि, किन दिनु, यो मेरो आन्टीले मलाई देको पैसा हो, आज नभए पनि भोलि त म म्यामलाई भन्दिन्छु, भन्दिन्छु “ उ डराएकी देखेर अलि दह्री हुँदै भनें मैले पनि । निशी मलाई आँखा तर्दै आफ्नो होस्टेल तिर गई ।

त्यसदिन मेरो मनमा ठूलो चोट लागेको थियो ! आफूले कहिले सोच्न पनि नसकेको आरोप लगाएकी थिइ उसले मलाई । त्यही सम्झँदै, रुँदै रुँदै घर गएँ म । “ त्यस्ले मलाई चोर भनी, म त्यो स्कुल मैं पढ्दिन के, म पुरानै स्कुल जान्छु नि न प्लीज, म त्यो स्कुल जान्न” बा-आमालाई दु:ख दिंदै रुन थालें म । “यस्ता साना तिना कुराले स्कुल नै जान्न भनेर कहाँ चल्छ भन् त ! यस्ता कुरालाई सहन, सामना गर्न पो जान्नु पर्छ, जिन्दगीमा अझै कति स्कुल कलेज जानु छ, कति मान्छेसँग भेट्नु छ, सबै राम्रा मान्छे कहाँ भेटिन्छन् त!” आमाले सम्झाउँदै भन्नुभाको थियो मलाई । “भोली पनि केहि भनी भनें, पर्सी तेरो क्लास टीचरलाई भेटेर कुरा गर्छु म, केही हुन्न नडरा, गल्ती नगरे पछि डराउनु पनि पर्दैन” बा ले ढाडस दिनु भो ।

 

भोलीपल्ट बिहान क्लास टिचर आउने बित्तिकै निशीले जुरुक्क उठेर भनी – “म्याम, चेली मसँग एकदम झगडा गर्छ, हाम्रो सिट चेन्ज गरिदिनु न! “ मैले छक्क परेर हेरें । “हो  चेली! तिमीले यो सँग झगडा गर्यौ?” म्यामले सोध्नुभो । म आफ्नो सीटबाट उठें तर केही बोलिन, त्यसबेला निशीको पोल सुनाउने हिम्मत मलाई किन आएन मलाई थाह छैन । कसैले म बोलेको त राम्रोसँग सुनेका थिएनन् होला, झगडा गर्ने त प्रश्नै उठ्दैन, शायद यही कुरो बुझेर म्यामले भन्नुभो – “ यो निशीपनि कसै सँग मिल्न सक्दिन भन्या, ल आज  देखि पुनम र निशी बस्ने, चेली तिमी कामनासँग बस है!”

त्यसदिन देखि न निशी म सँग बोली, न म नै गएँ उसँग बोल्न । चार क्लास पछि त उसले हाम्रो स्कुल पनि छोडी । उ अहिले कहाँ, के गर्दै होली, मलाई केही थाह छैन, तर कामना र म आज पनि एकअर्काको निकै राम्रा साथी हौं ।

 


 
Posted on 06-16-08 6:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well crafted  and well toned. "बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा । " साचै चेली को कथाले स्कुल लाईफ को याद आयो। कस्तो राम्रो लेखेको भन्या

 
Posted on 06-16-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे दा, हजुरको त अचेल दर्शन पाउन मुस्किल भो नि!! बिजी हो? राम्रो मानेर पढिदिनुभएको मा धेरै धेरै धन्यवाद!!!

Saru_bhakta ji, Thanks.

_SAAJAN_ ji,  I feel bad to hear that u too had been victim of such cases. I was a kind of timid girl, so could not reply with tit for tat. 

pjna,  hera na tyo moti thi, ma dubli patali, garna nai k sakthe ra ??? . U pari laure ki chhori, ma chhaure ki .....

fucheketo jyu, आफूलाई परेको लेख्न झनै मजा आउँदोरैछ, केही सोच्नै नपर्ने नि खासै !!!

at_its_best ji, Thanks hai.

 

 

 

 


 
सान्नानी
Posted on 06-16-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो कुरा चाँही चेलीको स्कुल सँग मेरो पनि पुरानो नाता छ जस्तो लाग्यो, हो कि हैन khai?

अनी दोस्रो कुरा चाही मलाई पनि यस्तै यस्तै कुरा परेको छ चेली २-४ पटक। तेती बेला आफु निमुखा भएकोमा अहिले सम्झिदा कहाली लाग्ला जस्तो हुन्छ। मलाई त टोल्का कुनै कुनै दिदिहरुले नि त्यस्तै गरेका छन अहिले सम्म पनि ति घटनाहरु तिर झै मानसपटलमा गाडीएका छन।

Anyway, your have written it nicely cheli.

 
Posted on 06-16-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको स्कुल कुन हो र? खुसुक्क भन्न मिल्छ ?

साँच्चै, यस्ता कुरा सबैलाई पर्दा रैछन् है, म त मलाई मात्र भन्ने सोच्थें ।

Thanks for reading and please let me know about your school hai, के था, एउटै स्कुलका चेलीहरु पो  हौं कि हामी !!!  


 
Posted on 06-18-08 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These sorts of activities are known as school bullying. Many children become victim of these activities. So, I think they should be taught in school about how to tackle these conditions.

Good writing Cheli. Keep it up.

 
Posted on 06-19-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks a lot enthusiast. I do think that, the children should be made bold and brave enough to handle those situations and such kinds of people.

I think many organizations are conducting awareness campains against such kind of activities called "School Bullying" these days.

 


 
दशैँ तिहार
Posted on 06-19-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलि,

 प्रस्तुती दामी छ।

अनि त्यो बिर्सन नसकिने छेयडको दश रुपैयाको चकलेट नै खाइयो कि खुत्रुकेमा पो हालीयो कि, संझिरा भे यसो के भएछ बताए नि राम्रै हुन्थ्यो क्यारे।


 
Posted on 06-19-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैं तिहारज्यू,

त्यो कुरामा त मैले विचार नै गर्या थिइन भन्या, त्यो बेलामा खोई के गरें पनि थाह छैन!!! चकलेट नैं खाएँ होला शायद!!  .....

 

पढिदिनुभएकोमा धन्यवाद!!!


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters