[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 547571 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-14-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होर सान्नानी आफ्नै मान्छे पारीन्की के हो ? यस्हो कुरा बुज्दा तेस्तै छ है , मुर्तिया , बाराह्थ्वा , हरिवन चै किन गको नि ? को छ त्याहा तिम्रो?
हैन बिस्टे , थि यार तेही एरिया तिर एउटी , खुब पछी लागियो , पछी केही न केही तातो न छारो ।
 
Posted on 11-14-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होर सान्नानी आफ्नै मान्छे पारीन्की के हो ? यस्हो कुरा बुज्दा तेस्तै छ है , मुर्तिया , बाराह्थ्वा , हरिवन चै किन गको नि ? को छ त्याहा तिम्रो?
हैन बिस्टे , थि यार तेही एरिया तिर एउटी , खुब पछी लागियो , पछी केही न केही तातो न छारो ।
 
Posted on 11-14-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो,
धोबौली तिराड उत्तर तिर हानीएसी आम्थ्यो नी जलेश्वर प्रभो। हैन?

कुमारीगाल मा थिए प्रभो थिए--तर बानेस्वरमा भन्दा धेरै थिएनन कि भन्या नी --

"पशुपती बाट यसो माथि लागेशी टन्नै थिए अप्सरा हरु "

अनि नी प्रभो, पसुपतीबाट यसो माथी लागेसी त बाँदरहरु थिए प्रभो धेरै --

जलेश्वरको याद एक्कासी आएको हैन -- बेला बेलाँ आउँछ प्रभो के गर्ने?


 
Posted on 11-14-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajar bighaa tha chha harkelai?
 
Posted on 11-14-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajar bighaa tha chha harkelai?
 
Posted on 11-14-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो,
धोबौली तिराड उत्तर तिर हानीएसी आम्थ्यो नी जलेश्वर प्रभो। हैन?


 
Posted on 11-14-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नी प्रभो, पसुपतीबाट यसो माथी लागेसी त बाँदरहरु थिए प्रभो धेरै -------- हा हा हा हसायो है अहिले चै ।


 
Posted on 11-14-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नी प्रभो, पसुपतीबाट यसो माथी लागेसी त बाँदरहरु थिए प्रभो धेरै -------- हा हा हा हसायो है अहिले चै ।

प्रिती हजार बिगा कि १२ बिघा , कुन चै हो म आँफै कुन्फुज हुन लागे अब चै ।


 
Posted on 11-14-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरहथ्वा जाने बाटोमा हजार बिघा त हो क्यारे मेरो नातेदार्को फार्म हाउस भनम न थ्यो त्यतातिर अनी हरिवन्मा पनि, हर्केको चाँही को थिए त्यता?
 
Posted on 11-14-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरहथ्वा जाने बाटोमा हजार बिघा त हो क्यारे मेरो नातेदार्को फार्म हाउस भनम न थ्यो त्यतातिर अनी हरिवन्मा पनि, हर्केको चाँही को थिए त्यता?
 
Posted on 11-14-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सर्लाही तिर हो , लाल बन्धी भन्दा माथि हो मेरो काका हरु थिए आहिले कोइनी छैनन ।
अनी के भन्छ म चै धेरै जस्तो धनुषा मा हुन्थे , बाको जागिर र मामा घर एक्कै ठाउँमा परेकोले , धेरै जसो जनकपुरमा हुन्थे।

 
Posted on 11-14-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सर्लाही तिर हो , लाल बन्धी भन्दा माथि हो मेरो काका हरु थिए आहिले कोइनी छैनन ।
अनी के भन्छ म चै धेरै जस्तो धनुषा मा हुन्थे , बाको जागिर र मामा घर एक्कै ठाउँमा परेकोले , धेरै जसो जनकपुरमा हुन्थे।

 
Posted on 11-17-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"ससुराली" बाङ्गेले मोटरसाईकल बढायो। मैले पछाडी फर्केर हेर्दा, ट्वाक हाँस्दै थ्यो। .....

सजलदाई कहाँ पुगियो। धन्न घरमै रेछन। मेन गेट बाट भित्र पस्ना साथ उनको बगैचामै भेट भो उनलाई।

"के सुर चलेर आईपुगिस आज?" उनले तिर हेर्दै सोधे। बाङ्गे मैले हात मिलाईम उनी सँग।

"बाङ्गे तरुनी हेर्छ रे -- तिम्रो घरलाई आधार शिबिर बनाउने बिचार ले " भन्न भएन त्यसैले बाङ्गेलाई देखाएर "यस्को एक जना नातेदार कहाँ पुगेर लैनचौर --अब यै बाटो फर्के पछि छिर्देको नी -- भेटघाट पनि हुने, च्या पनि खान पाईने" मैले हाँसेर भनें। औपचारीकताको सम्बन्ध थिएन हाम्रो।

सजलदाई पनि हाँसे। घर भित्र छिर्न उनी अघि लागे हामी पछि। सजलदाईकी आमा सँग तलै भेट भो। भलाकुसारी गरीयो। उनी फेरी भान्छा तिर लागिन।

बाङ्गेले मलाई कौसीमा जाने इशारा गर्यो। सजलदाईले चिया भनेर भर्याङ्ग चढ्दै माथ्लो तलामा भएको उनको कोठा तिर लाग्दै गर्दा मैले भनें "सजलदाई, माथि कौसीमा जाम --"

कौसीमा प्रिया वाकमेन सुनेर बसी रा रैछे--हामीलाई देख्ना साथ झिकी। तिर परीचित मुस्कान फ्याँकी अनि रहल पहल बाङ्गेले नी भेट्यो। संग यसो एक दुई शब्द बोलेर तल ओर्ली। सजलदाई भन्दा पछि उभिएको थ्यो बाङ्गे।

एक छिन यता उताका गफ गाफ भए। जता तिर बाङ्गे हेरेको हेरेई थ्यो, त्यसबाट मलाई त्यो निशिन्ता भन्नेको घर कुन होला भन्नेमा लगभग पक्का भैसक्या थ्यो।

एक छिन पछि घराँ काम गर्ने सोम सजलदाईलाई बोलाउन आयो, उनी "एक छिन है" भन्दै तल ओर्ले। अनि बांग्गेले घर देखायो, इशारामा। मैले गेस गरेकै घर रे छ। सजल दाईको घर बाट त्यो घरको बिचमा अर्को एउटा घरको जग्गा रे तर साँघुरिएको त्यो जग्गा नाम मात्रैको थ्यो। त्यो तरुनी कौसीमा आए, हामी उभिएको कौसीबाट कुरा गर्न मिल्थ्यो।

"खै तेरो ससुरालीमा कोही देखिएन नी?" मैले हाँस्दै सोधें बाङ्गेलाई।

"प्रिया पनि आगै जस्ती रैछे है? अघि मलाई क्या डामेर गै नी यार" उस्ले भन्यो।

मैले उस्लाई घुरेर हेरे पछी "हैन अब नताप्ने आगोको के मतलब भो " भन्यो।

सजल दाई माथि आए हाम्लाई बेलुकाको भात खाएर जान भनें। "मैले काँ दिउँसै बेलुकाको भात खाने सजलदाई" भनेर कुरा टार्न खोजें। "अहिले नै खाने कहाँ भन्या ? अब यतै खाना खाएर जानु भरे" उनले भनें। मैले नाई भन्नु भन्दा पहिले नै बाङ्गेले हुन्छ भन्ला भन्ने पीर। त्यसैले मैले तुरुन्तै "हैन सजलदाई, अहिले जानु पर्छ"-- भन्दै भाको नभाको कुरा गरेर टारें। अघिको काम गर्ने सोमले, चिया बिस्कुट ल्यायो। त्यो सोमलाई हेर्दै सजलदाईले "भुजा नखाने रे दीपहरु भन्दिनु है तल" भनें।

हामी अहिले त्यै निशिन्ता भन्नेको घर तिर हेर्दै च्या बिस्कुट घटाउँदै थिएम। एउटा मान्छे त्यो तरुनीको कौसीमा आयो। त्यो मान्छेले यसो हामी तिर के हेर्या थ्यो, बाङ्गेले ठुलो स्वरमा "नमस्कार अंकल" भन्दै हात जोड्यो।

त्यो अंकल भन्नेले एक छिन नियाले पछी चिनेछन क्यारे बाङ्गेलाई, हाँसेर अभिबादन फर्काए। सजलदाई छिमेकीको त पुरानै चिनजान, अभिबादन हुने भै गो।

अंकलले ईसारा गरेर बाङ्गेलाई बोलाए। "एक छिनमा आउँछु" बाङ्गेले उस्तै ठुलो स्वरमा सुनायो। उस्को अनुहार शिबरात्रीमा धुनी अगाडी उभिदाको जस्तै देखिएको थ्यो। धपक्क उज्यालो।

"तिम्रो नाता पर्छ?" सजलदाईले बाङ्गेलाई हेर्दै सोधे।

"किन पर्दैन? ससुरो हो नी मेरो" भन्थ्यो होला मलाई भए तर सजल दाईलाई चैं, "हैन, मेरो बाउको साथी हो" भन्यो।

चियाको कप हतार हतार रित्याएर कौसीको पर्खालमा बिसाए पछि बाङ्गेले तिर हेरेर भन्यो " उता जानु पर्यो, तँ के गर्छस?"

मलाई नी जान मन लाग्यो। तरुनी हेर्न जान मन नलाग्ने कुरै भएन। त्यो अंकल भन्नेले बाङ्गे संग दश थरी कुरा गरेर उस्लाई अलमलाउने पक्का थ्यो। "बाउ-आमाको के हालखबर? बाबु अचेल के गर्दै? के गर्ने बिचार ? के पढ्ने? आज कता बाट यता? अनि सजलदाईको परीबार सँग कस्तो चिनजान? जस्ता कुराको बयान लिएर बाङ्गेलाई धुरुक्क पार्नेमा शंका थिएन। देखिने ठाममा त्यो निशिन्ता भए देखुन उस्लाई ढुक्कै हेर्न पाउँथे।

" नी आउँला नी " मैले भनें।

"तँ सजलदाई सँग कुरा गरेर बस्दै गर्न -- तु आउँछु। अब बोलाए पछि नगई भएन--जान अल्छि लागि रा " बाङ्गेले छिर्के हान्यो।

"हैन उताको पनि एक कप चिया चाखम -- हिन " कौसीबाट ओर्लिने भर्याङ्ग तिर बढ्दै मैले भनें। बाङ्गे पछि लाग्यो।

"ल सजल दाई, लागिम हामी -- अब उतै बाट बत्तिनु पर्ला घर तिर--आउनु यसो हाम्रो हरीग्राम तिर पनि--" मैले भनें।

उनले "आउँला नी" भन्दै "भरे भात खाएर जाने भए लास्ट चान्स अझै " पनि भने।

हामी हाँस्दै ओर्लीम्। उनी पनि पछि लागे। तल सजलदाईकी आमा सँग पनि बिदा भएर हिनीयो। बा चै घराँ थिएनन।

सजल दाईको घर बाट निस्किना साथ बाङ्गेले फेरी मोटरसाईकल स्टार्ट गर्यो।

"अब यहीँ बाट तीँ जानलाई पनि के को मोटरसाईकल? यहीं छोडन, भरे फर्किदा लिएर जाम्ला" भन्या उस्ले "हाम्रो लागि हैन तरुनीको लागि चड्ने हो अहिले मोटरसाईकल -- लामो कुरा नगरी बस" उस्ले झर्केको झै गरी भन्यो।

किन बिरक्तेको नी तेरो स्वर? मैले सोधें।

"सबै सँग बिदाबारी भैयो यता-- प्रिया सँग हुन पाईएन, मनै <

 
Posted on 11-17-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ससुराली" बाङ्गेले मोटरसाईकल बढायो। मैले पछाडी फर्केर हेर्दा, ट्वाक हाँस्दै थ्यो। .....


 
Posted on 11-17-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सबै सँग बिदाबारी भैयो यता-- प्रिया सँग हुन पाईएन, मनै खल्लो भो" बाङ्गेले भन्यो।

"ल हिन, उता गुलियो हुन्छ मन अब तेरो" मैले भनें।

बाङ्गेले चाहिने भन्दा बढता एक्सीलेटर बढाएर ढ्रिन् ढ्रिन् पार्यो। किन त्यसो गर्यो मारोगीले भनेर यसो यता उता हेर्या सजलदाईको कौसीमा प्रिया आईछ।

निशिन्ता भन्ने तरुनीको घरको कम्पाउण्डमा दुईटा ढोका रे छन संग सगैं। एउटा चै ठुलो मोटर आउने जाने। मोटर चै थियो कि थिएन कुन्नी। देखिया थिएन। अर्को चै सानो। मोटरसाईकल लान ल्याउन होला र्याम्प जस्तो पनि थ्यो त्यो ढोकामा। बाङ्गेले त्यो ढोका खोली कन मोटरसाईकल भित्रै पुर्यायो।

अनि उही अलि ठुलो आवाजमा ढ्रीन्न पारेर रोक्यो। हेम्लेट ऐनामा झुण्डायो। झक्कु कुकुर पाल्या रे त्यहाँ भुक्दै आईलाग्यो। दार्यो भने बर्बाद भएन? क्या डर लाग्यो। धन्न एउटी तरुनी त्यो कुकुरको पछि पछि नाम बोलाउँदै आईपुगी।.....


 
Posted on 11-17-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी आइपुगी रे ल कुकुर पछी पछी  - निशिन्ता त होला नि -
फेरी बाङ्गे पनि कती साह्रो - यता फेरी प्रिया लाई नि लाइन हान्न भ्याएको,
उता मिलेन भने यता इन केस भनेर राख्या होला -  ब्याकप प्लान त चाहियो नि के कसो।

 

Last edited: 17-Nov-08 09:21 AM

 
Posted on 11-17-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी आइपुगी रे ल कुकुर पछी पछी  - निशिन्ता त होला नि -
फेरी बाङ्गे पनि कती साह्रो - यता फेरी प्रिया लाई नि लाइन हान्न भ्याएको,
उता मिलेन भने यता इन केस भनेर राख्या होला -  ब्याकप प्लान त चाहियो नि के कसो।


 
Posted on 11-17-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊ जमाना याद आयो। त्यो बाङेको बाइक आरएक्स नै हुन पर्छ पक्का पनि।

बाङ्गेले नताप्ने आगो भने पनि, प्रियालाई कौसिमा देख्ननासाथ शिवरात्रीमा ढाड सेकाएको जस्तो एकछिन ताप्ने नै सुर गरेछ हाहाहा। शिवरात्रीमा ढाड सेकाएको कुरोले काठमान्डुको अर्को यादको लहर आयो। सानो छँदा सानो डोरीले घर नजिकैको गल्लीमा बाटो छेकिन्थ्यो, टोलका ठुला ठुला दाई दिदि अंकल आन्टिहरु हजुरबा हजुरआमाहरु आउँथै सिलावरको ठुलो एक सुका फुत्त फालेर दिन्थे मख्ख पर्थेम। अलि ठूलो भएसि बाँसको यामानको खम्बा पनि तेर्साइयो अलि टेम्पो ट्र्याक्टर सम्म चल्ने बाटोमा। पुलिसले लखेटेसी सिधै बिस्नुमतीको झ्याङतिर भागेर नि गइयो। यो त केट्केटिबेलाको कुरो भो, बाङ्गे एन्ड कम्पनीको जस्तो उमेरमा तरुनि हेरेर नेत्रसुख लिने बेलाको कुरा गर्दा त लाज लाग्छ गाँठे यो बुडेसकालमा!


 
Posted on 11-17-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊ जमाना याद आयो। त्यो बाङेको बाइक आरएक्स नै हुन पर्छ पक्का पनि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters