[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 169147 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-10-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको हिजो जनै पूर्नेको फोटो हेर गाम्ले हो! दादाले खिच्देका रे'!

 
Posted on 08-10-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब बुरो,
मिस् त वालिङ् नझरि राङ्खोला झर्नु भएछ रे अनि बिरुवा जाने उकालो तिर चड्नु भयो रे किन रिसाउनौ भा' हो कुन्नी?
मलाई त त्यो बस् को खलासी ले भनेको ।
मेरो सानो मगज् को सानो उपाय् छ,
यस्तो ताल ले भएन गाम्ले हो,
पञ्चे बाजा घन्काएर हुन्छ कि ५ तोपको सलामी दिएर हुन्छ, मिस् लाई जसरि भए पनि स्कुल भित्राउनु पर्‍यो नत्र...ss...s...s
मैले नि जान्या छ!
त्यो कस्ले कस्ले के के कुरा निकालेर मिस् लाइ रिस् उठाको हो तेस्को..s...s......s.....s
..s

 
Posted on 08-10-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई, गौतम सबैको कबिता राम्रो लाग्यो । पून्ते दाई ले जनौ फेर्नु भो कि भएन। बुदो मन्चे फेरि बिर्सिनु भो कि भनेर।

लौ मैले हाजिर् गरि रोल्# ६ थुलि

हुजिर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र् मिस्
 
Posted on 08-10-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर गाना अनि नृत्य माँझमा
खिसिक्क हाँस्न सकुम

डाँडाकाँडा अनि भिरपाखामा
रातो टपबुट लाउन सकुम

हरेक सिनेमाको रिलिज पार्टीमा
एउटी नया हिरोनी पट्याउन सकुम

टाँट पल्टेका निर्माताहरु माँझमा
एउटा "करोडपति" बन्न सकुम

प्रभु म अर्को जन्ममा
भुवन के. सी. बन्न सकुम!!

:डि
 
Posted on 08-10-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब हाजीर नि के गर्ने मिस नै हुनुहुन्न रैछ। कस्तो शुन्य भयो, मिस छिटो आउनुस न। ए साहिला त्यस्तो नभन न खुरुक्क मिसलाइ बोलाउनु पर्छ के, मिस चाडै रिसाए नि चाडै खुसि पनि हुनुहुन्छ के।
 
Posted on 08-10-06 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा कुम्ले। यो कुम्ले त २४सै घन्टा साझामा हुन्छ कि के हो?
 
Posted on 08-10-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मिस् नभ'र इस्कुल् आउन मन् लागेन ।
हाजिर् नि गर्दिन म त
अनि कुम्ले लाइ के को झोक् चल्या हो लौ भुबन् केसि बन्ने हाहा छि तेस्तो डेट् एक्स्पायर् भा' हिरो ल जोन् अब्राहम् त भन्नु हि हि।
सान्नानि के छ ठुल्नानि के छ?
 
Posted on 08-10-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


नमस्कार गरे है सबैलाई।
मेरो कारणले चौतारीमा केहि अप्ठेरो आइपरेको भए यहाँहरु संग ह्रृदय देखिनै माफी माग्न चाहान्छु। कुरो त हो गर्दैमा अथवा लेख्दैमा बिग्रिहाल्ने त हैनके, तर पनि हामी सबैलाई लेख्ने बोल्ने परिस्थितिमा कुनै किसिमको असजिलो नआवस भनेर मात्र हो।

'हुनत , ....अहिलेको युग त्यो पनि नेपालको भन्दा विलकुलै फरक अनि पूर्ण विकसित सामाजिक संस्कार भएको ....खुल्ला समाजमा बसेर नि कति सङ्कुचित हुने..... ???'

फेरि त्यो चाइन्जो केरे अळिअळि त लोउतन्तर नि आइसक्यो । मनलाग्या बोल्न लेख्न नि नपाइने हो र? राणा शासन गा'थ्यो.. राजा शासन नि जान जान लाग्या त हो के रे तर टक्लुले बोल्नु बोल्छ कहिलेकाँहि र फेरि हैन कि तो जस्तो नि लाउछ ...:)अनि खेरी चौतारी'या त्यो के जाति मास्टरनि शासनलाइ किन लम्ब्याउने ..त्यै भनेर क्या । मलाइत त्यो शुभले भनेको कुरो राम्रो नि ला'छ । हजुरहुरको केविचार छ त नि सुनिहालुम न
:D

साहिलालाइ --- के भन्या हो त्यस्तो साइला वाउ(बाबु)?? किन अर्नु पर्यो वाइवाइ??? ( नेपाल को वाइवाइ चाउ चाउ खान मन लाओ जस्तो छ) खुरुखुरु अरु नि कथा हाल्न छोडी?

कुरा कसैले नि नबुझ्नि के ह्या घराँ आफुलै कत्रो चटारो छ ।
चौतारीले त मेरो निदाएको हाँसो लाई ब्युझाइ दे'कोछ ।नेपालको, परिवारको, साथी संगीको उपस्थिति सदावहार बनाएको छ...यो सब भुलेर म कहाँ जानसक्छुर?
बरु एउटा गुनासो चौतारी परिवारलाइ---

लाएको यो माया गाँसेकोत्यो प्रिती
त्यागी सब सुटुक्क म कहाँ जान सक्छु र?

मन भरिको खुसी दिनभरिको हाँसो
बिर्सि सब खुरुक्क म कहाँ जान सक्छु र?

वरपिपलचौतारि हसाउने दौतरी
छोडी सब लुसुक्क म कहाँ जान सक्छु र?
 
Posted on 08-10-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह मिस, कति मीठो कबिता लेखिहाल्या, मेरो नाम पनि रेछ त्यस्मा त :-)। ल तिरु छिटो लेख त तिमि नि एउटा मिसलाई जवाफ।
तिरु, भुवन के सी को डाई हार्ड फ्यान जस्तो छ के कुम्ले। :P
 
Posted on 08-10-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ! हाम्री मिस् को धमाकेदार् इन्ट्री!!!!!
स्वागतम्! स्वागतम्! स्वागतम्!
केट्केटि हरु सब्ले नमस्कार् गरम् है -नमस्काssssर् मिsssssस्!
ठुला हरु पुरोड् सिछ्छे का ले पनि ।
 
Posted on 08-10-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन गोताएँ ति दादाले कस्तो बेला फोटु खिच्देछन हँ मेरो?
एउधरो लुआ त लाएको थेँ, फोटाँ त हराएछ! राम राम राम
***
लु तितौरी नानीले भनेओ अस्तो पुरोढ सिछ्छाकोले पनि नमस्ते अरे माष्टरनी नानीलाई।
****

ए मिष्टे के कुरो अरेको, चाइन्जो २१ तोप को सलामि टक्र्यार भित्राउन त ठिकै हो, तो पन्चे बाजा बजार भित्राम्ने कुरो
के अरेको होला....राम राम राम
******

आज थुलन्नी नि आइचिन, थुल्ननी थिकै छौ? भात कायौ कि काएनउ? आजकल चितरे कता गयो....ल मेरो नमस्कार छ।
 
Posted on 08-10-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनैं पनि फेरी हालियो, क्वाँटी पनि खाइ हालियो अनि डोरो पनि बाँधिहालियो, लौ हिँड मोरा आज गाइजात्रा हेर्न भौतपुर जाँउ, तेरी जिम्मालनी आमा पनि माइत गा'छे भन्दै जिम्मालबा बिहानै घरमा आइ पुगे । आफु हिजो राती अबेर सम्म साथी भाईसँग चौतारी मा रमाइलो गरेर बसिरा' मान्छे, निन्द्रै पुग्या थेन्, बुढा कराउँन थाली हालें, छिटो गर मोरा, बाटो लामो छ, फेरी आज ट्याम्मै फर्किनु पर्छ । रात साँझ हिडिहाल्न सक्ने बेला अझै भा'छैन । छिटो छिटो मुख सुख धोएर, बा'ले चैते दसैंमा हालिदिनुभा' दौरा र सुरुवाल ला'र्, पटुका कसेर तयार भए । जिम्मालबा यसरी कहिलेइ पनि मेरो घरमा आ'थेनन्, गाम्मा अरु केटाहरु पनि छन जिम्मालबालाई भौतपुर घुमाएर ल्याउन सक्ने, किन बुढा म'काँ आए भनेर सोच्दै थे बुढाले आँफै बताइहाले । त्यो पुन्टेसँग गाईजात्रा हेर्न भौतपुर जाने भनेर कुरा मिला'को मोरो त टन्न धोकेर धोबिनिकोमा पो ढलिरा'छ, त्यस्तो मोरो को के विश्वास गर्नु । हुन त बुढालाइ राम्ररी भौतपुर घुमा'र ल्याउन सक्ने पुन्टे दाई नै हुन्, बेलामा लाउर पनि गा'का, देस बिदेस् पनि देखेका, परी हाले कसैलाइ एक दुई दनक पनि दिन सक्ने । पुन्टे दाइ पनि के गरुन्, जुरेलिलाइ भौतेले उडाइ हाल्यो, अब् धोबिनिकै पेटिकोट् च्यातेर बस्नु त छ नि। आफ्नु त कुरा मात्रै बढी हो, दस् बार बर्ष पैला बा'को हात समा'र गाइजात्रा हेर्न गा'हो भौतपुर्, त्यस पछी त गामबाट् खुटा बाहिर हाल्या' छैन।

तै पनि छोराले आँटे पछि के गर्न सकिंदैन र, यो बुढालै भौतपुर् त के चन्द्रमामा पनि पुर्‍याएर ल्यौनु सक्ने मुन्छे हुँ जस्तो लाग्यो, फेरि गाम्मा आठ किलास् पास गर्ने दुइ चार् जना मध्ये नै पर्छु, त्यो कुरा अर्कै हो कि नौ किलासमा पढ्न थालेको यस पालि ठिक्क नौ बर्ष भो। गाम्को त झिल्के नै हुँ नि म त, तेत्ति जाबो भौतपुर जानु पर्यो भन्दैमा मुटु कलेजो एक हुन्छ र? फेरि केइ यता उता परिहाल्यो भने जिम्माल्बा छदैंछन् नि, बुढा बैँसमा कता हो कुन्नि सहरमा बसेर गा'का रे। हुन त जिम्मालबाले मलाई तेती बिश्वास गर्ने होईनन तर के गरुन्, पुन्टे दाइको हालत देखि हल्नु भो, कुम्ले तितौरीसँगै मस्त्, गालब त जापुन पुगेर फोटु खिच्न मै ब्यस्त, दादालाइ लिएर जाने कुरै भएन, जाँदा सँग्लै गएका बुढा दुई टुक्रा भएर फर्किनु बेर छैन्, गोतामे, मिस्टे अनि नेप्चेको चाला उस्तै हो..... बाँकि रहे म मात्रै । त्यो बा'लाई बेला बेलामा ठगेर बना'को दुइ से रुप्या इस्टकोटको खल्तिमा घुसायेर जिम्माल्बाको पछि पछि लागे।

येस्सो पल्लो डाँडाबाट हेरेको त आज त चौतारिमा पनि कोइ रैन्छन्, छुट्टि त आज् काडमानौं खाल्डोमा मात्रै हो क्यारे, गाम्लेहरु त हुनुपर्ने चौतारीमा, सबैलाई गाईजात्रा ला'जस्तो लाग्यो। एक घन्टा हिँडे पछि बल्ल पल्लो गाम्मको बस स्टेन् आइ पुग्यो। बस पनि खास्सा रैछ, म भन्दा गोडा बिसेक बर्ष जेठो होला, जे भे नि काड्मानौ जान चाँही तयार् रैछ। तिकस् सिकस् काटिवरि मजाले झ्याल नभेको बसको ढोका नभेको भित्र जाने बाटो (चलन् चल्तिको भाषामा ढोका नभेनि ढोका नै भनिन्छ क्यारे) बाट भित्र पनि छिरियो।तिकसमा लेखेको सिट लम्बरमा गयेर् बसेको त सिट मुनि केहि चल्मलयेको जस्तो लाग्यो। येस्सो झुकेर हेर्छु त या..मान को घोर्ले च्याङ्रा पो रैछ। हैन दसैं आउन त अझै ट्याम छ त कति चाडैं खसि बाख्रा सहर तिर लाग्नथालेछन् जस्तो लाग्यो। यति बेला सम्म बस पनि चलि सकेछ । मेरो पालो किलेन्डरलाई बोलयेर झपर्नु पर्यो भनेर, दौराको बाहुला सुर्काउँदै, एइ किलिन्डर् भाइ यता आउ भनेको त पहाड् जस्तै अग्लो भुस्तिघ्रे ध्वाँसे केटा पो रुखो स्वर मा के भो भन्दै आयो। अब् तेस्तो भुस्तिघ्रेलाइ ठीक पार्ने हुति त काँबाट हुनु आफ्नो, झल्याक्क पुन्टे दाइको याद आयो। तै पनि अब एक चोटि त कुरा गर्नु पर्यो भनेर, दाइ यो च्याङ्रा कुनै अर्कै ठाम्मा राख्न मिल्दैन, हेर्नु न असाध्यै अप्ठ्यारो भो बस्न लाइ,फेरि दसैँ आउन त अझै ट्याम् छ हैन र, बल्ल त गाई जात्रा भो भनेको त मोरो खाउँला झै गरेर नाकाँ पोरा फुलाउँदै बस्ने भे बस, नभे उभिराख यो च्याङ्रा त यहीँ बस्छ, तिमेरु भन्दा महङो तिकस् काटेर बसेको हो, फेरि सहराँ दसै, तिहार आउन आइतबार नै पर्खिनु पर्छ र, सहराँ त दिन्दिनै दसैँ, दिन्दिनै तिहार, गाम्को जस्तो हो र, फेरि हाम्रो बसाँ त मुन्छे भन्दा खसि बाख्रा नै बढि हुन्छन्, नभे पछाडि हेर त भन्यो। नभन्दै मेरि बास्सै.. हामि बस्ने सिट भन्द पछाडि त बस्ने सिट नै रैन्छन्, खालि खसी बाख्रा बस्ने ठाम् पो रैछ। होला नि यस्तै... आफु कैले सहर् जाने बसाँ चढ्या हैन, पैला बासँग जाँदा त हिँडेरै गा'को भन्ने सोचेर तेइ सिटाँ कच्याक कुचुक परेर बसेँ। सँगैको सिटाँ हेरेको त जिम्मालबा त मज्जाले निदै सकेछन्, कति चाँडै निदौन सक्ने रैछन बुढा त । हुन त यता उति गै'रने मुन्छे सब सिस्टिम था रैछ बुढालाइ, खसी बाख्रा को पनि । आफु यती लामो ट्याम सम्म बसाँ चढ्या होईन, आन्द्रा भुँडी पो बौठिन लाग्यो । हिजो राती खाको ढिँडो त हलाहल निस्किहाल्यो नि । तै कुनाँ सिटाँ बस्या भेर भित्र फोर भने भेन्, नत्र त्यो भुस्तिंघ्रे मोरो ले के पो गर्थ्यो, हेर्दैथ्यो हेर्न त घुरेर । यसरी नै बाटो भरी बान्ता गर्दा गर्दै निदाएको थाहै भेन । तेइ भुस्तिघ्रे ध्वाँसे किलिन्दर, लौ कलंकी ...... कलंकी सबै जना उत्रनुस् भनेर करा'को सुन्दा पो ब्युझेछु । जिम्मालबा पनि उठि बरि, आफ्नु पोको सोको बोकेर, एइ ग्वाँचे उठ मोरा शहर आइ पुग्यो भन्दै मलाई झक्झक्यउँदै रइछन ।आहा आखिर सहर पनि आइ पुग्यो।
(अरु पछी, सबै लाई ह्यप्पी गाई जात्रा)
 
Posted on 08-10-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मलाई सबै ठीक छ । हिजो भाई लाई राखी बनिदिए । राखि म $५ देयो। तितौरि तिमि म र सान्ननि त्यो $५ को तितौरा खाना जाने ल। :D
 
Posted on 08-10-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, पुरोढ सिछ्छेकाले नि नमस्ते भन रे। आफु त पढ्न भनेसि आँखै टेढिंने मुन्छे, बुढेसकालाँ झन् के को पुरोढ र सुरोढ। तै पुनि मिस भुन्या मिसै हो के रे। नानीलाई यो बुढोको नि धनुष्टंकार नमस्काऽऽऽऽऽऽऽर! हिजो मत्रै नयाँ जनई भिरेछम् के रे, रिस उठ्यो भुने तेई जनई गर्धनाँ बेरेर कस्सि दे हुन्च! उमेर पुगि सको के रे, यसै खुस्केम् उसै खुस्केम्!

भउतेलाई रुगा ला’ जस्तो छ। बरफ खाऊ, पानी चिसो मात्रै, नाङ्गै बस्नु, फुर्सद मिले दिन भरि कालीआँ पौडनु, माछा धेरै खानु, अनि निको होला। तै पुनि निको भएन भुने चईं तो नाकै काटेर फाल्देऊ। मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽ पेटिकोट कै कस्सम्!

लु, जाम के रे अब जोतिन। आफैं गोरु भईया’छ यो बिरानो देशाँ।
 
Posted on 08-10-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि I MISSED MY BROTHERS YESTERDAY ...:( :(
मैले त कसै लाइ राखि बानि'दिन।
लौ मलाइ नि लैजाउ ल तितौरा किन्न ....
 
Posted on 08-10-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी मलाइ नि जनै पुर्नेको भनेर टिका लार भौते मामाले २ डलर दिनुभाछ ल मनि मिसाउछु है अनि तितौरा किनेर खाने ल हामि तिनै जना।
मामा अलि छुच्चा छन् के, २ डलर त्यो नि क्यानेडिएन, के गर्नु तेइ भे नि लिए।। :-(
 
Posted on 08-10-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई तितौरी! हामी मरेम कि के हो?
 
Posted on 08-10-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो चाइन्जो के रे २५वर्ष नि पुग्नलायो । Silver jubilee को लागि हो के । अइल्या'ट बाजा गाजा ब्यवस्था गर्दै अरे पछि सजिलो होला फेरि बुढेसकाला कल्ले पो सहयोग गर्ला'र?
उ बेलाँ त रेडिया गिदले मानिथिम क्यारे अब त का मानुम्ला नि ??

त्यै'भर,त्यो के जाति मिस्टे बाजाको नाएके र'छ र रिजाब(reserve) गरा'र आकिम , :P:P
 
Posted on 08-10-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kyarnu punte daa hajur aastini dekhi risaa jasto lago tei ke bhaauju laai kuraa laae dekhi ke... ani ta bhannai dar laago ....
tei ni raakhi chai rakhyaa chhu hai kinera :-)
hijo din bhari ni samjhyaa ho ke re :)
 
Posted on 08-10-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि !!!!!!! लौन! म के गरुम अब ??? मुख छोपेर भागे है :D :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters