[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 203173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-05-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भात खाने भ' आऊ तितौरी। ताप्केमा घोटि घोटि कालो मासको दाल बना'र जिम्बु झानेओ छ! जिम्माल्निले सन्दुक खोलेर चाइन्जो हरलिसको सिसिमा राखेओ घ्यू पनि हाल्देलिन् तिमी आयौ भने। कात्तिके बोडिको तरकारि बनाम्ला अनि मसिनो चामलको भात! :)

हन गालऊ बर्त बस्नु पर्छ र भन्या पुर्नेको दिन?
 
Posted on 10-05-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रत त बस्नुपर्ने हो। तर तपैंले खानाको मात्तै कुरा गर्न थाल्या देखेर यो पल्ट ब्रत तोड्नुपर्ला जस्तो छ।
:)
 
Posted on 10-05-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाति छाप् (चप्पल्) दिनु रे कुम्ले लाइ :P
 
Posted on 10-05-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा! तपाईको बारीमा पल्लो घरको गाई छिरेर सबै सक्न लाग्यो है!!

(मनमनै: "कहाँ राखेका होलान् त्यो घिउ? सबै यतिबेलै सक्नुपर्यो भात, दाल तर्कारी अनि त्यो घिउ, बुढा बारीतिर लागेको बेला") :पि
 
Posted on 10-05-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनि घ्याम्पि (GurL Interrupted) ले म बुडोलाई चाइँ बिर्सिछिन्।
 
Posted on 10-05-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्ह्ह्ह्ह्ह् कत्ति मिठो होला त्यो दाल् भात् तर्कारि !
जिम्माल् बा म आए है खान अनि टमाटर् टिमुर् को अचार् नि होला हैन? लौ मेरो पेट् दुख्यो भोक ले :D
 
Posted on 10-05-06 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो घ्यू त कुम्ले, मैले सुँघ्न नि पा छैन। जिम्माल्निले हरलिसको सिसिमा राखेर बाहिर बाट उसैको थोत्रो मजेत्रोले गुटुमुटु पारेर सन्दुकमा ताल्चा लगा'र साँचो दिम्सो - बिहान झिक्नै नमिल्ने ठाममा लुकाकि छे! " उसै त तिम्लाई जाउलो खाए नि पच्दैन क्यार्न घ्यू खोज्छौ ए बुडा!" भनेर च्याँट्ठिन्छे गाँठे घ्यू मागो भने नि!

अब तितौरी परिन् जिम्माल्निको प्यारि, तेसैले तितौरी आ' बेलाँ अस्तिन गुँदपाक झिकेको जस्तो घ्यू नि झिक्लिन कि भनेर भनेओ :)
 
Posted on 10-05-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सकिएन बिराएँ momu मैले। हजूरले भन्नुभएको मैले देखिन छु माफ पाम है? :)
 
Posted on 10-05-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ इन्द्रेनि मेरी साथि कति पछि आइछे चौतारि मा , तिम्रो पिर ले म हेर सुकेर सिन्का जस्तोभैसके , पख a b c d लेख्न जान्ने भै'छे, चिठि त पठाउनु पर्छ नि येसो कहिले काहि छुच्चि मोरि । आफु भने उस्लाइ सम्झिदै काफल् टिप्दै ल ल अर्को साल् म'नि उतै आउछु अनि सङै फेरि खेल्ने काफल् साफल् टिप्न जाने है त ल। :D

कुम्ले ले घ्यु नि बाकि नराख्ने भयो चोरेर :p
 
Posted on 10-05-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! कत्ति राम्ररी लेखिछिन् इन्द्रेणीले, कस्तो आँशु नै आउने गरी।

झलझली याद आउछ तिनलाई बिदा गरेको दिन। रुदै गएकी थिइन् बरा। सबै रोए नि!

सम्झिनपनि सबै सम्झिनेरहिन्छिन्।

काफल त सम्झेको बेला बिचरा जिम्माल बा लाई किन बिर्सिछिन्? हुन त हो! बिहेमा स्टिलको थाल मात्र लिएर गएका थिए रे अनि के सम्झिनु नि! :पि

तितौरी! त्यहि हात्ती छाप चप्पल नै देउ न त दाउ मिलाएर एक दुइ जनालाई सेक्न परेको छ। झेली गर्ने हरुलाई।
 
Posted on 10-05-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु इन्द्रेनी पो रैछ नाम, म बुडो चाईँ केटाकेटिको नाम घ्याम्पि भनिराको :O
बरबाद भएछ गाँठे!
 
Posted on 10-05-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तर बानि उस्तै रैछ, अब तिम्लाई गामबाट बिदा अरेसि गाम नै सुन्ने भओ के रे इन्द्रेनी, क्यार्नु। अइले बल्ल बल्ल आको बेलाँ एसो जिस्केको पो त। सुर्ता नमान रमैलो अरम्ला, चाइन्जो बैशाख लागेसि काफल नि टिपौँला, तर तो जिम्माल्निलाई कुरो चाइँ नलगाऊ फेरि राति घरमा पस्न पाइन्न गाँठे! :)
 
Posted on 10-05-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा मेरि साथि इन्द्रेनि आएर कस्तो रमाइलो भयो ,हसाउछे मज्जा ले। :Dहेर हेर जिम्माल् बा लाइ सराप्या hahahaha.........

कुम्ले कति नम्बर् को हाति छाप् चप्पल् दिउ , कस्लाइ छाप् हान्छौ खुसुक्क भन त? :p
 
Posted on 10-05-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेssssss ओ कुम्लेssss
हिन माथि डाँडाओ पसलाँ ग'र तमाखु तानुम्। याँ चौतारिआँ त कपालको कुरो अर्न थाले गाँठे केई बुझे मरिजाम्। आफ्नु भ'को कपाल नि कालो चाईँ गनेर सकिन्छ बाँकि सपै सेतो परो।

...हाssss अइलेपो बुडो भयो रे
हे सोह्र बर्से उमेरैमा
मै पनि झिल्के हुँदो हो
अइले पो बुडो भयो रे
होsssss सई सई..

 
Posted on 10-05-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो इन्द्रेनी मोरी। यिनलाई कन्यादान दिँदा चेली भनेर, यति ठूलो तामाको गाग्री राखेर, गोडा धोएर, ढोगै गरेको हो ल मैले। खुट्टामा यति लामो नङ पालेर राखेकी रैछे, मेरा निधाराँ ढोउ अर्दा काटेको खत अझै छ ल। :-)

अस्ति दशैँमा पोइ सँग ढल्किँदै आउँदा दुनियाका घराँ टिका लाउन पसी, मेरा घर मुन्तिर आ'सि त पर्खाले छेलिँदै हिन्छे बा। के भे'छ भनेको त जिम्मालले मैले दे'को गाग्रीलाई आफूले दे'को भनेर भनेछन, अनि आफूले दे'को गिल्टेको थाल चैँ मैले दे'को भनेर कुरा लगाइदिएछन। यी जिम्माल, देख्नमा सोझा, कुरा उल्टो पाल्टो पार्न कति सिपालु हुन। :p

ओइ ईन्द्रेनी, त्यो पानी बोक्दा नाम्लोको बरियो नै चुँड्यो भनेको ठूलो गाग्री मैले दे'को हो। नपत्त्याए त्यै कुम्ले सँग सोध। किनेर ल्याउँदा कुम्ले ले नि बोक्न सघाको थियो। :-)

:-)
-भउते
 
Posted on 10-05-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

था छ था छ कुम्लेलाई सपै कुरो चाइन्जो था छ।
"गाग्रि बोकेर काँध पाछिओ जिम्मालबा", भनेर मेरा घराँ आ थ्यो कुम्ले तेतिबेला।
मैले गाग्रि त देको हो नि, बरु तो कुनचाईँले देको गिल्टेको थाललाई मैले भनेर झ्यालि पिट्नेचाईँ को परो नि? यसो कुरो सुन्दा त जुरेली अस्ति पँधेरामा जाँदा तेई कुम्लेले बोकेओ गाग्रि ले'र आकि थि रे भन्ते गाम्ले आइमाई हरु :P:P
 
Posted on 10-05-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरे है सप्पैलै


इन्द्रेणीफटाही , भा जति पैसो जो सकेकिम के रे त्यसैलै मन परेओ डेरसिङ ( ड्रेसिङ ) टेबल किन्दा । आज आ'र 'मास्टर्नी'भन्चे ठूली जो भैचे केरे बे अरेर।
मास्टर्नीदी नि भन्न लाज मानिचे :P

भौते लै फर्सद भओ? अस्ति पधेराँ जुरेलि सं भेट भथ्यो के रे हेर्नुस त मिस दि भउतेले शहरा'ट तामाओ गाग्री ल्याइद्याचन भन्दै थि........ कुरो यस्तो पो रे'च :)


तितौरी काफल टिप्न ग' बेला मलै मालु को पात ल्याइदिनु है मेरो छत्रो च्यातिएर पानि चुहिने भओ के रे । पोहरसाल २५रुप्पेओ नोठ तिरेर किनेकिम । एक वर्ष नहुदै चुहिने भओ । :(
( अब कतिलै कुरो बुझ्न गाह्रो हुने हो )
 
Posted on 10-05-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D ke ho ni maalu ko paat ra chhatru chaai miss ?
 
Posted on 10-05-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ थाहा थियो तिमिले बुझ्दिनौ भन्ने 'काफल' भन्न कस्ले सिकाएको हो नि तिमीलै तिरु?
एक छिन पर्खिम है त कसैलाइ थाहा छ कि ? जिम्माल बा ले भन्नुहोला नि
:)
 
Posted on 10-05-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा साँचै माष्टरनी नानि के हो तो के जाति मालुको पात र छत्रो भनेओ? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters