[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 169289 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-10-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन! म केही दिन चौतारी आउन नभ्याएको त के के भैरा’रैछ त यहाँ!! :D सबै गाम्लेलाइ मेरो यत्रो ख्याल गरेर खोजी गर्नुभएकोमा धन्यवाद है।

ठूल्नानी, मैले तिम्रो माया मारेको कहाँ हो र, अति व्यस्त थिएँ क्या काममा, त्यसैले आउन सकिनँ। तिमीलाइ छोडेर अरूको पछि लाग्ने त सोच्या नि छैन। लौ यौटा कविता लेख्दिन्छु बरू तिम्रो लागि

तिमी पर्खिरहन्छौ मेरो बाटो भनेर
म लम्कि लम्कि अघि बढ्दै थिएँ
तिम्रो हृदयदेखिको सन्देश सुनेर
म चम्कि चम्कि उकालो चढ्दै थिएँ

मेरो व्यस्ततालाइ तिमी उपेक्षा नसम्झ
मेरो अनुपस्थितीमा क्यै छैन रहस्य
हाम्रो भौतिक दूरीलाई तगारो नसम्झ
जिन्दगी रहे भेट हाम्रो हुनेछ अवश्य :P

सबैले एक से एक रमाइला कुराहरू गर्नुभा’ रैछ मेरो बारेमा, ती सबको लागि फेरी धन्यवाद।:)
मास्टर्नी दिदीले त मेरो फोन नं समेत राख्दिनुभएको :D
ल, यस्सो फुर्सद निकालेर आउँदै गर्नेछु, अनि सबैलाई गाईजात्राको फेरी शुभकामना!
 
Posted on 08-10-06 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौनतमा पिल्सिएको मेरो आत्मा
तिम्रो खुशीको आसुले रुजिरहेको छ
एकान्तमा रुने यो मेरो मन
तिम्रो निश्च्लतमा बहकी रहेको छ


यो चाही बिशेष एक जनलाइ ।
 
Posted on 08-10-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि फोलराज् चै को परेचन् नि इस्कुलाँ नाम् नलेखाइ कबिता भन्ने ,कति जान्ने होला । चौतारीमा जाच् दिनु पर्च, नाम् लेखाउनु पर्च ,फि तिर्नु पर्च, एड्मिसन् गर्नु पर्च अनि बल्ल कबिता भन्न पाइन्च?? :पि
 
Posted on 08-10-06 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला................................ मलाई त थाहा नै थेन्, चै आएर अब के हुन्छ? हाम्रो गामको स्कुलाँ त फी तिर्नु पर्थेन्, नाम पनि लेखाउनु पर्थेन्, बरु पढ्न आओ मिठाइ दिन्छु भन्थे के रे ?
:p
 
Posted on 08-10-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तिम्रो गाम्को इस्कुल् हो र जान्ने कहि नभा ,अनि खुरुक्क न धान् बेचेर पैसो ले'र बा लाइ ले'र आउ अनि मिस् लाइ भेट पढ्ने हो भने , गीत् मात्र गाम्ने हो भने इस्कुल् किन आम्नु नि? :p
 
Posted on 08-10-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर एक छिन यसो कता गको थिए चौतारीमा त कति जम्मा भे र हल्ला खल्ला गर्दै रचन । मिस पनि आउनु भच, अब किलास राम्रो सं चल्ने भो । फुलराज पनि आचन नया मुन्छे । पन्टे दाइ चाइ खालि रौसि खाने कुरो मत्रै अर्चन। बाटा राम्ररी हिन है पुन्टे दाइ , फेरी भिर बाट गुल्टेउला जाडाको तालमा ।
यो चौतारी १५ - १५ दिनमा बनाउनि भनेको त १ हप्तैमा भरिएछ । कहिले १५ दिनमा ३०० पुग्न गारो, कहिले १ हप्तामा । यसो चौतारी बनाउन टाइम मिलार बनाउदा ठिकहोला, ट्याम मिलासि अरु मेसो नि पर्ला भनेर हो तेसो भनेको । अइले नै ३६५ भो, यो शन्सरबार खोल्नु पर्ला अर्रको चै , कसो गाउलेहरु ?
 
Posted on 08-10-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज रमाइलो अरेचन, केटा'टीले।

ओइ जिम्माल, ती भुराभुरीको मास्टर्नीलाईँ चैँ बातै पिच्छे नमस्ते रे। म झन परउढ कक्छेको सरलाई त तातो भुत्लो नदिनी। बबेदाइलाई लगा'र तिम्रा हेकुला सेक्न लगाम कि खुरुक्क नमस्ते अर्छौ हँ? :p
 
Posted on 08-10-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा बिचरा फुलौरे (floraj) लाई तितौरिले सातो लिदिइन्....नौलो मुन्छेलाई क्यार्न जिस्कामछौ हँ तितौरी? झन नौलो मुन्छेलाई त ठिक ठिक कुरो पो भन्नु पर्छ। लाउदैन फुलौरे कत्ति नि पैसा लाउदैन यो इस्कुलाँ। साझा इस्कुल हो तर नाउँ लेखा'र रोल लम्बर चाइँ लिनु पर्छ रे आजकल।

क्यार्नु भउते, अब केजाति देखाम्दै मेरो आँगनाँ माटोमा तिम्ले लडिबुडि खेल्या अस्ति जस्तो लाउछ, अब शहराँ ग'र पडे लेखेर ह्यैँ माष्टर बनेछौ क्यारि नमस्ते अर्नु, बरु तिम्लेनै " जिम्माल बा नमस्ते, हजुरकै गामको हजुरकै आँगनाँ खेलेओ फुच्चे आज माष्टर भा'छ पड्न आउनुस" भन्नु त कता हो कता नमस्ते अर भन्छ बा!!
 
Posted on 08-10-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा नौलो मुन्चे देखेर जिस्काको है, फुलौरे ,आउ आउ इस्कुलाँ केहि लग्दैन दिन् को एक् पटक् गीत् गाउ हुन्छ । :-)
 
Posted on 08-10-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए तितौरी तिमी र म मात्तै हो कि के हो चौतारिआँ अइले? कोई छैनन् त!
लु तिमी र म मात्तै हो भने मलाई गट्टा खेल्न सिकाऊ :)
सानैदेखि सिक्न मन छ मलाई गट्टा खेल्न.....क्यार्नु जइलेनि केटी मुन्छेले खेल्नि भन्छन् सिक्न नि गाह्रो ला'र अइले सम्म जान्या छैन :)
 
Posted on 08-10-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाकियो नारन! मुख आँऽऽऽ अर्न नि ताकत छैन। गुड नाईट!

ए, साँच्चि, निरे! तो फोटाको उरन्ठेउला बज्जे म होईन है! न ति नखरमाऊली आईमाई तिम्री जेठी भाउजु हो! खप्पर सिनित्तै देख्दैमा पुन्टे दाई भुनेर झम्टेलाऊ, अनि बज्जेले जिदानेले माटाराज्जेको छातिआँ ठोक्द्‌या झैं अरि दनक खाऊलाऊ नि! :p

ल, भोलि भेटम्ला सबैलाई! ३-४ सर्को हुक्का तानेर सुतम अब।

गुटुटुटुटुटुटुटुटुटुटु
 
Posted on 08-11-06 3:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आए मु' आज नि' चौतारीमा । आज त छुट्टी हैन क्यारे, पैला हाजिर अरिहालम।

रोल लमबर १०१ ग्वाँचे .............................. आछु' मिस् ।

हिजो बताइहाल्नु भो क्यारे, जिम्मालबाले कसरी बुसाँ चडेर सहर् पुगियो भुनेर। झन् गाम्का ठिटा-ठिटिहरुले गिल्ला अर्छन् भुनेर सप्पै कुरा नबतायेको त पारिहाले नि बुढाले भुङ्रोमा। हैन भनु भने कसरि हैन् भनुम्, भा ठ्याक्कै जिम्माल्बाले भुन्या जस्तै हो, हो भुनु भने नि कसरि हो भनुम्, सबैको अगाडि बेज्जत खराब हुने। जे पर्ला पर्ला, लौ जा बाटो भरि आन्ध्रा बटारेर् छाद्दै गा'हो, क्यार्नु अब् कैले पैला यसरि बुसाँ चड्या होइन, सारै दुख पाइयो। फेरि पुन्टे दाइले पनि आफ्नु मनाँ भडास् पोखि हाल्नु भो। धरोधर्म पुन्टे दाइ बाटो भरि तपाईंलाई नै सम्झिरा'थे, छादन बाट फुर्सद हुने बित्तीकै । सत्ते पुन्टे दाइ, बुढालाइ मैले आफै लियेर गा' हैन्, बुढा आँफै आगनाँ आएर हिँड मोरा भनेसी क्यार्नु, जानै पर्‍यो, आफु भन्दा मान्नु पर्ने मुन्छे, गाम्का जिम्माल । रहर त काँ थ्यो र बुढासँअ शहर जाने, आफ्नु झन छुट्टीको दिन भुन्टिसँग काफल टिप्न जाने पिरोगिराम थ्यो, भुन्टी पनि रिसैरा'छे । आफु गाम्मा बद्मासि अर्दै हिँडे'नि आफु भन्दा ठुला-वडाले भुनेको त मान्छु नि ।

अस्ती नै तपैइले नि जुरेली तपाइसँग रिसौँदा लप लेटर र एउटा कृम-पौडरको बट्टा मेरै हाताँ'ट पठाउनु भा'हैन उस्को घराँ । त्यो तपाईंको राक्षस् जेठान्ले भेट्टाइ हाल्यो नि । तपैँले पो चिट्ठिआँ नाउ नलेख्नु भा र'छ र पो मोराले था'पायेन् कल्ले लेख्या हो भुनेर् । मलाइ त तँ हुलाकि बन्ने मुर्दा भन्दै साफ् कोदो चुटैइ दि'हाल्यो नि बज्याले, परालै बनायेर् छोद्या' थ्यो। तेस् भन्दा पैला झन् बाटाँ भौतेले झन्नै था पा'र ढाड फुस्काइद्या'थ्यो । तै त्यो दिन भौतेलाई छेर्पाटी ला'रछ र मलाई तेइनिर बसिराख भन्दै झाडी तिर लाग्याथ्यो, मेरो पालो बायु पन्खी घोडामा लागेर टाप कसिहाल्याथे । अब तपैइ, जुरेली अनि भौतेको त कुरा मिलिहाल्यो, मलाई चाँही अझै खोज्दैछ'रे मोरोले । दुई मैना भई सक्यो भौतेसँअ लुकेर हिड्दैछु । कुन दिन भेट्टाएर भकुर्ने हो मोरोले । अब चाँही भौतेलाई सेतो झन्डा देखौनु पर्‍यो जस्तो छ एइ चौतारीबाट । लौन भौते दाई, तपाईंहरुको चैन्जो कुरा मिलिहाल्यो, जुरेली पनि ओथारो बसी सकिन रे, मलाई चाँही छोडिदिनुपर्‍यो, बरु तपाईंको नि' लप लेटर कसैलाई दिनु छ भने म लग्दिउला । लौ न गाम्ले हो भौतेलाई सिफरिस् अर्दिनुपर्‍यो ।

लौ मार्यो कुरा त काँ बाट काँ पुगिसकेछ, झन जिम्मालबासँग शहर पुगेछी के के भो भनेर भुन्छु भनेको त, हाफ ट्याम भैसकेछ । लौ मु त गए तल खोला तिर्, एक सर्को लाउन, बाकी कुरा हाफ ट्याम पछी गरौँला ।
 
Posted on 08-11-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे कति झुतो बोल्न सकेका होलान । मास्टरनी दिदी ले झुतो बोल्ने लाई सिस्नो पानी लौनु हुन्छ । सबै गाम्ले हरु ले चित्रे तल्लो गाम्की थिती हरु को पछी लागेका छन रे भन्दै झालि पित्दै थिय। हावा नचलि पात् हालिदैन चित्रे। जे भये नि कबित त रम्रो लग्यो। धन्यबाद्।

फ्लोरज् को कबित नि रम्रो जग्यो। तपै को गाम् मा त मिथाइ दिन्चु पद्न आऊ भन्त्ये तर हाम्रो गाम् मा त् मिथाइ होइन मस्तेर्नि दिदि ले सिस्नो पानि दिनु हुन्च गृहकर्य गरेन् भनि। मस्तेर्नि दिदि लै भनेर् चित्तो नाम् लेखौ र् आफ्नो रोल् # लेउ।

ल म नि हजिर् गरे।
रोल् # ६ थुलिईईईईईईईईईईई
हाजिर्‍र्‍र्‍र्‍र् गुरु आमा।
 
Posted on 08-11-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह ग्वाँच (मलाई नेपालिमा gwache लेख्न नै आयेन)
हसाम्चौ यार्,
तिमि मदन् कृश्न-हरि बंशको चेला त हैन?लेख्दै अरम्, पढ्दै अरुम्ला ।

 
Posted on 08-11-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानी,
चित्रे लाई पितने भए मलाई भन है,
मेरो हात चिलाई रा'छ ।

 
Posted on 08-11-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते हुन्छ चित्रे लाई पित्ने सबै भन्दा पहिला तपाईं नै बोलाम्ल । हुन्छ भने एउटा लामो बास्को लथी को ब्यओस्था गर्नुस् है । आझै यो चित्रे झुतो होल्दै छ । :P
 
Posted on 08-11-06 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानी,
यु दोन्त वोरी,
त्यो चितरेलाइ बास् को लौरी ले हैन कि, मेरो हात्ले पित्नु पर्च ।
त्यो पाजी गदा ले हाम्री थुल्नानी लाइ तेसै दोका दिन पाम्च ?

 
Posted on 08-11-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दस् बार बर्ष्'छि सहराँ आको, मेरी बास्सै,जता हेर्यो मुन्छे नै मुन्छे । फेरी पैला बा'सँअ आँउदा खेरी कता'ट आयियो कता'ट्, हिड्दै आ हो । फेरी तेती बेलाँ सप्पै कुरा याद्'नी छैन, सानै थे । कलौकी भुन्ने ठाम्मा छोड्दि हाल्यो बुसले । अब भौतपुर जाने कसरी ? जिम्मालबाका पनि गाम्मा मात्तै कुरा बढि रेछन्, शहराँ पुगे'सी त बुढा नि रणभुल्लमा परिहाले नि । आफ्नु त अझै नि भुँडी भित्र कबड्डी चलिरा' नै थ्यो तर क्यार्नु भौतपुर जाने गाइजात्रा हेर्न भनेर आसी, यतै तिर अल्मलिने कुरा भेन्' जसरि भे नि भौतपुर त जानु परिहाल्यो । यस्सो हेर्छु त जिम्माल बुढा त छैनन वरिपरि, लौ बित्यस् पार्‍यो बुढाले मलाई पो एक्लइ छोडेर कता मुन्टियछन जस्तो लाग्यो । यत्रो ठुलो शहरआँ अब कसरी जिम्माल बुढालाइ खोज्नु ।

रुन मात्रै बाकी'थ्यो, बुढा त पर बाट हस्याँङ फस्याँङ अर्दै दौडिँदै यतै तिर पो आउँदै'रैछन । हामीलाई मिसले किताबआँ पढाउनु भा' लिग लिग कोत को दौड्मा पो भाग लिनु भा'हो कि जिम्मालबा ले जस्तो लाग्यो, फेरी राजाँ गाम्माँ जे पुनी हुनसक्छ । अस्ती नै रिकुटेको रेडिउमा के के न जात्ती राजाँ गाम्मा आन्दुलोन भ्यो रे भन्ने सुन्या'थे, राजा पनि नयाँ बनाउँने हो कि के हो यस्तै भन्दै थे । हाम्रा जिम्माल बा पनि राजा बुन्ने दौड्मा पो भाग लिन आ'रछेन काड्मानु जस्तो लाग्यो, फेरी गाम्का जिम्माल हुन्, पैला अड्डाँ नि डिठ्ठा हो कि खर्दार भा मुन्छे, राजा हुन त सकिहल्छ्न जस्तो पनि लाग्यो । यसरी नै हाम्रा जिम्मालबा राजा भेर काडाँघारिआँ भइसि चराउँदै अनि म चाँही पछी पछी पाडो डोर्‍याउँदै गरेको कल्पना गर्दैथे' मेरो हात तान्दै लौ हिंड मोरा छिटो भन्दै बुढाले मलाई पनि आफुसँअ डोर्‍याउँदै लगे । बुढाले मलाई पनि दौड्मा लिएर जान ला पो हुन कि जस्तो लाग्यो, न पर्धन्मुन्त्री को पनि दौड पो हो कि, के जान्नु आफुले राजाँ गाम्का कुरा । बरु यस्तोमा त पुन्टे दाई लाई पो ल्याउनु पर्ने, सबैलाई पछारिहाल्थे नि ।

कलौकी भुन्ने ठाम्बाट दौडेको तिउपुर्सेर भुन्ने ठाम्मा गएर रोकियौं । आफ्नु त भुँडी भित्र भैरेको आन्दुलोन पनि साम्सुम भइ सकेछ दौडिँदा-दौडिँदै, बरु खुट्टाले पो चक्का ज्याम गर्लान जस्तो भो । के भो जिम्मालबा किन हामी यसरी दौडेको राजा र पुर्धन्मुन्त्री हुन हो भनेर सोधेको, बुढा त काँचै खाउँला झै गरेर आँखा तरेर स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै भइस् बज्जे एइ थुतुनोले पुर्धन्मुन्त्री भन्दै गर्जिन्छन । पुर्धन्मुन्त्री हुन त गिरयान्ड् हो कि फिरयान्ड् डिजुन् बनाउनु पर्छ रे भन्छन्। बुढाआ कुरा बुझे मार्दिनु तर् अब् जिम्माल् जस्ता मुन्छे ठिकै त भुन्या होलन् जस्तु लायो। अनि किन् यसरि दौड्या त जिम्माल् बा, आन्द्रा भुँडि मुखाँ'ट निस्कने अरि भनेर सोधे। अब के भनु मोरा तलाइ, त्याँ कलौकि पुगेछि भौतपुर् जाने बाटो सोध्नुपर्यो भुनेर एउटि केटिलाइ पछाडि'ट ए नानि भौतपुर् जाने बाटो कुन चै हो भुनेर सोधेको त झन्डै मारेको। लामो कपाल् चुल्ठो बना'र् पछाडि बाँध्या'थ्यो, हाम्री तितौरिको जस्तै गरेर्, नानि न होला भन्ठानेको त, काँ'ट नानि हुनु नि, भुबुने केसीको जस्तो जुँगा भा' बाबु परेछ, मोरोले देखाइहल्यो नि बाउको बे। अनि नभागेर क्यार्ने त्याँ'ट।

लौ बुढाको त सुरु भे'छ गाइ जात्रा। अब् चाहिँ केहि खानु पर्यो जिम्माल्बा, हिजो रातिको ढिडो पनि निस्किहाल्यो, मुलिनमा खा'को काक्रो पनि निस्किहाल्यो, अब् त आन्ध्रा र भुडि मात्रै बाँकि छ पेट भित्र भन्दै तिरुपुर्सेरमा एउटा होटल भित्र छिर्यौ। मलाइ जेरि असाध्यै मुन् पर्ने, जेरि खानी भुनेको छैन र'छ। जेरि न'भे रसभुरि नै खौँ ग्वाँचे भने जिम्मलबाले। लौ त ठेल्दिउ, भर्खर् त सहराँ पुगिया छ, अझै के के हुनि हो भन्दै एक् एक् पिलेट रस्भुरि अनि एक् एक् गिलास पानि मगायौं। हन् जिम्माल बा रसभुरि तो गुलिओ हुनुपुर्ने हैन र यो त नुनिलो नुनिलो पो छ भनेर सोध्दा, बुढा पनि तेइ सोच्दैरैछन्। खै सहराँ रसभुरि यस्तै हुनि त होला नि भने जिम्माल्बाले। होला नि त, जे पर्ला पर्ला, पैसा बुढाले तिर्ने हुन क्यारे भन्दै अर्को एक पिलेट पनि चप्काइदे मुइले त । बुढा पैसा तिर्न गा'का त दुई जनाले खा'को एक से असि रुप्पे रे । मेरी बाब्बै, कति मुहुँगो हो यहाँ त । पानी को पनि पन्ध्र रुप्पे रे, यस्ता पानी त के मोइ पनि सित्तैमा पाउँछ हाम्रो गाम्मा भन्दै जिम्मालबा कराउँदै थे, के सुन्थ्यो त्यो होटल वाला साउले । पैसा दिने भे देउ नत्र ........ भन्दै भाँडा माझ्ने ठाम तिर इसारा गर्दैथ्यो, बुढाले निकालीहाले दुई'टा से को नोट सुरुवाल को इजार्नरबाट । आफुलाई त के मत्लब र टन्न खाइ हालियो, पुइसा आफुले तिर्नु पर्ने होईन क्यारे । खाना साना खाइवरि होटेलबाट बाहिर निस्क्यौँ, जिम्मालबा त के के गाली बर्बाराउँदै'थे, आफ्नु त हिजो देखि केइ न खा पेट्, टन्न भेर निन्द्रा पो लाग्ला जस्तो भ्यो । अब या शहरआँ सुत्ने कुरा नि भेन्, फेरी जिम्माल बुढाले भर हुन्छ भुनेर साथी ल्याका, साथ त दिनै पर्‍यो ।

अब चाँही भौत्पुर जौँ मोरा, मध्य दिन भइ सकेछ, फेरी गाइजात्राको झाँकी सिद्देपछी पुगेर के काम्, गाइजात्रा हेर्ने भुनेर आको तेत्रो टाडा'ट भुने जिम्मालबाले। डराउँदै डरौदै एउटा मुन्छेलै भौतपुर् जाने बाटो सोधेको, त्याँ'ट टौलि बस हो कि के हो भन्ने मा चडेर जानु भन्यो। लौ त जौ भनेको त टौलि बस् भुनेको पनि तेस्तै हामि गाम्बाट चढेर आ'को बुस जस्तै रे'छ, खालि माथि पट्टि छानामा टुपी जस्तो खै के हो माथिको तारमा झुन्डिने रैछ। याँ पनि भिड त तेस्तै रेछ, काँ बाट आइछन् यति धेरै मुन्छेरु। यस्सो कुनामा अडेस् ला'र् उभिया थियौ, भैँसि कराको आवाज् पो आउँछ। लौ मर्यो, गाम्बाट् आ'को बसमा त खसि र च्याङ्रा मात्तै थे , याँ त बज्जेरुले बुसाँ भैँसि नै हाल्दा पो रेछन् जस्तो लायो। दायाँ बायाँ हेर्छु भैँसि त के पाडो नि देखिदैन। हन् के अचम्म् हो यो, अवाज छ भैँसी छैन भनेर सोच्दैथे भैँसि त जिम्माल्बाको पेटमा पो करैरा'रैछ । हन के भो जिम्मालबा भुनेको, ति असत्ति मोराहरुले भैँसीको रसभुरी पो ख्वएछ्न्, पेट भित्र पो जुध्न थाले राँगाहरु, मलाई त गाह्रो भो भन्न थाले । लौ किलिन्दर भाई बस रोकौं गाह्रो भो भनेर किलिन्दर लाई भुनेको, त्यो मोरो त झन च्याँठ्ठिदै यो गाम हो र जाँ पायो तेइ बस रोक्ने, काड्मानौँमा त आफ्नो स्टेनमा मात्रै रोकिन्छ बस भन्दै आँखा तर्न थाल्यो । बुनेसर भन्ने ठाम्मा बुस रोकियो । लौ ग्वाँचे म चाहि पेट हलुका गरेर आउँछु, त चाहि मलाइ यै बुसमा कुरि राख् भन्दै बुढा बुस बाट ओर्ले। बुढाले ओर्लिने बित्तिकै बुस त हुइँकिहल्यो। मलाइ पर्यो आपत, बुस रोक भुनेर करौँदै थे, किलिन्दरले अर्को स्टेन्मा मात्रै रोक्छ भन्यो। अब गर्ने के, सँगै आका जिम्माल बुढा छुटि हाले, बुस् चाहि कोतेसुर भुन्ने ठाम्मा गेर् रोक्यो, त्याँ भुन्दा उता जाँदैन रे। अब के गर्ने होला, जिम्माल् बुढालाइ यत्रो सहराँ कसरि खोज्ने होला भन्दै सोच्दै बुसा'ट ओर्ले।
(बाँकि पछि)
 
Posted on 08-11-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters